जिल्लामा थप एक जनाको डेङ्गीको सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१८ चनौलिका ४१ वर्षीय पुरुष रहेका छन् । उनको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।
दोस्रो त्रैमासिकमा जापानको पुँजीगत खर्च ७.४ प्रतिशतले बढेको छ । यस वर्षको दोस्रो त्रैमासिकमा जापानी कम्पनीहरूको पूँजीगत खर्च वार्षिक रूपमा ७.४ प्रतिशतले बढेको हो ।
महेन्द्रनगरस्थित नेपाल प्रहरी प्रदेश कार्यालयको नवनिर्मित भवनको आज उद्घाटन समारोहमा उहाँले प्रहरीकोे सुविधासम्पन्न भवन निमार्णले नागरिकलाई सेवा प्रदान सहज हुने बताउनुभयो । “अहिले प्रहरीले सिमीत स्रोतसाधनमा काम गर्नुपरेको छ”, गृहमन्त्री लेखकले भन्नुभयो, “नवनिर्मित भवनले सेवाप्रवाहमा सहज हुनेछ ।”
प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको चाहना र अपेक्षा बमोजिम निर्वाचन प्रक्रिया सहज बनाउनुपर्ने बताउनुभएको छ ।
तुलसीपुर उपमहानगरपालिकाले फुटपाथमा भएका सामग्री हटाउन सुरु गरेको छ । नगरप्रमुख टीकाराम खड्काको नेतृत्वमा उपप्रमुख स्यानी चौधरीसहित टोलीले फुटपाथ क्षेत्रमा राखिएका सामान हटाउन सुरु गरेको हो ।
टर्कीको जीडीपी वृद्धि दोस्रो त्रैमासमा २.५ प्रतिशतमा घटेको छ । जारी गरिएको आधिकारिक तथ्याङ्कले यस वर्षको दोस्रो त्रैमासिकमा टर्कीको अर्थतन्त्र अपेक्षाभन्दा कम भएको देखाएको छ ।
नेपाल कम्युनिष्ट पार्टी(एमाले)को पोलिटब्युरो बैठक आज पनि बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा पोलिटब्यूरो दिउँसो बैठक साढे १२ बजे बस्न थालेको हो ।
कृषि तथा पशुपंक्षी विकामन्त्री रामनाथ अधिकारीले बाली बिमाका लागि प्रवर्द्धनात्मक तथा सचेतनामूलक कार्य अघि बढाउने बताउनुभएको छ । मन्त्रालयमा मङ्गलबार प्रदेशका कृषि मन्त्रीहरूसँगको छलफलका क्रममा उहाँले यस्तो बताउनुभएको हो ।
व्यावसायिक भेडापालनमा लागेका भोजपुरका किसान ऊन बिक्री नभएपछि चिन्तामा परेका छन् । किसानको राम्रो आम्दानीको स्रोतका रूपमा रहेको ऊन बिक्री नभएपछि उनीहरू चिन्तामा परेका हुन् ।
नेकपा (माओवादी केन्द्र)को केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको संयुक्त परामर्श बैठक बुधबार सकिएको छ ।
प्रदेश अस्पताल सुर्खेत र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर बिच क्यान्सर उपचार सेवा विस्तार गर्ने सम्झौता भएको छ ।
कृषि प्रधान जिल्ला महोत्तरीमा आर्थिक वर्ष ०८०/८१ मा तीन अर्ब १० लाख रुपियाँभन्दा बढीको भारतीय कृषि उत्पादन आयात भएको छ ।
१. अलैँची धेरै उत्पादन नेपालमा हुन्छ । २. आँप धेरै उत्पादन भारतमा हुन्छ । ३. आलु धेरै उत्पादन जर्मनीमा हुन्छ । ४. कफी धेरै उत्पादन ब्राजिलमा हुन्छ ।
भूमि सुधार तथा मालपोत कार्यालय बारा कलैयाले आर्थिक वर्ष २०८०/०८१ मा राजस्व सङ्कलनमा ५.२ प्रतिशतले वृद्धि भएको छ ।
रामपुर नगरपालिकाले लक्ष्मीदेवी तिवारी (तिवारी आमा) लाई सम्मान गरेको छ । परम्परागत भाका र शैलीमा तिजगीत मार्फत समसामयिक विषयवस्तुको उठान गर्दै आउनु भएका उहाँलाई नगद सहित सम्मान गरेको हो ।