काठमाडौँ, वैशाख १ गते । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष तथा प्रतिनिधिसभाका सांसद ध्रुबबहादुर प्रधानले संविधान संशोधन गर्र्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । विसं २०५६ देखि राजनीतिमा सक्रिय उहाँले न्यायाधीशको सवालमा संविधान संशोधन गर्न जरुरी रहेको बताउनुभएको छ । सांसद प्रधान नेकपा माओवादी विद्रोहको समयमा नेपाल प्रहरीको प्रमुख हुनुहुन्थ्यो ।तीन दशकसम्म देशको सेवा गर्दै आफ्नो जीवनको अधिकांश समय नेपाल प्रहरीमा बिताउनुभएको उहाँ नेपाल प्रहरीको वरिष्ठ पद अतिरिक्त प्रहरी महानिरीक्षक (आइजिपी) सम्म पुग्न सफल हुनुभएको थियो । प्रतिनिधिसभाका सांसद प्रधानसँग गरिएको कुराकानीको सम्पादित अंश ।संविधानका अन्य धेरै प्रावधान संशोधन गर्नुपर्ने देखिन्छ । हाम्रो पार्टीले राजसंस्थाको कुरा गर्दै आएको छ । हामीले राजसंस्थासहितको गणतन्त्र पनि भनेका छौँ । हिन्दू राष्ट्रको पुनःबहालीको सवाल पनि हाम्रो पार्टीले उठाउँदै आएको छ । अर्को, सङ्घीयता अत्यन्त खर्चिलो छ । त्यसलाई पनि संशोधन गर्नुपर्ने छ । प्रदेश सरकारलाई तलब मात्रै दिने काम भएको छ । सरकार आफ्नो अनुकूलतामा मात्रै नभएर सबै पार्टीको कुरा सुनेर संविधान संशोधन गर्नुपर्ने हुन्छ । जनताको चाहना बमोजिम संशोधन गर्नुपर्छ । जनतालाई सुशासन दिने सवालमा सरकारको नेतृत्वकर्ताको ठूलो भूमिका हुन्छ । सुशासनको सन्दर्भमा पार्टी र सरकारको प्रवृतिमा भरपर्छ । पहिला पहिला मरेपछि नर्कमा गइन्छ, भन्ने डरले पनि मानिसले भ्रष्टाचार गर्दैन थिए । यो आध्यात्मकतासँगै जोडिएको कुरा पनि भयो । सनातन धर्म अनुसार पनि हामीलाई गाइड गरेको थियो । तर अहिले मानिसलाई आर्थिक अनियमितता गर्न कुनै डर छैन । जनतालाई सुशासन दिने सन्दर्भमा दलहरुले सम्बोधन गरेको पाइँदैन । सरकारमा रहेका मन्त्रीहरु नै भ्रष्ट्राचारमा मुछिएको देखिन्छ । प्रतिनिधिसभा कानुन निर्माणमा त्यति सक्रिय भएको देखिँदैन । राष्ट्रिय हितलाई चिन्तन गरेर मुलुक र जनताको हितको लागि विकासलाई सांसदहरुले प्राथमिकता दिएको देखिँदैन । सदनले आफ्नो जुन भूमिका निर्वाह गर्नुपर्ने हो, त्यो भूमिका निर्वाह गरेको देखिँदैन । यो दलीय व्यवस्थाको कारणपनि भएको होला । संसद्मा दलिय गन्ध अलि बढी आउँछ । संसद्लाई कानुन निर्माण गर्नेभन्दा पनि दलहरु सत्तामा जाने भ¥याङको रुपमा प्रयोग मात्रै गरेको जस्तो देखिन्छ । सत्तामा रहिरहनको लागि संसद्भित्र अनेक चलखेल हुँदैआएको छ । त्यो कुरा राष्ट्रपति र प्रधानमन्त्री चुन्ने बेलामा पनि देखिन्छ । सदनमा सांसद भइसकेपछि सार्वभौम संसदहरुले आफ्नो स्वच्छाले चल्नुपर्ने हो । तर पार्टीको हुइपको आधारमा सांसद चलेको देखिन्छ । सांसदहरुले निष्पक्ष रुपमा जनताका सवाललाई संसद्मा उठाएको देखिँदैन । त्यो ठूला दल वा सानो दल सबैमा लागू भएको छ । सांसदले जनताको प्रतिनिधिको हिसाबले आफ्नो विषय उठाएको कमै देखिन्छ । यसको प्रत्यक्ष प्रभाव मुलुकले अहिले भोगिरेहको छ । यद्धपि, संसद्ले कानुन निर्माणको पाटोमा काम गरिरहेको छ । तरपनि कानुन निर्माणमा ठूलो दलको प्रभाव परेको छ । नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी [एमाले] र नेकपा [माओवादी केन्द्र] लगायतका ठूला राजनीतिक पार्टीहरु एक आपसमा नमिल्दा त्यसको प्रभाव कानुन निर्माणमा परेको छ ।जस्तो टिआरसीको सवालमा निकै लामो समय लागेको छ । ठूला दलकै कारण द्वन्द्वको समस्या अहिलेपनि समाधान हुन सकेको छैन । यो ठूला दलको भागबण्डा नमिलेका कारण भएको हो । राजनीतिक भागबण्डाको कारण मिल्न सकेको छैन । सांसदहरुले आफ्नो निर्वाचन क्षेत्रलगायत जनताका सामसामयिक चासोको विषय उठाउने गरेका छन् । तर निर्णायक घडीमा सांसद दलको घेराभन्दा बाहिर आउन सक्दैनन् । त्यसले गर्दा जनताले राहत पाउने कुरा हुँदैन । म न्याय, कानुन तथा मानवअधिकार समितिको सदस्य छु । यो समितिले भने आफ्नो जिम्मेवारी सही ढङ्गबाट पूरा गर्दै आएको छ । समितिमा अहिले विभिन्न ऐनकोबारेमा छलफल भइरहेको छ । हाम्रो पार्टी वर्तमान व्यवस्था परिवर्तनको लागि लागिरहेको छ । व्यवस्था परिवर्तन गर्नका लागि अर्को विकल्प वार्ताको माध्यमबाट पनि हाम्रो माग सम्बोधन गर्न पनि सकिन्छ । पार्टीगत रुपमा अहिले भइरहेको आन्दोेलनलाई सहयोग गर्दै पार्टीको आन्दोलनको पनि घोषणा गरिएको छ । हाम्रो माग सम्बोधन भएको खण्डमा मात्रै हामी सङ्घीयता सुध्रिण गर्ने सवालमा बोल्ने योजना छ । युवा पलायन रोक्नका लागि सबैभन्दा पहिला सही व्यक्तिको निम्ति सही पदको व्यवस्था हुनुपर्छ । क्षमतावान मानिसको लागि त्यही अनुसारको पद हुनुपर्छ । देशमा क्षमतावान व्यक्तिभन्दा पनि पार्टीका कार्यकर्ता र आफ्नो मान्छेलाई पोस्ने काम भएको छ । योग्य व्यक्तिले अवसर पाउँछन् भन्ने वातावरण सिर्जना गर्नुपर्छ । हामीले युवा पुस्तालाई दोष मात्रै दिएर हुँदैन । देशमा युवाको क्षमताको सम्मान हुनसकेको छैन । देशमा केही अवसर नभएपछि युवाहरु विदेशिन बाध्य भएका हुन । हामीले अन्य मुलुकबाट विकासका काम गराइरहेका छौँ । तर हाम्रा युवाहरु विदेशिन बाध्य छन् । रोजगारीको राम्रो व्यवस्थापन पनि हुनसकेको छैन । देशमा युवाहरुको लागि जुन वातावरण हुनुपर्ने हो, त्यो वातावरण हुन सकेको छैन । अहिले त नेपाली युवा विदेश जानका लागि पनि कडाइ गरिँदै छ । अमेरिका, अष्ट्रेलिया र कतिपय युरोपियन देशमा युवालाई प्रतिबन्ध गरिँदै छ । सरकारको रोजगारी सिर्जना गर्नेतर्फ ध्यानै गएको छैन । कुनै एउटा सरकार मात्रै होइन । कुनै पनि सरकारको उद्योग÷कलकारखाना सञ्चालन गर्नेबारे ध्यानै गएको छैन । त्यसैले हामीले व्यवस्था परिवर्तन गर्नुपर्छ भनेको हो । यो अहिलेको व्यवस्थाले मुलुकको हितको निम्ति केहीपनि गर्न सकेको छैन । नेपालका राजनीतिक दलह सबै योग्य र सक्षम हुनुहुन्छ । तर मुलुको हितको लागि सोच्नुपर्छ । उहाँहरुले जनताको हितममा कामना गर्नुपर्छ । आफू केन्द्रित भएर आफ्नो फाइदाको लागि काम गर्नुहुँदैन । जबसम्म जनतालाई केन्द्रमा राखेर काम हुँदैन, तबसम्म देशमा केही पनि हुँदैन । कतिपय देशमा एउटा व्यवस्थाले काम नगरेपछि अर्को व्यवस्था ल्याएर काम गरेको पनि धेरै उदाहरण छन् । म निर्वाचित नवलपरासी जिल्ला कृषिमा आधारित जिल्ला हो । त्यहाँका किसानलाई सिँचाइको समस्या छ । बीउ र मलको अभाव छ । त्यसको लागि पहल गर्ने मेरो योजना छ । नवलपरासी जिल्ला भारतसँगको बार्डरसँग पनि जोडिएको छ । यो जिल्लाको सडक सञ्जालको विषय पनि छ ।
काठमाडौँ, वैशाख १ गते । परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले नेपालको विकास र समृद्धको आधार पर्यटन हो भन्नुभएको छ । परराष्ट्र मन्त्रालयद्वारा नेपालमा रहेका विदेशी नियोग तथा विभिन्न अन्तर्राष्ट्रिय संघ संगठनका प्रमुख तथा प्रतिनिधिका लागि इलामको श्रीअन्तु र कन्याममा आयोजना गरिएको रिट्रिट कार्यक्रममा उहाँले सो धारणा राख्नुभएको हो । उहाँले भन्नुभयो “नेपालका अद्वितीय संस्कृति र सम्पदा एवं प्राकृतिक सौन्दर्य विश्वका प्रमुख आकर्षण हुन् र हाम्रा यी अमूल्य सम्पत्ति नै मुलुकको विकास र समृद्धिका आधार पनि हुन् ।” सो अवसरमा मन्त्री डा राणाले नयाँ वर्षको पूर्व सन्ध्यामा नेपालको विविधता, समृद्ध संस्कृति र प्राकृतिक सौन्दर्यको आत्मीय आतिथ्यलाई विश्व समुदायसँग साझा गर्ने उद्देश्य यो कार्यक्रम राखिएको पनि स्पष्ट गर्नुभयो । मन्त्री डा राणाले नेपालको सांस्कृतिक र प्राकृतिक विविधताका साथै यहाँको सौन्दर्य, हरियाली, जैविक विविधता एवं सम्पदा र हिमशृङ्खलाको पनि प्रशंसा गर्नुभयो । इलाम क्षेत्रको महत्त्व स्पष्ट पार्दै मन्त्री डा राणाले इलामलाई चियाका फाँटै फाँट, कुहिरोले ढाकेका डाँडाहरू र आत्मीय मनसहितका बासिन्दाहरूको भूमिका रूपमा पनि चित्रण गर्नुभयो । उहाँले इलामको चिया, शुद्ध हावा, परम्परा र जीवनशैली अनुभव गर्न सबैलाई आग्रह पनि गर्नुभयो ।साथै मन्त्री राणाले सहभागी कूटनीतिज्ञहरूलाई नेपालको पर्यटनका “राजदूत” बन्न पनि आग्रह गर्नुभयो । उहाँले भन्नुभयो “मेरो आग्रह छ कि यहाँबाट फर्किँदा तपाईँहरू आफ्ना देश र जनतासमक्ष इलाम र नेपालका राम्रा कथाहरू लिएर जानुहोस् र सक्दो प्रचार गरेर सहयोग गर्नुहोस् ।” कार्यक्रममा मन्त्री डा राणाले नेपालमा सम्भावित वैदेशिक लगानीका अधिक सम्भावनाहरूको चर्चा गर्दै नेपालमा पर्यटन तथा पूर्वाधार विकासका क्षेत्रमा लगानीका लागि विश्व समुदायलाई आग्रह पनि गर्नुभयो ।परराष्ट्र सचिव अमृतबहादुर राईले नेपालको अद्वितीय सांस्कृतिक र प्राकृतिक सौन्दर्यलाई सुनेर भन्दा पनि आफैँले देखेर मनन गर्न आग्रह गर्नुभयो । यस कार्यक्रममा बेलायत, जापान, अस्ट्रेलिया लगायत १५ भन्दा बढी देशका राजदूत एवं विभिन्न अन्तर्राष्ट्रिय संघसंगठनका प्रमुख तथा प्रतिनिधिहरू सहभागी हुनुहुन्छ । उहाँहरूले कन्यामको सुन्दरता र चिया बारीको आकर्षणलाई तस्बिरमा कैद गर्नुका साथै सोमबार बिहान अन्तुबाट सूर्योदयको अवलोकन गर्नुभएको थियो । यस कार्यक्रमका सहआयोजकमा नेपाल पर्यटन बोर्ड र इलामको सूर्योदय नगरपालिका पनि रहेका छन् । नेपालको पर्यटन प्रवर्धनका लागि इलामको प्राकृतिक एवं सांस्कृतिक सौन्दर्य तथा स्थानीयताको परिचय दिई यहाँको पर्यटकीय महत्वलाई थप उजागर गर्ने उद्देश्यले यस बर्ष इलाममा यो कार्यक्रमको आयोजना गरिएको हो ।
रोल्पाको उत्तर पूर्वमा पर्ने उवा इतिहासमा बेग्लै पहिचान भएको गाउँ हो । उवा थवाङ गाउँपालिकाको–४ र ५ नम्बर वडामा पर्ने यो क्षेत्र पुग्दा नरमाउने पर्यटक कमै होलान् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मगर भाषा
काठमाडौँ, वैशाख १ गते । काठमाडौँको बौद्ध क्षेत्रमा रहेर लुटपाट गर्ने १८ जना युवालाई प्रहरीले आइतबार पक्राउ गरेको छ । चैत २७ गते जग्गा बैना गर्ने भनेर बोलाई नवराज खनाललाई उनीहरूले लुटपाट गरेको प्रहरीले जनाएको छ । बौद्ध बस्ने ४२ वर्षीय रितेश लामाको नगद रु ६० लाख लुटी फरार भएपछि प्रहरीले उनीहरूको खोजी गरेको थियो । लुटपाटमा संलग्न भई पक्राउ पर्नेहरूमा तार्केश्वर नपा लोलाङ बस्ने वर्ष २३ को राज पराजुली, रामेछाप खाँडादेवी गापा वडा नं ४ घर भई हाल भक्तपुर मध्यपुर ठिमी नपा ०४ बस्ने वर्ष २३ को प्रभास केसी भन्ने हरि राम खत्री, सोही गाउँका वर्ष २८ को सार्की माझी, रामेछाप खाँडादेवी गापा ८ घर भई हाल कागेश्वरी मनोहरा नपा ८ गोठाटार बस्ने वर्ष २० को राजेश भण्डारीलाई प्रहरीले पक्राउ गरेको हो । त्यस्तै गरी सोलुखुम्बु लिखु पिके नपा ९ घर भई हाल काठमाडौँ ३२ बस्ने वर्ष २६ को कुशल बस्नेत, काभ्रेपलान्चोक रोशी गापा ५ घर भई हाल नयाँबानेश्वर बस्ने वर्ष ३५ को रञ्जित लामा, तार्केश्वर लोलाङ बस्ने वर्ष २१ को सुयोज लामा, रामेछाप दोरम्बा गापा ४ घर भई काठमाडौँ बस्ने वर्ष ३७ को उत्तम मगर, सोही गाउँका वर्ष २८ को राजु मगर, वर्ष २६ को टिका बहादुर मगर, वर्ष ३४ को रमेश बहादुर मगर, वर्ष २९ को लब बहादुर मगर लगायत रहेका छन् । उनीहरूलाई लुटपाट आपराधिक कार्य गर्ने कसुरमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको प्रहरीले जनाएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित संस्कृत भाषा
दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘के घर के डेरा : घर नं २’ को टिजर सार्वजनिक भएको छ । टिजरमा चलचित्रका मुख्य कलाकार खगेन्द्र लामिछानेलगायत मुख्य कलाकारहरू देखिनुभएको छ । टिजरमा निम्न वर्गीय परिवारले भोग्ने समस्यालाई समेटिएको छ । आफ्नो दुःख अरूलाई सुनाएर मन हलुङ्गो बनाएको दृश्य टिजरमा देखिन्छ ।
गुल्मीकोे कालीगण्डकी गाउँपालिकाबाट सदरमुकाम तम्घास जानका लागि तीन जिल्ला पार गरेर जानुपर्ने अवस्थाको अन्त्य भएको छ । पहिले कालीगण्डकीबाट
राजन रावतहुम्ला, वैशाख १ गते । एक्स्काभेटर पल्टिदा चालक सहित दुई जनाको मृत्यु भएको छ । दक्षिणी क्षेत्रको चङ्खेली गाउँपालिका–२ को लोतीको सडकबाट एक सय मिटर तल खस्दा घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो । चैनवाल एक्स्काभेटर दुर्घटनामा परि मृत्यु हुनेमा चङ्खेली गाउँपालिका– २ का ३१ वर्षका अर्जुन कामी र अर्का एक जना वर्ष ४५ मा परवल कामीको मृत्यु भएको प्रहरी नायव उपरीक्षक शङ्कर पोखरेलले बताउनुभयो । प्रदेश नम्बर २–०३–००१क ०९७५ को एक्स्काभेटर सडकबाट पल्टिएको उहाँले बताउनुभयो । यसअघि बिग्रिएर सडक मै राखिएको एक्स्काभेटरलाई चालक कामीले चलाएर लैजाने क्रममा पल्टिदा सडकबाट एक सय मिटर तल खसेको थियो । गम्भीर घाइते अवस्थामा दुवै जनालाई श्रीमष्ट स्वास्थ्य चौकीमा उपचारका लागि लगिएको र उपचार कै क्रममा मृत्यु भएको उहाँले बताउनुभयो । दुवै शव प्रसुती गृह पिप्लाङमा राखिएको र पोस्ट मार्टम जिल्ला अस्पताल वा बाजुराको कोल्टी लिने छलफल भई रहेको छ । सो दुर्घटना आइतबार बेलुका भएको हो । लोतीबाट मिमी जाने क्रममा एक्स्काभेटर पल्टिएको हो ।
टोपलाल अर्यालरेसुङ्गा, वैशाख १ गते । किसान बारीमा मल फालेर मकै रोप्न वर्षाको प्रतीक्षामा थिए । भर्खरै भएको वर्षाले मकै किसानहरूलाई उत्साहित बनाएको छ । पहाडी जिल्लाहरूमा अधिकांश किसानले चैतमै मकै रोप्छन् । मकै रोप्ने केही बेला ढिप्किएपनि लामो वर्षा भएकाले मकै रोप्न सुरु गरिएको धुर्कोट गाउँपालिका–६ का राम बहादुर थापाले बताउनुभयो । चैतमा रोपेको मकै साउन महिनाको अन्तिममा पाक्ने गर्छ । खेतमा फागुन महिनामै मकै रोप्ने र गाउँका बारीमा चैतमा नरोपे कोदो रोप्न समस्या हुने गर्दछ । सुत्यवति गाउँपालिका–५ का युवराज भण्डारी खेतमा रोपेका मकै कम्मर–कम्मर आउने भए । तर, वर्षा नभएका कारण बारीमा मल फालेर मात्रै बस्नु परेको थियो । अहिले तीन दिन परेको वर्षाको कारण मकै रोप्न थालिएको भण्डारीले बताउनुभयो । फागुनमा नभएपछि केही गुल्मीमा २२ हजार ४१८ हेक्टर क्षेत्रफलमा मकै खेती हुने गरेको छ । बर्से मकै २० हजार ५१३ र बसन्ते एक हजार ९०५ हेक्टर क्षेत्रफलमा लगाउने गरिएको छ । जिल्लामा बर्से मकै ७१ हजार २०५ मेट्रिक टन र बसन्ते मकै पाँच हजार ९६७ मेट्रिक टन उत्पादन हुने कृषि ज्ञान केन्द्र गुल्मीका बाली संरक्षण अधिकृत प्रकाश मरासिनीले जानकारी दिनुभयो । पछिल्लो समय किसानहरूले उन्नत जातको मकैलाई प्राथमिकता दिन थालेका छन् । गुल्मीमा सबैभन्दा बढी क्षेत्रफलमा मकै लगाउने वर्षाको समयमा हो । फागुनदेखि वैशाखसम्म लगाउने मकैलाई बर्खे मकै भनिन्छ । उन्नतर्फ अरुण–२, मनकामना–३ र देउती जातको मकै धेरै लगाइन्छ । यो जिल्लामै उत्पादन हुने मकै हो । करिब ७० प्रतिशत किसानले हाइब्रिड जात अर्थात् सिपी र जेके मकै धेरै लगाउने गरेको कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत मरासिनीले बताउनुभयो । जसका कारण जिल्लाको रैथाने बाली हराएर जाने समस्या देखिएको छ । किसानले धेरै उत्पादन गर्ने उद्देश्यले हाइब्रिड मकै लगाउने गरेका छन् ।
नेपाली साङ्गीतिक क्षेत्रका नक्षत्र स्वरसाम्राज्ञी अरुणा लामा र तारादेवीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पोखरामा उहाँका कालजयी गीतले सभा हल गुञ्जायमान भयो ।
भारतसँग सीमा जोडिएको मुख्य नाकामा तालिमप्राप्त कुकुर प्रयोग गरेर आकस्मिक जाँच अभियान सुरु गरिएको छ । कपिलवस्तुको कृष्णनगरमा पहिलो पटक तालिमप्राप्त कुकु
कालीकोटको पलाँता गाउँपालिकाले कानुनको अवज्ञासहित सर्वाेच्च अदालतको आदेशलाई लत्याएको पाइएको छ । गाउँपालिकाको केन्द्र विवादमा अदालतले पुरानै ठाउँबाट से
बिसुपर्वका नामले मनाइने नयाँ वर्षको पहिलो दिनलाई भव्य बनाउन सुदूरपश्चिमेलीलाई चटारो भएको छ । बिसु मनाउन देशविदेश तथा घरबाहिर रहेकाहरू फर्केसँगै गाउँमा चहलपहल बढेको छ । बिसुपर्वलाई परिवारका सदस्य तथा आफन्तको जमघट, मिठोमसिनो खानपिन, देउडा खेलेर रमाइलो गर्दै विशेष रूपमा मनाइने गरिन्छ ।
परराष्ट्र मन्त्रालयद्वारा नेपालमा रहेका विदेशी नियोग तथा विभिन्न अन्तरराष्ट्रिय सङ्घसङ्गठनका प्रमुख तथा प्रतिनिधिका लागि इलामको श्रीअन्तु र कन्याममा आयोजना गरिएको ‘रिट्रिट’ कार्यक्रममा उहाँले सो धारणा राख्नुभएको हो ।