• २ वैशाख २०८२, मङ्गलबार

टिजर सार्वजनिक

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ,वैशाख, १ गते  । दीपेन्द्र के खनाल निर्देशित चलचित्र ‘के घर के डेरा : घर नं २’ को टिजर सार्वजनिक भएको छ । टिजरमा चलचित्रका मुख्य कलाकार खगेन्द्र लामिछानेलगायत मुख्य कलाकारहरू देखिनुभएको छ । टिजरमा निम्न वर्गीय परिवारले भोग्ने समस्यालाई समेटिएको छ । आफ्नो दुःख अरूलाई सुनाएर मन हलुङ्गो बनाएको दृश्य टिजरमा देखिन्छ ।

 पारिवारिक प्रेम, वियोग र त्यसले दिने मानसिक यातना टिजरमा समेटिएको छ । चलचित्रमा निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरेलगायतका कलाकारको अभिनय रहेको छ ।