• १० मंसिर २०८१, सोमबार

सर्पदंशबाट बालकको मृत्यु

blog

अविनाश चौधरी
धनगढी, भदौ १७ गते ।
कैलालीमा सर्पदंशबाट आइतबार राती एक बालकको ज्यान गएको छ । घरमा सुतिरहेको अवस्थामा विषालु सर्पको टोकाइबाट धनगढी उपमहानगरपालिका–९ वनदेवी टोलका माया विकका पाँच वर्षीय छोरा अरुणको ज्यान गएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार घरमा सुतिरहेको अवस्थामा राती १२ बजे सर्पले टोकेको बालकलाई उपचारका लागि सेती प्रादेशिक अस्पताल पु र्याइएको थियो । बालकको उपचारकै क्रममा राती १ः५० बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले जानकारी दिनुभयो ।

यसैबिच, सर्पदंशबाट गोदावरी नगरपालिका–६ लालपुर बस्ने ३३ वर्षीय सागर विष्ट घाइते हुनु भएको छ । उहाँलाई आफ्नै किराना पसलको आँगनमा दाहिने खुट्टामा सर्पले टोकेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । घाइते विष्टको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ । उहाँको अवस्था मध्यम रहेको प्रहरी नायब उपरीक्षक विष्टले जानकारी दिनुभयो ।