• १ वैशाख २०८२, सोमबार

प्रभुत्वको प्रतिस्पर्धामा नौलो ‘गोल्ड रस’

blog

अहिलेको डिजिटल दुनियाँमा बेग्लै ‘गोल्ड रस’ ले आदेशात्मक वा विश्व व्यवस्थामा फरक खालको ‘बाध्यकारी हस्तक्षेप’ को सूत्रपात त गर्ने होइन ? अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले छोटो अट्रम्प प्रशासनले छोटो अवधिमा जे जस्ता क्रियाशीलता देखाइरहेको छ त्यसबाट शताब्दीपहिलेको जस्तो होइन, आधुनिक युगमा बहुमूल्य धातुको अनिवार्य आभूषण सुशोभनको प्रलोभनबाट प्रेरित नभई शक्ति सञ्चय र प्रभुत्वका लागि भएको अनुमान लगाउन सकिन्छ ।   

इस्वी संवत्को १९ औँ शताब्दीमा सुनचाँदी खोज्न विश्वका केही क्षेत्रमा व्यापकस्तरमा अन्वेषण र जमिन खोतल्ने होडबाजी नै चलेको थियो । जसलाई इतिहासले विख्यात ‘गोल्ड रस’ भनेको छ । मानिसबिच सुरुमा आभूषणका अवयव सुन र चाँदी जस्ता बहुमूल्य धातु खोज्न तछाडमछाड भयो तर औद्योगिक क्रान्ति सुरु भइसकेको तथा वैज्ञानिक आविष्कार र चेतनाले स्थान लिन थालिसकेका कारण चाँडै नै अन्य खालका धातुको खोजीसमेत हुन थाल्यो । त्यतिबेला विभिन्न खालका प्रविधि विशेष गरी ‘अप्टिक्स’ र ‘इलेक्ट्रोनिक्स’ का लागि सेरियम, लान्थेनम, अर्बियम आदि धातुसमेत खोजिन थालिएको थियो । तत्पश्चात् ‘गोल्ड रस’ शब्दावलीले यस्ता धातुलाई समेत चिनाउन थाल्यो ।  

डिजिटल दुनियाँको ‘गोल्ड रस’ सुनचाँदीको होडबाजीभन्दा बेग्लै छ । हामी देख्न सक्छौँ आमव्यक्तिलाई सुनचाँदीकै महìव छ तर विकसित राष्ट्र वा डिजिटल संसारका खेलाडीले राम्ररी बुझेका छन् अग्रणी भइरहने हो भने दुर्लभ धातु वा तìवहरूमा आफ्नो अटुट पहुँच जरुरी छ । चाहे त्यसका लागि वैरभाव वा लोकलज्जा वा हस्तक्षेपकै कुरा किन नहोस्, ट्रम्प प्रशासनसरह । महाशक्तिशाली बन्ने आफ्नो अनिवार्य परिपूर्तिका लागि केही यस्ता अपिरिहार्य धातु वा तìव शक्ति राष्ट्रहरूले प्राथमिकता सूचीमा राखेका छन् जो पृथ्वीमा उपलब्ध त छन् तर सहज र सर्वत्र आवश्यक मात्रामा उपलब्ध छैनन् । यी तìवबिना अहिलेको डिजिटल संसार अगाडि बढ्न सक्दैन, बजारका विद्युतीय गाडी चल्ने छैनन्, अझ भनौँ जिन्दगी पश्चगामी हुन सक्छ । शक्ति सञ्चयका लागि क्षेप्यास्त्र, परमाणु हातहतियार तथा टेलिस्कोप, रकेट, भूउपग्रह सबैलाई यी तìव नभई हुँदैन । विद्युतीय र हाइब्रिड गाडीमा समेत यी धातु अनिवार्य नै छन् । 

यस कारण वर्तमान विश्वमा विकसित र शक्ति राष्ट्रबिच ‘रेयर अर्थ इलिमेन्ट्स’ अर्थात् पृथ्वीमा दुर्लभ मानिएका तŒवमा आफ्नो अधिकतम पहुँच राख्न जोडदार प्रतिस्पर्धा छ । ‘रेयर अर्थ इलिमेन्ट्स’ मा १७ वटा यस्ता रासायनिक तìव छन् जसको उपयोग टेलिभिजन, मोबाइल फोन, ल्यापटप, कार, क्यान्सरको उपचार गर्ने औषधि, परमाणु भट्टीको सुरक्षाकवच, विमानको इन्जिन तथा उन्नत हातहतियारमा भइरहेको छ । आफ्नो विशिष्ट चुम्बकीय र सुचालक गुणले गर्दा यी तìवले प्रविधिलाई चुस्त, सबल, हलुका र प्रभावकारी बनाउँछन् । यी तìवबिना अहिलेको सूचना प्रविधि र अन्य प्रविधिको कल्पना गर्न सकिँदैन । 

बढ्दो माग

‘वल्र्ड मिटिओरोलोजिकल अर्गनाइजेसन’ को अनुमान छ, यदि सन् २०५० सम्म शून्य कार्बन उत्सर्जन प्रक्षेपपथमा अग्रसर हुने हो भने विश्वले नवीकरणीय ऊर्जामा लगानी तेब्बर बनाउनुपर्ने छ । यस्तै जैव इन्धनबाट विश्वलाई स्वच्छ प्रविधि उन्मुख बनाउन सन् २०३० सम्म नै तामा, लिथियम, निकेल, कोबाल्ट र अन्य धातुको उत्खनन तेब्बर बनाइसक्नुपर्ने आवश्यकता सन् २०२४ को एउटा अनुसन्धान प्रतिवेदनमा औँल्याइएको थियो । मागको कुरा यतिमै सीमित छैन । जुन प्रकारले प्रविधिको विकास भइरहेको छ तथा मागमा आइरहेको विविधीकरण र विकाससँगै देखा परिरहेको विनाशका सङ्केतलाई हेर्दा माग सम्बोधन र समस्या न्यूनीकरणका लागि आगामी दुई दशकमा विश्वमा तामा र ‘रेयर अर्थ इलिमेन्ट्स’ को उत्पादन ४० प्रतिशतले, निकेल र कोबाल्टको उत्पादन ६०–७० प्रतिशतले र लिथियमको उत्पादन ९० प्रतिशतले वृद्धि हुनुपर्ने आवश्यकता छ ।  

इन्टरनेसनल इनर्जी एजेन्सीका अनुसार सन् २०३० सम्म आवश्यक खनिज तìवको अनुमानित माग परिपूर्ति गर्न व्यापकस्तरमा तिनको उत्खनन गरिनुपर्ने छ । साथै सन् २०३० सम्म विश्वले निर्धारण गरेको शून्य कार्बन उत्सर्जनको लक्ष्यमा पुग्न लिथियमका ५०, निकेलका ६० र कोबाल्टका १७ खानी सञ्चालनमा ल्याइनुपर्ने देखिन्छ । 

विश्व व्यापारको रूपान्तरण

‘रियर अर्थ इलिमेन्ट्स’ का नयाँ उपयोगिता विकसित भइरहँदा विश्व अर्थव्यवस्थामा आएको रूपान्तरणले ‘रियर अर्थ इलिमेन्ट्स’ को उत्पादन तथा अत्याधुनिक उत्पादनका क्षेत्रमा समेत परिवर्तन ल्याएको छ । इस्वी संवत्को २० औँ शताब्दीमा अमेरिका मालवस्तु निर्यातमा अग्रणी थियो । द्वितीय विश्वयुद्धपछिका दशकमा अमेरिकी सरकार अमेरिकी उत्पादकका लागि विदेशी बजार खुला गर्न अन्तर्राष्ट्रिय बजार सम्झौतालाई प्रवर्धनमा लग्यो । विश्वका सरकारले व्यापारका अवरोध कटौती गर्दा तथा वैश्विक पारवहन र सञ्चारमा खर्च कम हुन जाँदा उत्पादक कम्पनी ती क्षेत्रमा आफ्ना उद्योग स्थापना गर्न थाले जहाँ उत्पादन लागत कम हुन्छ ।

सन् १९८० को दशकमा सुरु भएर १९९० को दशकमा यस प्रवृत्तिले तीव्रता लिएको थियो । एसियामा जापान, हङकङ, सिङ्गापुर, ताइवान र दक्षिण कोरियाले आफूसँग तुलनात्मक रूपमा थोरै प्राकृतिक ऊर्जा स्रोत वा ‘रेयर अर्थ इलिमेन्ट्स’ भएकाले विश्व बजारमा आफूले निर्यात गर्ने मालवस्तुका लागि विश्वका अन्य क्षेत्रबाट कच्चा ‘रेयर अर्थ इलिमेन्ट्स’ आयात गर्न थाले । चीनले समेत खुला बजार नीति अपनाएका कारण त्यहाँ सस्तो श्रमशक्ति, खनिज तìवको पर्याप्त र सहज उपलब्धताले गर्दा विश्वका ठुला कम्पनीले धमाधम आफ्नो उद्योग त्यहाँ स्थापना गरेका थिए ।

भूराजनीति

न्युजविक पत्रिकाले लेखेको छ, ‘रेयर अर्थ इलिमेन्ट्स’ विभिन्न भूराजनीति विवादको केन्द्र बनेको छ । जसको एक प्रमुख पात्र हुन् राष्ट्रपति ट्रम्प । उनले युक्रेनका प्राकृतिक स्रोतमा पहुँच पाएमा मात्र युक्रेनी सैन्य दललाई सहायता उपलब्ध गराउने भनिसकेका छन् । सैन्य सहयोगका लागि युक्रेनका खनिजमा अमेरिकाको पहुँचको कुरा भलै विगतमा उपलब्ध गराएको अर्बौं डलरको शोधभर्नाका लागि भनिए पनि यथार्थमा युक्रेनमा भएका ‘रेयर अर्थ इलिमेन्ट्स’ र अन्य रणनीतिक खनिज तìव अमेरिकाको लक्ष्य भएको विश्लेषण गरिएको छ ।

‘रेयर अर्थ इलिमेन्ट्स’ भन्नुस् वा ‘रेयर अर्थ मिनरल्स’, यसैका कारण हाल मध्य अफ्रिकी क्षेत्रमा अशान्ति छ र के पनि विश्वास गरिएको छ भने ग्रिनल्यान्डमाथि नियन्त्रण बनाउने ट्रम्पको चाहनासमेत यसैमा निहित छ ।

पृथ्वीमा ‘टेक्टोनिक प्लेट’ हलचलका कारणले खनिज तìव उत्खननका लागि अनुकूलता बन्दछ । केही क्षेत्र जस्तै अफ्रिकाको उत्तर र दक्षिणी भेगका साथसाथै दक्षिण अमेरिकाको पश्चिमी तटीय क्षेत्रमा ‘रेयर अर्थ इलिमेन्ट्स’ को भण्डार धेरै छ । यी क्षेत्रमा ‘टेक्टोनिक प्लेट’ धेरै नै सव्रिmय रहेका छन् । दक्षिण अफ्रिकामा मूल्यवान् खनिज तìवले देशको अर्थतन्त्रमा ठुलो टेवा पु-याएको छ ।


दी इन्डिपेन्डेन्ट्सले आफ्नो अनलाइनमा लेखेको छ, अमेरिकाका राष्ट्रपति ट्रम्पले युक्रेनसँग ‘रेयर अर्थ मिनरल्स’ बारेमा सम्झौता हुने दाबी गरेका छन् । जसबाट त्यस क्षेत्रमा शान्ति स्थापनार्थ यो एक महìवपूर्ण पहिलो कदम हुने छ । युव्रmेनका राष्ट्रपति भोलोमिर जेलेन्स्कीले सम्झौतामा हस्ताक्षर गर्ने आफ्नो चाहना अभिव्यक्त गरिएको पत्रले यस्तो सङ्केत गरेको भनाइ ह्वाइट हाउसको छ ।

अमेरिकाले राम्रोसँग बुझेको छ युक्रेनमा ‘रेयर अर्थ मिनरल्स’ को राम्रो भण्डार छ । युरोपमा युक्रेन एक यस्तो देशको हो जहाँ महìवपूर्ण खनिज तìवको भण्डार धेरै छ । त्यहाँ कम्तीमा पनि ३७ प्रकारका खनिज तत्वको भण्डार रहेको र तीमध्ये लिथियम, टाइटेनियम र ग्रेफाइटको प्रचुरता बढी पाइएको छ । ती प्रायः उत्खनन गरिएकै छैनन् । ‘इन्स्टिच्युट फर दी स्टडी अफ वार’ ले गत फेब्रुअरीमा सार्वजनिक गरेको रिपोर्टलाई आधार मान्ने हो भने युक्रेनको १७ प्रतिशत खनिज भण्डार हाल रुसले कब्जा गरेको क्षेत्रमा रहेको छ । यसले केही हदसम्म रुसको स्वार्थसमेत सङ्केत गर्दछ ।

अमेरिकाको इन्स्टिच्युट अफ जियोलोजीको वेबसाइटमा युक्रेनमा भएका महìवपूर्ण खनिजका बारेमा यसरी जानकारी दिइएको छ, लान्थेनम र सेरियम टेलिभिजन र बिजुली बत्तीमा प्रयोग गरिन्छ, नियोडिमियमको प्रयोग पवनचक्की र विद्युतीय गाडीका ब्याट्रीमा हुन्छ तथा अर्बियम र इट्रियमको उपयोगिता त झन् परमाणु ऊर्जादेखि लेजरसम्म छ । युरोपेली सङ्घले गराएको अनुसन्धानबाट युक्रेनमा स्क्यान्डियमसमेत भएको सङ्केत मिलेको छ तर यसको थप जानकारी गोप्य राखिएको छ ।

जेलेन्स्कीले आफ्नो देशमा भएका यी निकै महत्त्वपूर्ण खनिज तìवको विकास गर्ने कोसिस गरिरहेका छन् । फोब्र्स् युक्रेनको उपलब्ध तथ्याङ्क अनुसार युक्रेनसँग भएका यस्ता खनिजको मूल्य १२ हजार अर्ब डलर बराबर छ ।


‘रेयर अर्थ इलिमेन्ट्स’ को इतिहास

सन् १७८८ मा स्विडेनको इटरबाई खानीमा असामान्य कालो चट्टान फेला पर्दा त्यसलाई ‘रेयर’ भनियो किनभने यस्तो विचित्रको चट्टान पृथ्वीमा कहिल्यै फेला परेको थिएन । त्यो चट्टान अम्लमा घुलनशील थियो । सन् १७९४ मा रसायनशास्त्री जोन गाडोलिनले पहिले अज्ञात रहेको ‘रेयर अर्थ’ लाई त्यो फेला परेको नगरको नामबाट ‘इट्रिया’ नामकरण गरे । समय बित्दै जाँदा इटरबाई वरिपरिका खानीबाट निकालिएका चट्टानमा फेला परेका थप चार तìवको नामसमेत नगरको नामसँग मिल्दोजुल्दो हुने गरी इट्रियम, इटर्बियम, टर्बियम र अर्बियम राखियो । 

इस्वीको १९ औँ शताब्दीमा युरोपेली रसायनशास्त्रीका लागि पहिचान गरिएका नौला तìव प्रतिष्ठित तर विवादास्पद कार्य थिए । सन् १८०३ मा जोन्स जेकब ब्रजिलियसले नयाँ तìव खोजे र नाम राखे सेरियम । फेरि सन् १८२८ मा उनैले थोरियम पत्ता लगाए । सन् १८३९ मा स्विडेनकै रसायनशास्त्री कार्ल गुस्ताफ मोजान्डरले मिश्रित ‘रेयर अर्थ’ को व्यवस्थित विश्लेषण गर्दै लान्थेनम, अर्बियम र टर्बियम खोज गरेका थिए । जर्मनीको हाइडेलबर्गमा सन् १८८० मा कार्ल आवर भन वेल्सबाखले ‘रेयर अर्थ इलिमेन्ट्स’ मा अनुसन्धान गर्दै डाइडिमियम खोज गरे । जसलाई सुरुमा यसलाई एक तìव ठानियो तर वास्तवमा यो दुई ‘रेयर अर्थ इलिमेन्ट्स’ को मिश्र धातु थियो । पछि त्यसबाट उनले नियोडिमियम र प्रसियोडिमियम राखे । वेल्सबाखले आफ्नो खोजलाई व्यावसायिक प्रयोजनमा लग्ने विचार गरे र ‘रेयर अर्थ इलिमेन्ट्स’ लाई व्यावसायिक प्रयोजनमा ल्याउने उनी नै पहिलो वैज्ञानिक मानिन्छन् ।

इस्वी संवत्को २० औँ शताब्दीमा परमाणु भौतिकशास्त्रमा उपयोगिता देखेर ‘रेयर अर्थ इलिमेन्ट्स’ को नयाँ वैज्ञानिक र भूराजनीतिक महìव देखिन थाल्यो । सन् १९३९ मा अटो हान, लिज मिनर र फ्रित्ज स्ट्रासम्यानले युरेनियमको परमाणु विघटन विधि खोज गरेपछि ‘रेयर अर्थ इलिमेन्ट्स’ को महìव चुलियो । अमेरिकाले म्यानहाटन प्रोजेक्ट नामबाट परमाणु बम बनाउने योजना अगाडि बढाइरहँदा अमेरिकाका प्रसिद्ध रेयर अर्थ रसायनशास्त्री फ्रान्क स्पेडिङलाई आइपर्ने समस्या समाधानका लागि नियुक्त गरेको थियो ।

शीतयुद्धकालमा अमेरिका र सोभियत सङ्घबीच हतियार बनाउने होडबाजी चल्दा ‘रेयर अर्थ इलिमेन्ट्स’ को अनुसन्धानमा समेत ठूलो धनराशि खर्च गरियो । सन् १९६० को दशकमा अमेरिकी एयर फोर्सका अनुसन्धानकर्ताले समेरियम–कोबाल्ट चुम्बक बनाए । जसले अत्यधिक गर्मीमा समेत आफ्नो चुम्बकीय गुण कायम राख्ने भएकाले धेरै शक्तिशाली राडार उपकरण बनाउन अमेरिका सफल भयो । सोभियत सङ्कले समेत समेरियम प्रयोग गरेर अल्मुनियमलाई धेरै बलियो र हलुका बनाई सन् १९८० को दशकमा मिग–२९ लडाकु विमान बनाएको थियो । यस्तै इट्रियम–अल्मुनियम–गार्नेटबाट लेजर तयार पारेर ‘लेजर गाइडेड’ हतियार बनाइएका छन् । 

सन् १९७० र १९८० को दशकमा ब्याट्री अनुसन्धानमा ‘रेयर अर्थ इलिमेन्ट्स’ को उपयोगिता खोजियो । जसबाट लान्थेनम र नियोडिमियम प्रयोग गरी निकेल–मेटल हाइड्राइट ब्याट्री बनाउन सफलता मिल्यो । सन् १९९० को दशकसम्म यस्तै ब्याट्री क्यामरामा प्रयोग गरिन्थ्यो र सन् २००१ मा टोयोटाले बजारमा ल्याएको हाइब्रिड कारमा समेत यही ब्याट्री प्रयोग गरिएको थियो । फाइबर अप्टिकलाई सम्भव र शक्तिशाली बनाउन होस् वा हाम्रो हात हातमा भएका मोबाइल फोनमा ‘रेयर अर्थ इलिमेन्ट्स’ नभई हुँदैन । मोबाइल फोनको सानो क्यामराको लेन्समा टेढोपना कम गर्न लान्थेनम तथा स्पिकरको ध्वनिको गुणस्तरीयता बढाउन नियोडिमियम प्रयोग गरिएको हुन्छ । साथै ऊर्जा किफायती स्व्रिmनमा चम्किलो रङ देखाउन इट्रियम र अर्बियम प्रयोग गरिन्छ ।

पृथ्वीमा ‘रेयर अर्थ इलिमेन्ट्स’ प्रचुर मात्रामा नभए पनि अत्यन्त दुर्लभचाहिँ छैन । आफ्नो विशिष्ट रासायनिक गुणले गर्दा उत्खनन गरी शुद्ध अवस्थामा ल्याउन निकै कठिन हुनु यिनलाई दुर्लभ वर्गमा राखिनुको मुख्य कारण हो । थोरै मात्रामा ‘रेयर अर्थ इलिमेन्ट्स’ प्राप्त गर्न अहिलेको प्रशोधन विधिमा ठूलो परिमाणमा कच्चा माल आवश्यक पर्दछ र अत्यन्त हानिकारक सहउत्पादनहरू जस्तै रेडियोधर्मी पानी, विषालु फ्लोरिन र अम्लहरूको विसर्जन पनि उत्तिकै पेचिलो छ ।

चीनको ‘रेयर अर्थ इलिमेन्ट्स’ उद्योग

सन् १९७६ मा देङ सियाओपिङ चिनियाँ कम्युनिस्ट पार्टीका नेता बनेका थिए । उनले कम्युनिस्ट पार्टीको राजनीतिक नियन्त्रण कायम राख्दै सावधानीपूर्वक नियन्त्रित बजार र आर्थिक सुधारका माध्यमबाट चीनको समृद्धि पुनः स्थापना गर्ने घोषणा गरे । वास्तवमा सन् १९७८ मा विश्व व्यापारमा चीनको पुनः प्रवेशसँगै चीनमा ‘रेयर अर्थ इलिमेन्ट्स’ उद्योग विकास हुनुको सम्बन्ध छ ।

सन् १९७८ र १९९५ बीचमा ‘रेयर अर्थ इलिमेन्ट्स’ उत्पादनमा चीनको वार्षिक वृद्धि औसत ४० प्रतिशत थियो । सन् १९९० को दशकमा चीनको ‘रेयर अर्थ इलिमेन्ट्स’ निर्यातमा समेत तीव्र वृद्धि हुँदा विश्वमा यी तìवको मूल्य धेरै नै घट्यो । मूल्य घटेसँगै प्रतिस्पर्धी व्यवसायीले यात कामधन्दा नै छाडे या आफ्नो उत्पादनमा ठूलो कटौती गरे किनभने चीनमा उत्पादित वस्तुको मूल्यसँग तिनले प्रतिस्पर्धा नै गर्न सकेनन् ।


सन् १९९३ मा विश्वमा उत्पादन भएको कुल ‘रेयर अर्थ इलिमेन्ट्स’ को ३८ प्रतिशत हिस्सा चीनको र ३३ प्रतिशत हिस्सा अमेरिकाको थियो तर सन् २००८ सम्म त ‘रेयर अर्थ इलिमेन्ट्स’ उत्पादनमा चीनको हिस्सा ९० प्रतिशत भयो र सन् २०११ मा ९७ प्रतिशत पुग्यो । सन् १९९० को दशकपछि चीनले ‘रेयर अर्थ इलिमेन्ट्स’ को उत्पादन र निर्यात प्रावधानमा विभिन्न परिवर्तन गरेका कारणले विश्वमा ‘रेयर अर्थ इलिमेन्ट्स’ आपूर्ति असहज बन्दै गएको छ ।

सन् २०१० मा त चीनले ‘रेयर अर्थ इलिमेन्ट्स’ निर्यातमा प्रतिबन्ध नै लगाउँदा विश्वमा हल्लीखल्ली नै मच्चियो र विश्व व्यापार सङ्गठनले हस्तक्षेप गर्दै चीनलाई निश्चित कोटामा ‘रेयर अर्थ इलिमेन्ट्स’ निर्यात गर्नुपर्ने आदेश ग-यो । चीनले हाल कोटा र सर्तका आधारमा ‘रेयर अर्थ इलिमेन्ट्स’ निर्यात गर्दछ ।

‘रेयर अर्थ इलिमेन्ट्स’ निर्यातमा चीनको रोकलाई पश्चिमा देशले मात्र उसको राष्ट्रिय सुरक्षाको कदमका रूपमा वा विश्वका मोबाइल फोन बजार एकाधिकार गर्ने मनसायका रूपमा बुझेनन्, बरु शक्ति आर्जनका रूपमा विश्लेषण गरे । ट्रम्प प्रशासनको टाउको दुखाई यही अभाव र प्रतिस्पर्धालाई लिएर छ ।

अमेरिकाको प्रयास

अमेरिकामा ‘रेयर अर्थ इलिमेन्ट्स’ प्राकृतिक रूपमा उपलब्ध नभएको चाहिँ होइन । नियोकर्पले नेब्रास्कामा सन् २०२३ देखि सञ्चालन गरिरहेको एल्क व्रिmक प्रोजेक्टले त्यहाँ स्क्यानडियम, नायोबियम तथा अन्य महìवपूर्ण खनिज उत्खनन र प्रशोधन गरिरहेको छ । यसले गर्दा ‘रेयर अर्थ इलिमेन्ट्स’ का लागि अमेरिकाको चीनमाथिको निर्भरता केही कम भएको छ ।

एल्क व्रिmकमा नायोबियम एक लाख ६८ हजार ८६१ टन, स्क्यानडियम अक्साइड तीन हजार ४१० टन र चार लाख १८ हजार ८४१ टन टाइटेनियम डायोक्साइड रहेको अनुमान गरिएको छ ।

अमेरिकाको राष्ट्रिय स्वार्थ धेरै हदसम्म एल्क व्रिmकको विकासमा निर्भर रहेको भन्न सकिन्छ । यसले चीनमाथिको निर्भरता मात्र कम भएको छैन आर्थिक सुनिश्चितता समेत प्रदान गरेको छ । स्वदेशमै ‘रेयर अर्थ इलिमेन्ट्स’ उत्पादन भएपछि अमेरिकाले त्यसको आपूर्ति व्यवस्थालाई समेत कडा नियन्त्रणमा राखेको छ किनभने आजको युगमा यी तìवको महìव राष्ट्रिय सुरक्षा र शक्ति सञ्चयसँग जोडिएको छ ।


‘रेयर अर्थ इलिमेन्ट्स’ माथि शक्ति राष्ट्रहरूको भूराजनीति र हस्तक्षेपकारी भूमिकाको ताजा उदाहरण हो युक्रेन–रुस युद्ध । अमेरिकाले युक्रेनमा ‘रेयर अर्थ इलिमेन्ट्स’ को भण्डार यथेष्ट रहेको थाहा पाएको छ र त्यसका लागि उसमाथि शान्ति स्थापनाको प्रव्रिmया सुरु गर्ने भनी हदैसम्मको दबाबसमेत दिइरहेको देखिन्छ । जसरी हुन्छ ‘रेयर अर्थ इलिमेन्ट्स’ मा आफ्नो पहुँच बढाउने र विश्व व्यवस्थाको केन्द्रमै रहने अमेरिकाको प्रयास युक्रेनसम्म मात्र सीमित छैन, त्यसअघि नै उसले अन्तरिक्षमा समेत ‘रेयर अर्थ इलिमेन्ट्स’ खोज्ने जमर्को गरिसकेको छ ।

सन् २०१५ मा अमेरिकाको संसद्ले आफ्ना नागरिकलाई बाह्य अन्तरिक्षबाट खनिज तìव प्राप्त गर्ने र बिक्री गर्ने अधिकार प्रदान गर्ने गरी ‘स्पेस एक्ट’ पारित गरेको थियो । बोस्टन युनिभर्सिटीको अनलाइनमा उल्लेख गरिए अनुसार यस कानुनले क्षुद्र ग्रहको खोज गर्ने ती कम्पनी जो अन्तरिक्षमा पानी, औद्योगिक खनिज र ‘रेयर अर्थ इलिमेन्ट्स’ खोजेर आफ्नो भाग्य चम्काउने कोसिसमा छन्, उनीहरूलाई थप उत्साहित बनायो । यस कानुनले बाह्य अन्तरिक्षलाई अमेरिकी न्यायिक अधिकार क्षेत्रमा समेत ल्याएको छ । 

जबकि सन् १९६७ मा अमेरिका, सोभियत सङ्घ र अन्य देशबीच भएको ‘आउटर स्पेस ट्रिटी’ ले बाह्य अन्तरिक्षलाई समग्र मानव जातिको मानेको थियो । ‘रेयर अर्थ इलिमेन्ट्स’ को खोजीको नाममा अमेरिकी संसद्ले पारित गरेको ‘स्पेस एक्ट’ ले भविष्यमा बाह्य अन्तरिक्ष अन्वेषणमा विवाद सिर्जना गर्न सक्छ ।

समग्रमा भन्नु पर्दा विश्वमा ‘रेयर अर्थ इलिमेन्ट्स’ र अन्य रणनीतिक महìवका खनिज तìवको उत्पादनमा चीनको प्रतिस्पर्धामा कोही छैन । आधुनिक नवप्रवर्तनशील प्रविधि, रक्षा प्रणाली र वैकल्पिक प्रविधि सबै ‘रेयर अर्थ इलिमेन्ट्स’ मै निर्भर छन् । रणनीतिक महìव भएका यस किसिमका तìवको चीनद्वारा गरिने आपूर्तिले बेइजिङलाई असाधारण रूपमा भूराजनीतिक शक्ति प्रदान गरेको छ किनभने अमेरिकालगायतका कैयौँ देश यी तìवका लागि चीनमाथि धेरै नै निर्भर रहेका छन् । 

यस प्रकारको परिस्थितिले गर्दा चीनलाई विश्वको आपूर्ति शृङ्खलामा सुरक्षा र वैदेशिक व्यापारमा सौदाबाजीको लाभ मिल्ने गरेको छ । विश्व सूचना प्रविधिमा चुर्लम्म परेकाले हरेक पक्षमा चीनको सौदाबाजी बढेको देखिन्छ ।  #युवामञ्च

(लेखक युवामञ्चको सम्पादक हुनुहुन्छ।)


Author

उमेश ओझा