मेष
वर्षको प्रारम्भबाट नै साढसात शनिदशा प्रारम्भ हुनाले मनले सोचेका योजना र गर्न आँटेका काममा ढिलासुस्ती, अनावश्यक बाधाअड्चन देखा पर्ने छन् । पारिवारिक सुखसन्तोष अनुकूल रहने छ । परिवारमा धार्मिक एवं माङ्गलिक कार्यको सम्भावना रहेको छ । धार्मिक उद्देश्यले गरिने तीर्थयात्रा एवं रमाइलो भ्रमणका अवसर मिल्ने छन् । आर्थिक क्षेत्रका काममा मध्यम सफलता मिल्ने ग्रहयोग छ । तृतीय बृहस्पतिका कारण पठनपाठनमा ढिलासुस्तीका साथै आकस्मिक यात्रा एवं स्थान परिवर्तनको सम्भावना देखिन्छ । अनावश्यक दौडधुप, शारीरिक परिश्रम केही बढी नै पर्न जाने छ । परिवारमा आपसी समझदारी एवं विश्वासको अभाव देखा पर्ला । वर्षको पूर्वार्धमा घर, जग्गाजमिन एवं वाहनसम्बन्धी लाभ हुने छ । व्यापार व्यवसायबाट मध्यम सफलता मिले पनि कृषि तथा पशुपालनसम्बन्धी क्षेत्रबाट राम्रै सफलता मिल्ने ग्रहयोग रहेको छ । तपाईँका लागि असार, असोज, माघ र फागुन महिना विशेष फलदायी रहने छन् ।
वृष
मनले सोचेका योजना क्रमशः बन्दै जाने छन् । परिवारमा धार्मिक एवं माङ्गलिक कार्यको सम्भावना रहेको छ । विद्यार्थीका लागि पठनपाठनमा सफलता मिल्ने ग्रहयोग रहेको छ । वर्षको उत्तरार्धमा रोकिएका काम बन्दैजाने छन् । आम्दानीका नयाँ बाटा फेला पर्नुका साथै मनोरञ्जनका अवसरसमेत प्राप्त हुने छन् । प्रतिस्पर्धामा सफलता मिल्ने छ । आत्मबल बलियो भएर जानाले कार्यक्षमतामा समेत प्रगति भएर जाला । कर्मचारी वर्गका लागि मानसम्मान मिल्नुका साथै पदोन्नतिको सम्भावना रहेको छ । कृषि तथा पशुपालनसम्बन्धी काममा राम्रै सफलताको योग रहेको छ । आइतबारको दिनमा सूर्य भगवान्लाई जलार्पण गर्नाले अशुभ फल हटेर जानुका साथै आरोग्यता समेत मिल्ने छ । यो वर्ष तपाईंका लागि : साउन, कात्तिक, फागुन र चैत महिना विशेष फलदायी रहने छन् ।
मिथुन
यस वर्षमा तपाईंका ग्रहस्थिति मध्यम रहेका छन् । नयाँ कामको थालनी हुनुका साथै अधुरा योजना क्रमशः बन्दै जाने छन् । प्रतिस्पर्धामा राम्रै सफलता मिल्ने छ । पारिवारिक मेलमिलापका साथै माङ्गलिक कार्यको सम्भावना रहेको छ । अध्ययन अध्यापनको क्षेत्र सफल रहने छ । नोकरीमा मान सम्मान मिल्नुका साथै पदोन्नतिको योग रहेको छ । दम्पतिमा आपसी समझदारी तथा मेलमिलापको वातावरण रहला । वर्षको उत्तरार्धमा औषधोपचारमा सामान्य खर्च गराउला । सामाजिक तथा धार्मिक कार्यमा अभिरुचि लाग्ने छ । वैदेशिक क्षेत्र मध्यम फलदायी रहेको छ । आर्थिक हिसाबले वैशाख, असार, भदौ, माघ र चैत महिना राम्रा छन् ।
कर्कट
गुरुको प्रतिकूलताले गर्दा पठनपाठनमा केही ढिलासुस्ती गराउला । अढैया शनिदशा समाप्त हुनाले रोकिएका काम व्रmमशः बन्दै जाने छन् । आर्थिक पक्ष सफल रहने छ । युवावर्गमा प्रेम एवं मनोरञ्जनका अवसर मिल्ने छन् । आकस्मिक यात्रा एवं स्थान परिवर्तनको सम्भावना रहेको छ । नवीन कामको थालनी हुने तथा नोकरीमा पद एवं प्रतिष्ठा मिल्ने छ । शारीरिक आरोग्यताका साथै मनोरञ्जनका अवसरसमेत मिल्दै जाने छन् । वैदेशिक यात्रा फलदायी हुनुका साथै धनार्जन गर्ने अवसरसमेत प्राप्त हुने छन् । वर्षको पूर्वार्धमा आएका विध्नबाधा उत्तरार्धमा क्रमशः हटेर जाने छन् । जग्गा जमिन थपिनुका साथै गृह निर्माणको सम्भावना रहेको छ । सफलताको हिसाबले वैशाख, जेठ, असोज र पुस महिना विशेष फलदायी रहने छन् ।
सिंह
वर्षारम्भबाट नै आठौँ अढैया शनिदशा प्रारम्भ हुने भएकाले शनिको स्वस्तिशान्ति गराउँदा राम्रो होला । कार्यव्यस्तता बढेर जानुका साथै नवीन कामको थालनी हुने सम्भावना देखिएको छ । एकादश बृहस्पतिका कारण पढाइका साथै धार्मिक एवं सामाजिक कार्यमा गहिरो अभिरुचि लाग्ने छ । गृहस्थीका लागि घरायसी खर्चको मात्रा बढेर जानाले आर्थिक अभावको स्थिति समेत देखा पर्ने छ । घर तथा जग्गा जमिनसम्बन्धी कारोबारको सम्भावना देखिन्छ । वर्षान्तमा आकस्मिक यात्रा एवं स्थान परिवर्तनको सम्भावना रहेको छ । वैदेशिक क्षेत्रका काममा सफल रहने छन् । व्यापारिक क्षेत्र मध्यम रहला । आर्थिक हिसाबले जेठ, असार कात्तिक र माघ महिना राम्रा रहेका छन् ।
कन्या
रोकिएका काम क्रमशः बन्दै जाने छन् । बृहस्पतिको अनुकुलताले गर्दा बौद्धक तथा आर्थिक मामिलाका काममा सफलता मिल्ने छ । शारीरिक आरोग्यताका साथै मानसिक प्रसन्नता अनुकुल रहला । अध्ययन अध्यापनमा सफलता मिल्ने छ । धार्मिक एवं सामाजिक काममा सहभागी हुनुपर्ला । वर्षको पूर्वार्धमा आएका विघ्नबाधा उत्तरार्धमा हटेर जाने छन् । असोज उप्रान्त आर्थिक पक्षका कारोबारमा सुधार हुँदै जाने छ । आर्थिक दृष्टिकोणबाट असार, साउन, माघ र फागुन महिना विशेष फलदायी रहने छन् ।
तुला
उत्तम फलदायी वर्ष रहेको छ । स्वास्थ्य अनुकूल रहला । घर तथा जग्गा जमिनसम्बन्धी लाभको सम्भावना देखिन्छ । परिवारमा माङ्गलिक कार्यको सम्भावना रहेको छ । सन्तान एवं पारिवारिक सुख अनुकूल रहने छ । प्रतिस्पर्धामा सफलता मिल्नुका साथै विवादमा विजयश्री मिल्ने छ । स्थान परिवर्तन एवं महत्त्वपूर्ण यात्राको सम्भावना रहेको छ । घरायसी खर्चको मात्रा बढेर जाला । सामाजिक काममा सफलता एवं प्रशंसा मिल्ने देखिन्छ । अध्ययन अध्यापनमा गहिरो अभिरुचि लाग्ने छ । नोकरीमा जस तथा पदोन्नतिको समेत सम्भावना रहेको छ । सफलताको हिसाबले साउन, भदौ, पुस र चैत महिना विशेष फलदायी रहने छन् ।
वृश्चिक
वर्षारम्भबाट नै अढैयाशनिको दशा समाप्त भए पनि आठौँ बृहस्पतिका कारण वर्ष मध्यम फलदायी रहने छ । आँटेका काममा सामान्य बाधाअड्चन आइपर्नुका साथै ढिलासुस्ती समेत गराउने छ । ठूलो आर्थिक लगानी एवं लेनदेनसम्बन्धी कारोबार नगर्दा नै राम्रो होला । वर्षको उत्तरार्धमा भाग्यले साथ दिनाले रोकिएका काम व्रmमशः बन्दै जानुका साथै आम्दानीका नयाँ स्रोतसमेत फेला पर्ने छन् । महìवपूर्ण भ्रमण एवं विदेश यात्राको सम्भावना रहेको छ । विद्यार्थीवर्गका लागि पढाइमा दिलचस्पी कमै देखिन्छ । गुरुको प्रतिकूलताले गर्दा पठनपाठनमा अनावश्यक बाधाअड्चन देखा पर्ने छन् । आर्थिक दृष्टिकोणबाट वैशाख, भदौ, असोज र माघ महिना राम्रा रहेका छन् ।
धनु
वर्षारम्भबाट नै अढैया शनिको दशा प्रारम्भ हुनाले गर्न आँटेका काममा सामान्य बाधाअड्चन एवं ढिलासुस्ती समेत गराउने छ । बृहस्पतिको अनुकूलताले गर्दा पठनपाठनमा अभिरुचि बढेर जाने छ । धार्मिक एवं सामाजिक कार्यमा अभिरुचि बढेर जाने छ । घरायसी खर्चको मात्रा बढेर जाला । घरपरिवारमा माङ्गलिक कार्यको सम्भावना रहेको छ । आर्थिक हानिनोक्सानीको योग रहेकाले ठूला लगानी एवं लेनदेनसम्बन्धी कारोबार नगर्दा नै राम्रो होला । जग्गा जमिनसम्बन्धी विषयलाई लिएर सामान्य विवादसमेत निस्कन सक्ने छ । आर्थिक हिसाबले जेठ, असोज, कात्तिक र फागुन महिना विशेष लाभदायक रहने छन् ।
मकर
वर्षारम्भबाट नै साढेसाती शनि दशा समाप्त हुनाले रोकिएका काम व्रmमशः बन्दै जाने छन् । कार्यव्यस्तता बढेर जानाले शारीरिक परिश्रम केही बढी नै पर्न जाला । रमाइलो ठाउँको यात्राका साथै मनोरञ्जनका अवसर प्रशस्त मिल्ने छन् । दाम्पत्य सम्बन्धमा मिठासको अनुभूति होला । युवकयुवतीका लागि नयाँ जीवनसाथीसमेत मिल्ने ग्रहयोग रहेको छ । अध्ययन अध्यापनमा सामान्य बाधाअड्चन देखा पर्ने छन् । परिवारमा रमाइलो वातावरणको माहोल बन्ने छ । साथीभाइ तथा इष्टमित्रको सहयोगले महत्त्वपूर्ण काम बन्ने छ । कूटनीतिक क्षेत्र तथा दौत्य सम्बन्धमा राम्रो सफलता मिल्ने छ । आर्थिक दृष्टिले असार, कात्तिक मङ्सिर र चैत महिना फलदायी रहने छन् ।
कुम्भ
वर्षभरि नै अन्त्य साढेसात शनिदशा रहने छ । गर्न आँटेका काममा सामान्य ढिलासुस्ती गराउने छ । शारीरिक आरोग्यता अनुकूल रहला । गुरुको अनुकूलताले अध्ययन अध्यापनमा गहिरो अभिरुचि लाग्ने छ । आम्दानीका नयाँ स्रोत फेला पर्नाले आर्थिक पक्ष बलियो भएर जाला । सन्तान सुखका साथै रमाइलो पारिवारिक वातावरणको माहोल रहला । धार्मिक तथा सामाजिक काममा अभिरुचि लाग्ने छ । व्यापारिक क्षेत्र मध्यम रहने छ । कृषि क्षेत्रका कार्यमा राम्रो सफलताको योग रहेको छ । आर्थिक पक्षका काममा मध्यम सफलता प्राप्त होला । सफलताको हिसाबले वैशाख, साउन, मङ्सिर र पुस महिना विशेष फलदायी रहने छन् ।
मीन
वर्षारम्भबाट नै मध्यसाढेसात शनिको दशा रहनाले मनले सोचेका योजनामा ढिलासुस्ती तथा गर्न आँटेका काममा अनावश्यक बाधाअड्चन देखा पर्ने छन् । शनि दशाको दोष निवारणका लागि वृक्षारोपण तथा गरिबलाई भोजन दान गराउँदा राम्रो होला । सामान्य अस्वस्थताको सम्भावना रहेको छ । लेनदेनसम्बन्धी आर्थिक कारोबार तथा ठूला लगानी नगर्दा नै राम्रो होला । कृषि तथा पशुपालन क्षेत्र सफल रहने छ । दाम्पत्य सम्बन्धमा सामान्य खट्पट पर्न जाला । पठनपाठनमा सामान्य बाधाअड्चन देखा पर्ने छन् । वर्षको उत्तरार्धमा रोकिएका काम क्रमशः बन्दै जाने छन् । आर्थिक हिसाबले जेठ, भदौ, पुस र माघ महिना विशेष फलदायी रहने छन् ।