झापा निर्वाचन क्षेत्र नम्बर २ मा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निवर्तमान सभामुख देवराज घिमिरे र निवर्तमान उपसभामुख इन्दिरा रानामगरबीच रोचक प्रतिस्पर्धा हुने देखिएको छ ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा हुने बताउनुभएको छ ।
अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसका नेता डा. शशांक कोइराला जितेको नवलपुर क्षेत्र नं १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजन गौतमलाई टिकट दिएको छ । आउँदो फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रास्वपाले गौतमलाई टिकट दिएको हो ।
आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यका लागि मङ्गलबार हुने मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा भएको छ ।
नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन केवल सत्ताको प्रतिस्पर्धा मात्र नभई देशको भविष्य निर्माणसँग जोडिएको विषय भएको बताउनुभएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले कैलाली क्षेत्र नम्बर ५ मा उम्मेदवारी दर्ताको कार्यतालिका सार्वजनिक गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सोमबार भएको खेलमा एनआरटीले सातदोबाटो युवा क्लबलाई ३–१ गोलले हरायो ।
नेपालगन्ज उपमहानगरपालिकाका नगर उपप्रमुख कमरुद्दिन राईले राजीनामा दिनुभएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा बाँके क्षेत्र २ बाट उम्मेदवार बन्नका लागि उहाँले राजीनामा दिनुभएको हो ।
प्रधानमन्त्री सुशीला कार्कीले सबै समुदायका मौलिक पर्व, भाषा, संस्कृति र पहिचानको संरक्षण तथा प्रवद्र्धनप्रति नेपाल सरकार सदैव प्रतिबद्ध रहेको विश्वास दिलाउनुभएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्वतले यही माघ २० गते भित्र इजाजत प्राप्त हातहतियार बुझाउन आग्रह गरेको छ ।
मेडिकल व्यवसायी दुर्गा प्रसाई सोमबार पोखराबाट पक्राउ पर्नुभएको छ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाभियान नेपालका अध्यक्षसमेत रहनुभएका प्रसाईंलाई कास्की प्रहरीले पक्राउ गरी राजधानी काठमाडौं पठाउने तयारी गरेको जनाएको छ ।
नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज रुकुम पूर्वमा आई पुग्नुभएको छ ।
बैंककस्थित नोनथाबुरी रङ्गशालाको फुटसल एरिनामा सोमबार भएको खेलमा नेपाल बङ्गलादेशसँग ३–० गोलले हरायो ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र भइरहेको छ । उक्त निर्वाचनमा मनाङमा सात हजार मतदाताले मतदान गर्ने भएका छन्।
म्याग्दीको मालिका गाउँपालिका–२ रुम र बागलुङको ताराखोला गाउँपालिका जोड्ने सडक स्तरोन्नति सुरु भएको छ ।