सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलसहित मन्त्रालयका कर्मचारी, राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिका सदस्यले शुक्रबार नेपाली फिल्म ‘परान’ हेर्नुभएको छ ।
समुद्रीमार्ग हुँदै तेस्रो मुलुकबाट आयात हुने समान वीरगन्जसम्म रेलवे वा ट्रक कन्टेनरमा ढुवानी गर्दा स्थलमार्गमा विशेष गरी झारखण्ड र विहार राज्यका प्रहरीले दुःख दिने गरेको गुनासो नेपाली आयातकर्ताले गरेका छन् । अत्यधिक भार र कन्टेनरको उचाइ बढी भएको भन्दै अनावश्यक दुःख दिँदै जरिबाना तिराउने गरेको नेपाली आयातकर्ताको गुनासो छ ।
डडेलधुरामा आलुलगायत अन्य खाद्यबालीको बिउ ठुलो मात्रामा उत्पादन गरी बेचबिखन हुँदै आए पनि हालसम्म गुणस्तरीय र प्रमाणीकरण गरिएको छैन । कानुनी रूपमा बिउको गुणस्तर, प्रमाणीकरण गरेर मात्रै बेच्नुपर्ने भए पनि त्यसो हुन सकेको छैन ।
अर्थमन्त्री रामेश्वर खनालले बजेट निर्माण र कार्यान्वयनमा प्रदेश र स्थानीय तह स्वतन्त्र र स्वयम् उत्तरदायी भएको बताउनुभएको छ । अर्थ मन्त्रालयमा शुक्रबार सम्पन्न अन्तरसरकारी वित्त परिषद्को एघारौँ बैठकमा उहाँले वित्तीय सङ्घीयतप्रति आफ्नो प्रतिबद्धतासमेत जनाउनुभयो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ; भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास गरी तीन मन्त्रालय समालिरहेका मन्त्री कुलमान घिसिङले सरकारको पहिलो प्राथमिकता चुनाव गराउनु रहे पनि अन्य कामसमेत तीव्र रूपमा भइरहेको बताउनुभएको छ । शुक्रबार एक कार्यक्रममा उहाँले प्रभावकारी सेवा प्रवाह, विपत्प्रभावित क्षेत्रको पुनस्र्थापना एवं छिटोभन्दा छिटो पुनर्निर्माण सम्पन्न गर्न बजेट विनियोजन गरी काम भइरहेको बताउनुभएको हो ।
औषधी व्यवस्था विभागले दुई औषधी कम्पनीद्वारा उत्पादन गरिएका औषधीको गुणस्तर नपुगेको भन्दै बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ । विभागका महानिर्देशक नारायण ढकालका अनुसार लोमस फर्मास्युटिकल्स प्रालि र क्युरेक्स फर्मास्युटिकल्स प्रालि बनेपाबाट उत्पादन गरिएका औषधी बजारबाट फिर्ता गर्न निर्देशन गरेको हो । लोमसको पारासिटामोल ट्याबलेट सेटोफेन (ब्याच नं. सिटी २७२३) बजारबाट फिर्ता (रिकल) गर्न निर्देशन दिएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा सदस्यका लागि हुने निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने गरी आवश्यक सम्पूर्ण सुरक्षा व्यवस्था चुस्त बनाउन नेपाली सेनालाई निर्देशन दिनुभएको छ ।
प्रेस सेन्टर नेपाल कालीकोटका अध्यक्ष तथा रेडियो तिला आवाजका स्टेसन म्यानेजर पत्रकार वीरेन्द्र आचार्यको दुर्घटनामा मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिकाको २, कार्यालय अगाडि आचार्य सवार स्कुटीलाई मोटरसाईकलले ठक्कर दिएको थियो ।
धनकुटाको छथरजोरपाटी गाउँपालिका ६, स्थित नामजाङमा रुख काट्ने क्रममा एक जनाको मृत्यु भएको छ । शुक्रबार साझ करिब ५ बजे रुख काट्दा रुखले लागेर एक जनाको मृत्यु भएको हो ।
मिड भ्याली माध्यमिक विद्यालय कलेजद्वारा आयोजित अन्तर विद्यालय प्रतियोगात्मक ‘विज्ञान तथा सूचना प्रविधि प्रदर्शनी २०८२’ मा थिमीस्थित ग्लाड स्टोन एकेडेमीले प्रथम स्थान हासिल गर्न सफल भएको छ।
प्रधानमन्त्री सुशीला कार्कीले आगामी चुनावबाट असल प्रतिनिधि संसदमा पठाउनुपर्ने धारणा राख्नुभएको छ।
नेपाल वायुसेवा निगमले खाडी मुलुकमा जाने नेपाली श्रमिकका लागि विशेष छुटसहित नयाँ भाडादर लागू गरेको छ।
सरकार र आन्दोलनकारीबीच हुन लागेको सम्झौताको मस्यौदालाई अन्तिम रूप दिने विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावतले जानकारी दिनुभयो।
नेपाल वादोरियो कराते डो संघ अन्तर्गत गोकर्णेश्वर–८ स्थित सरस्वती डोजोले उत्कृष्ट खेलाडीलाई सम्मान गरेको छ।
नेपाल प्रिमियर लिग (एनपिएल)मा कर्णाली याक्सविरुद्ध विराटनगर किंग्सले सनसनीपूर्ण जित निकालेको छ । बसिर अहमेदको अर्धशतकमा विराटनगरले कर्णालीविरुद्ध सनसनीपूर्ण जित निकालेको हो ।