महोत्तरीमा सवारी दुर्घटना मोटरसाइकल चालकको मृत्यु भएको छ ।
बिल विजक भन्दा बढी सामान ढुवानी गरी कम मूल्याङ्कन गरेको आशङ्कामा प्रहरीले एउटा भारतीय ट्रकलाई नियन्त्रणमा लिएको छ । मोरङ प्रहरीले राजस्व छलेको आशङ्कामा भारतबाट सामान ढुवानी गरी त्याउँदै गरेको ट्रकलाई केही दिनअघि नियन्त्रणमा लिएको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मुगाल भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित तामाङ भाषा
सुनसरीको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार दीपककुमार साह फराकिलो मतान्तरसहित निर्वाचित हुनुभएको छ । उहाँ ४२ हजार ७७१ मत प्राप्त गर्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो ।
प्रतिनिधि सभा सदस्यमा पर्सा क्षेत्र नं. १ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका पर्सा जिल्ला सभापति बुद्धिप्रसाद पन्त अहिले चर्चामा हुनुहुन्छ । मधेश आन्दोलनबाट उदाएका यस क्षेत्रका चर्चित नेता प्रदीप यादवलाई फराकिलो मतान्तरले प्रतिनिधि सभाको निर्वाचनमा पराजित गर्दै उहाँ निर्वाचित हुनुभएको हो ।
पोल्ट्री र होटेल व्यवसाय गर्दै आएका प्रकाश गौतम अब नागरिकको आवाज उठाउने, नीति नियम र ऐन कानुन बनाउने थलो संसद्मा पुग्नुभएको छ । प्रतिनिधि सभा सदस्यका लागि भएको निर्वाचनमा मकवानपुरको निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित भएसँगै उहाँको यात्रा अब राष्ट्रिय राजनीतितर्फ मोडिएको छ । २०४५ कात्तिक ४ गते काभ्रेपलाञ्चोकमा जन्मिएका गौतम हाल हेटौँडा उपमहानगरपालिका–१७, चुच्चेखोला बसोबास गर्दै आउनुभएको छ ।
पश्चिम नेपालको प्रमुख पर्यटकीय गन्तव्य मानिने बर्दिया राष्ट्रिय निकुञ्जभित्र वन्यजन्तुलाई वर्षभरि पानीको अभाव हुन नदिन प्राकृतिक र कृत्रिम गरी १९० वटा पोखरी निर्माण गरिएको छ । गर्मी मौसम सुरु भएसँगै निकुञ्ज प्रशासनले ती पोखरीको मर्मत तथा सञ्चालनको तयारी थालेको जनाएको छ ।
बुद्ध जन्मस्थल लुम्बिनीमा पाँच सय जनालाई श्रामणेर (अल्पकालीन भिक्षु) का रूपमा प्रवज्या दिइएको छ । मायादेवी मन्दिरपरिसरमा सोमबार आयोजित कार्यक्रममा बौद्ध धर्मगुरुहरूले पहेँलो चीवर प्रदान गर्दै उनीहरूलाई श्रामणेर प्रवज्यामा सहभागी गराएका हुन् । अखिल नेपाल भिक्षु महासङ्घ, थाई भिक्षु महासङ्घको आयोजना तथा लुम्बिनी विकास कोषसहित विभिन्न संस्थाको सहआयोजनामा भएको प्रवज्या का
बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका छ जना स्थानीय विगत ११ दिनदेखि बेपत्ता भएका छन् । गत फागुन २३ गते निकुञ्जको घना जङ्गलतर्फ लागेका उनीहरू सोमबारसम्म पनि घर नफर्किएपछि घटना सार्वजनिक भएको हो ।
कालीगण्डकी नदी दोहन रोक्न सरोकारवाला निकायले अनुगमन गरेका छन् । विशेष गरी बागलुङ नगरपालिका–१३ को कालाखोलाआसपास र मालढुङ्गा क्षेत्रमा भएको दोहनको सरोकारवालाले संयुक्त अनुगमन गरेका हुन् । अनुगमनका व्रmममा कालाखोला क्षेत्रमा सबैभन्दा बढी नदी दोहन भएको भेटिएको जिल्ला समन्वय समितिका प्रमुख अमरबहादुर थापाले बताउनुभयो । थापाले भन्नुभयो, “नदीमै आएर हेर्दा त डरलाग्दा खाडल बनाएर नदी दोहन गरिएको भेट्यौँ । अनुसन्धानपछि मापदण्डविपरीत कालीगण्डकी दोहन गर्नेलाई कारबाहीको दायरामा ल्याउँछौँ ।”
फागुन २१ गतेको प्रतिनिधि सभा सदस्य निर्वाचनले लामो समयदेखिको राजनीतिक प्रभाव उल्टाइदिएको छ । अघिल्लो निर्वाचनमा पराजित भएका धर्मराज केसीले यस पटक राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार बनेर नतिजा मात्र उल्ट्याउनुभएको छ ।
गुल्मी क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित इन्जिनियर सागर ढकालले राज्यको नीति निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य पदका निर्वाचनमा डोटीबाट नेपाली कांग्रेसका उम्मेदवार भरतबहादुर खड्का निर्वाचित हुनुभएको छ । विसं. २०३२ मा नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक यात्रा सुरु गर्नुभएका खड्का नेपाल विद्यार्थी सङ्घ डोटी क्याम्पस एकाइ समितिको उपसभापति हुनुभयो । पहिलो पटक २०३९ सालमा २३ वर्षको उमेरमा तत्कालीन खिरसैन गाउँपञ्चायतको प्रधानपञ्चबाट जनप्रतिनिधिको रूपमा आफूलाई उभ्याउनुभयो ।
शिवालय गाउँपालिका–९, नहाडामा जन्मिएका खड्गबहादुर बुढा पहिलो पटक संसदीय यात्रा सुरु गर्दै हुनुहुन्छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य पदमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार भई निर्वाचित भएपछि उहाँ पहिलो पटक संसदीय यात्रामा प्रवेश गर्नुभएको हो । नेपाल विद्यार्थी सङ्घबाट राजनीतिमा प्रवेश गरेका बुढाले १३ औँ महाधिवेशनमा नेपाली कां