विश्वप्रसिद्ध अस्कर अवार्डमा राजनीतिक तनाव, सामाजिक द्वन्द्व र व्यक्तिगत सङ्घर्षको कथा समेटिएको चलचित्र ‘वन ब्याटल आफ्टर एनदर’ सर्वश्रेष्ठ फिल्म घोषित भएको छ ।
खाना पकाउने ग्यासको अभाव हुन सक्ने त्रासका कारण उद्योगले पर्याप्त ग्यास पठाए पनि बजारमा अभाव देखिएको छ । सहज रूपमा ग्यास नपाएका कारण खाली सिलिन्डर बोकेर पसल पसल डुल्नेहरू अझै सडकमा देखिने गरेका छन् ।
विद्युत् नियमन आयोगको इजलासले डेटिकेटेड तथा ट्रङ्क लाइन महसुल विवादमा रहेका पञ्चकन्या स्टिल्स र पञ्चकन्या प्लास्टिक इन्डस्ट्रिजले नेपाल विद्युत् प्राधिकरणलाई बक्यौता रकम तिर्नुपर्ने गरी फैसला गरेको छ ।
विद्यालयमा अध्ययनरत विद्यार्थी र अभिभावकहरूले शैक्षिक समस्याहरूको चाङ प्रस्तुत गरेका छन्। शैक्षिक सुधारका लागि गाउँपालिका स्तरमा सञ्चालन गरिएको शैक्षिक अन्तरक्रिया कार्यक्रममा विद्यार्थीहरूले आफ्ना समस्या राखेका हुन्।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको आपूर्तिमा असहज भएकाले मूल्यवृद्धि गरेकाले व्यवसायीले भाडा समायोजन गर्न माग गरेका छन् । त्यस्तै निर्माण व्यवसायी महासङ्घले भने इन्धनको मूल्य महँगो हुँदा लागत बढ्ने भएकाले निर्माण बिदा गर्न माग गरेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव टेकनाथ गौतमले सोमबार विज्ञप्ति जारी गरेर पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिएकाले भाडा समायोजन गरेर जान आग्रह गर्नुभएको हो ।
नेपालमा उपभोक्ताको हक अधिकार र हितको संरक्षण गर्ने उद्देश्यसहित स्थापना गरिएको भए पनि यसको गठनसम्बन्धी सर्वोच्च अदालतको फैसला अनुसार कार्यान्वयन हुन नसकेको गुनासो छ । उपभोक्ता संरक्षण ऐन, २०७५ कार्यान्वयनमा आएको छ वर्षपछि स्थापना गरिएको अदालतमा जनशक्ति र संरचनागत अभावले काम गर्न समस्या छ ।
अर्थमन्त्री रामेश्वरप्रसाद खनालले आर्थिक स्थायित्व कायम गर्न नियामक निकायले खेलेको भूमिकाका लागि धन्यवाद व्यक्त गर्नुभएको छ । अर्थमन्त्रीको जिम्मेवारीबाट बिदाइ हुनै लागेका खनालले विभिन्न नियामकीय निकायका प्रमुखसँग सोमबार मन्त्रालयमा भेट गर्दै यस्तो उल्लेख गर्नुभएको हो ।
नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपियाँ ५८ पैसा र बिक्रीदर १४८ रुपियाँ १८ पैसा तोकिएको छ ।
हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहनुका साथै हाल गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित कोशी र बागमती प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको र बाँकी भूभागमा आंशिक बादल लागेको छ ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनको भ्रमण गर्नुहुने भएको छ । पश्चिम एसियामा युद्ध जारी रहेका बेला राष्ट्रपति ट्रम्पको चीन भ्रमणबाट नयाँ निकास निकाल्ने सम्भावना रहेको अमेरिकी समाचार संस्था एपीले जनाएको छ । भ्रमण क्रममा राष्ट्रपति ट्रम्प र चीनका राष्ट्रपति सी चिनफिङबिच हुने शिखर वार्तालाई निकै महत्वसाथ हेरिएको छ ।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले जेनजी आन्दोलनपछि चुनावको समयमा चीन सरकारले गरेको सहयोगको सराहना गर्नुभएको छ । उहाँले आन्दोलनपछि उत्पन्न कठिन परिस्थिति र चुनावको समयमा चीन सरकारले गरेको सहयोगको सराहना गर्नुभयो ।
गत माघका लागि तोकिएको नेपाल चिकित्सक सङ्घको निर्वाचन मिति हालसम्म तोकिएको छैन । माघमा हुनुपर्ने निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारले मुद्दा हालेपछि निर्वाचन आयोगले तत्काल निर्वाचन नगराउन निर्देशन दिएपछि रोकिएको थियो ।
काठमाडौँ महानगरपालिकाले बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोरको भार कम गर्न तथा फोहोरबाट आम्दानीसमेत गर्ने उद्देश्यसहित ‘रिसाइकल’ हुने सुक्खा फोहोरको छुट्टै व्यवस्थापन सुरु गरेको छ । सो कार्यका लागि महानगरपालिकाले ठेक्कासमेत लगाइसकेको छ ।
बालबालिकाको क्यान्सर उपचारलाई थप प्रभावकारी बनाउनका लागि भक्तपुर क्यान्सर अस्पताल र कान्ति बाल अस्पतालबिच सहकार्य हुने भएको छ । बालबालिकाको क्यान्सर उपचारलाई व्यवस्थित बनाउने उद्देश्यले दुई अस्पतालका कार्यकारी निर्देशकबिच सम्झौता भएको छ । सहकार्यले सरकारी स्वास्थ्य प्रणालीभित्रै क्यान्सरपीडित बालबालिकाका लागि एकीकृत उपचार सेवा सुनिश्चित गरिने छ ।
स्वास्थ्य बिमामा हुने दुरुपयोग रोक्न स्वास्थ्य बिमा बोर्डले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसँग समझदारी गरेको छ । बोर्डले स्वास्थ्य बिमा कार्यक्रमलाई डिजिटल प्रणालीसँग जोड्ने र विस्तार गर्ने योजना अनुसार राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसँग समझदारी गरेको हो । बोर्डका कार्यकारी निर्देशक डा. कृष्णप्रसाद पौडेलले अब स्वास्थ्य बिमा बोर्डमा हुने दुरुपयोग रोकिने जानकारी दिनुभयो ।