म्याग्दीको दुर्गम बस्ती मल्कवाङमा सञ्चालन गरिएको आँखा शिविरमा परीक्षण गराएकामध्ये १२ प्रतिशतभन्दा धेरैमा मोतीविन्दुको समस्या देखिएको छ ।
यस वर्षको यार्सागुम्बा सङ्कलन सुरु भएको छ । वैशाख दोस्रो हप्तापछि सुरु हुने यार्साको समय असार अन्त्यसम्मै रहने गरेको छ ।
चारैतिर ठुला ठुला ढुङ्गा, कतै ओडार त कतै गुफा देखिन्छन् । ढुङ्गाको बिचबाटै सुरुङमार्ग खनिएको छ । काला रङका ढुङ्गाले ढपक्कै ढाकिएको छ खानीगाउँ । ढुङ्गाका यी ओडार धेरै पहिला गाउँलेको शौच गर्ने थलो थियो ।
स्वास्थ्य कार्यालय ओखलढुङ्गा रुम्जाटारका कार्यालय प्रमुख अहमद मन्सुरीको निजी मेडिकलमा नेपाल सरकार मार्फत निःशुल्क वितरण हुने औषधी विक्री गरिएको तथ्य फेला परेको छ ।
शिक्षकको आन्दोलनले विद्यालय सुनसान छ । सो आन्दोलनले विद्यार्थी पनि मर्कामा परेका छन् । गत चैत २० देखि वैशाख दोस्रो हप्तासम्म सुनसान विद्यालयले विद्यार्थी पर्खेका छन् ।
पूर्वपश्चिम राजमार्ग विस्तारका क्रममा सडकको चौडाइ १६५ फिट कायम गरिने भएपछि मोरङको पथरीशनिश्चरे–१०, जिरीखिम्तीका सात परिवारको घरबास उठ्ने भएको छ । विसं २०५८ मा तत्कालीन सुकुमवासी समस्या समाधान आयोगले १० वर्षसम्म बेचबिखन गर्न नपाइने गरी वितरण गरेको धनीपुर्जा प्राप्त गरेका सात परिवारको घरबास हुँदै सडक विस्तार हुने भएपछि उनीहरूको उठिबास हुन लागेको हो ।
सुर्खेत–जुम्ला जोड्ने कर्णाली राजमार्ग सधैँ जीर्ण छ । सरकारको लगानी अनुसारको सुधार नहुँदा राजमार्ग जीर्ण भएको हो । मर्मत गरेको एक महिनामै सडक भत्किने, राखिएको ओटासिल उप्किने भएकाले लगानी अनुसारको सुधार नदेखिने गरेको हो ।
जिल्ला अस्पताल हुम्लामा ब्लड बैङ्क नहुँदा सुत्केरीको ज्यान जोखिममा पर्ने गरेको छ । सुत्केरी व्यथा लागेर अस्पतालमा भर्ना गरे पनि स्वास्थ्य संस्थामा ब्लड बैङ्क नभएकै कारण सुत्केरी महिलाको ज्यान जोखिममा पर्ने गरेको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित उराँव भाषा
राउटे समुदायका मुखिया सूर्यनारायण शाहीको मृत्यु भएको छ । शाहीको सोमबार राति ९:३० बजेतिर मृत्यु भएको हो । अत्यधिक मदिरा सेवनका कारण उहाँको मृत्यु भएको हो । राउटे समुदायमा तीन जना मुखिया हुन्छन् ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको १० सदस्यीय टोली मङ्गलबार भारत प्रस्थान गरेको छ ।
खानेपानी योजनाका लागि कागजमा बर्सेनि करोडौँ रकम आए पनि निर्माणको काम नहुँदा एक वडाका करिब ४७० घरपरिवार काकाकुल बनेका छन् ।
लुलाङ–गुर्जा सडक योजनाअन्तर्गत धवलागिरि गाउँपालिका–१ गुर्जा जोड्ने सडकको १६ किलोमिटर ट्रयाक निर्माण भएको छ । थप पाँच किलोमिटर ट्रयाक निर्माण गरेमा गुर्जा सडक सञ्जालमा जोडिने छ ।
धनगढीबाट बैतडीको पुर्चौडी गइरहेको सूपप्र ०२००१ ज ०५६७ नम्बरको जिप डोटीको जोरायल गाउँपालिका–२ मेलखोला स्थित भीमदत्त राजमार्गमा गए राति दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ६ जना घाइते भएका छन् ।
आज अन्तरराष्ट्रिय ज्याज दिवस हो । विभिन्न वाद्ययन्त्रहरूको सुमधुर धुनयुक्त ज्याज सङ्गीत २०औँ शताब्दीको सुरुदेखि प्रचलनमा आएको हो । पश्चिमा मुलुकमा युवापुस्तामाझ यो सङ्गीत लोकप्रिय छ ।