इरानबाट प्रहार गरिएका मिसाइल र ड्रोन आक्रमणका कारण फेब्रुअरी २८ यता संयुक्त अरब इमिरेट्स (यूएई) मा कम्तीमा ७ जनाको मृत्यु भएको यूएई रक्षा मन्त्रालयले सोमबार जनाएको छ।
स्वामीकार्तिक खापर गाउँपालिका– २ मा स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु भएको छ ।
मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र असिनासहितको वर्षा भएको छ।
उदयपुरको कटरी नगरपालिका वडा ५ मा सोमबार साँझ आएको हुावाहुरीले ढालेको रुखले पसलसहितको एउटा घर किच्दा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले श्रीराम ग्यास उद्योगको ललितपुर हरिसिद्धिस्थित गोदाममा भण्डारण गरिराखेको अवस्थामा छ हजार ३७७ वटा ग्यास सिलिन्डर फेलापारेको छ ।
राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बिमा सेवा उपलब्ध हुने भएको छ ।
यस वर्षको माध्यामिक शिक्षा (एसईई) परिक्षामा जाजरकोटका ७७ वटा माध्यामिक विद्यालयबाट ४ हजार ८१३ जना विद्यार्थी परिक्षामा सहभागी हुने भएका छन् ।
पृथ्वी राजमार्गमा पछिल्लो समय सवारी अनुशासन कायम गराउन र सडक दुर्घटना न्यूनीकरण गर्न प्रहरीले विशेष सक्रियता देखाएको छ ।
‘हाम्रो एकता, समृद्धिको आधार’ भन्ने मूल नारासहित आयोजित गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को १२औँ विश्व सम्मेलन तथा बृहत् अन्तर्राष्ट्रिय एकता महाधिवेशन सम्पन्न भएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित गर्ने र गैरआवासीय नेपालीहरूको पुँजीलाई सुरक्षित र पारदर्शी रूपमा परिचालन गर्ने नीति सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ ।
कोशी प्रदेश सरकारको आज सम्पन्न मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ ।
आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट नगरपालिका–१२ पिप्लेकी माया कठायतको शव फेलापरेको छ ।
स्वस्थ जीवनशैली र साइकल पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले ५० जना युवाले झापाको १२ स्थानीय तहमा तीन दिवसीय साइकलयात्रा आज पूरा गरेका छन् ।
सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधसम्बन्धी मुद्दा फिर्ता गर्ने निर्णयविरुद्धको रिट निवेदन आज हेर्न नभ्याएपछि ‘हेर्दाहेर्दै’मा मङ्गलबार सुनुवाइ गर्ने भएको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले जिल्ला प्रशासन कार्यालय काठमाडौंले नागरिक सेवाका लागि अबलम्बन गरेको नविनतम मोडेल उत्कृष्ट रहेको बताउनुभएको छ ।