नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज अपराह्न ४ः०० बजे त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा विराटनगर किङ्ग्स र चितवन राइनोजबीच प्रतिस्पर्धा हुँदैछ ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार यहाँ दुई हजार ६५२ मतदाता थपिएका छन् ।
म्याग्दीको मङ्गला गाउँपालिका–४, अर्भल्याङका स्थानीयले परम्परागत अन्नबालीको विकल्पमा व्यावसायिक रूपमा सुन्तलाखेती विस्तार गरेका छन् ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट रङ्गशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) हेर्न पुगेका दर्शकले सुविधा र प्रविधिमा दोस्रो संस्करणको व्यवस्थापन प्रभावकारी रहेको प्रतिक्रिया दिएका छन् ।
यहाँस्थित मागुवोहर्जो रङ्गशालामा आज नेपाली राष्ट्रिय महिला फुटबल टोली इन्डोनेसियासँग प्रतिस्पर्धा गर्दैछ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले मुलुकमा सुशासनको प्रत्याभूति गराउँदै जनतामा आशा जगाउन वर्तमान सरकार केन्द्रित भएको बताउनुभएको छ ।
गुल्मीमा १३ हजार बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइएको छ । राष्ट्रिय पोषण कार्यक्रमअन्तर्गत राष्ट्रव्यापि रुपमा वितरण भएको भिटामिन ‘ए’ र जुकाको औषधी यस जिल्लामा १३ हजार १३ जना बालबालिकालाई खुवाइएको हो ।
रौतहटको माधवनारायण नगरपालिका–४, बिशुनपुर्वा टोलका रुबिना यादव झुण्डिएको अवस्थामा मृत फेला पर्नुभएको छ ।
महाकाली नदीमा पौडी खेल्ने क्रममा एक युवक बेपत्ता भएका छन् । जिल्लाकोे भीमदत्त नगरपालिका–१२, ओदालीका २१ वर्षीय रोशन दमाई साथीसँग मङ्गलबार दिउँसो महाकाली नदीमा पौडीन गएका बेला बेपत्ता भएका थिए ।
बिजुली नपुगेका जिल्लाका पाँच स्थानीय तहका १९ वडाका सात हजार धरधुरीमा बिजुली बलेसँगै जिल्लामा विद्युत् उपभोग गर्न पाउने धरधपरिवारको सङ्ख्या २७ हजार ९१ पुगेको छ ।
बाजुरा र मुगुलाई जोड्ने झोगुला पक्की पुल निर्माणको काममा ढिलाइ भएको छ । बाजुरादेखि मुगु रारा हुँदै कर्णाली प्रदेशका सबै जिल्ला जोडिने गरी भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्रालय कर्णाली प्रदेश सरकारले कर्णाली नदिको झोगलामा पक्की पुल निर्माणका लागि झण्डै १४ करोड ४९ लाख रकम विनियोजन गरेको थियो ।
मधेश प्रदेश सरकारले स्नातक तह उत्तीर्ण गरी बेरोजगार रहेका युवाहरुलाई प्रतिमहिना दुई हजारको दरले जिवन निर्वाह बेरोजगारी भत्ता दिने तयारी गरेको छ ।
नवलपुरमा छोराको कुटाइबाट बुबाको मृत्यु भएको छ । गएराति हुप्सेकोट गाउँपालिका–१ जुगेपानीका ३० वर्षीय छोरा सन्त कुमारको कुटाइबाट ६० वर्षीय बुबा रामबहादुर विकको मृत्यु भएको नवलपुर प्रहरीले जनाएको छ ।
नेपाल उखु उत्पादक महासङ्घले विगत वर्षको बक्यौता अनुदान रकम तत्काल भुक्तानी गर्न र यस वर्षको उखुको समर्थन मूल्य निर्धारण गर्न माग गर्दै राष्ट्रिय राजमार्ग केन्द्रित आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छ ।
मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना अन्तर्गत पश्चिम नवलपरासीको सुनवलदेखि नेपाल–भारत सिमानासम्मको विद्युत प्रसारण लाइन निर्माणको शुभारम्भ आज हुँदैछ ।