जिल्लाको काठेखोला गाउँपालिकास्थित एक गोठमा आगलागी हुँदा पशुचौपायामा क्षति पुगेको छ । बुधबार दिउँसो काठेखोला गाउँपालिका–४ तंग्रामको फाँपरखेत बस्ने ६२ वर्षिय थमबहादुर पुनको गोठमा आगलागी हुँदा पशुचौपायमा क्षति पुगेको हो ।
कैलालीको लम्कीचुहा नगरपालिका–४ मा बन्ने सिटी हल, सङ्ग्रहालय लगायत अन्य संरचनाको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले शिलान्यास गर्नुभएको छ।
नवलपुरको कावासोती नगरपालिका-१३, मा रहेको नमूना मध्यवर्ती सामुदायिक वनमा सौर्य ऊर्जाबाट वन्यजन्तुका लागि पानीको व्यवस्थापन गरिएको छ ।
अमेरिकी खुद्रा बिक्री सेप्टेम्बरमा अनुमान गरिएकोभन्दा ढिलो गतिमा बढेको सरकारी तथ्याङ्कले मङ्गलबार देखाएको छ । उच्च मूल्यले खर्च गर्नसक्ने सामथ्र्यको चिन्ता थपेको छ भने फर्म व्यापार लागतमा वृद्धिसँग जुधिरहेका छन् ।
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा अहिले विराटनगर किङ्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । यस्तै टस हारेको चितवनले ब्याटिङको निम्तो पाएको छ ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमा जारी युद्ध अन्त्य गर्न लक्षित शान्ति सम्झौतालाई अन्तिम चरणमा पुर्याउने उद्देश्यसहित आगामी हप्ता आफ्ना विशेष दूत स्टिभ विटकफलाई रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ताका लागि मस्को पठाइने जानकारी दिनुभएको छ ।
जिल्लाका १३ जना उद्यमी सम्मानित भएका छन् । ११ औं राष्ट्रिय उद्योग दिवसको अवसरमा उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय मुगुले जिल्लाका उद्यमीलाई सम्मान गरेको हो ।
अचानक र नाटकीयरूपमा अन्तर्राष्ट्रिय कोष कटौतीले एचआइभी र एड्स विरुद्धको विश्वव्यापी प्रयासमा विनाशकारी परिणाम निम्त्याएको संयुक्त राष्ट्रसङ्घले जानकारी गराएको छ ।
कार्यक्रमको महिला तथा पुरुष दुवैतर्फका उत्कृष्ट उद्यमी सम्मानित हुनुभएकाे छ । महिला तर्फबाट केराबारी दालमोट भुजियाकी सञ्चालिका भीमकुमारी राई सम्मानित हुनुभएकाे छ भने पुरुषतर्फ ओजस्वी एग्रिकल्चर फार्म प्राइभेट लिमिटेडका सञ्चालक ओमकार थापा सम्मानित हुनुभएकाे हाे ।
प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नेपाल प्रहरीले सर्वसाधारण नागरिकको सुरक्षामा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाउनु भएको छ ।
पश्चिम नवलपरासीको सुनवलमा बुधबारदेखि 'कृषि उद्योग व्यापार, कला र संस्कृति समग्र सुनवलको समृद्धि' भन्ने मूल नाराका साथ पाँचौँ सुनवल महोत्सव सुरु भएको छ।
तनहुँको ऐतिहासिक र सांस्कृतिक पहाडी बस्ती बन्दीपुर आजदेखि छैटौं बन्दीपुर महोत्सव सुरु भएको छ ।
आठ करोड २४ लाख ३४ हजार रुपियाँको लागतमा बलेवा विमानस्थल कालोपत्र गरिएको छ । झण्डै ७ सय मिटर लम्बाइको धावनमार्ग कालोपत्रसहित एक हजार एकसय मिटर लामो मैदान ग्राभेल गरिएको छ ।
बाँकेको ग्रामीण क्षेत्रमा कार्यक्षेत्र रहेको इलाका प्रहरी कार्यालय धनौली खजुराले सेवा प्रवाहमा प्रविधिको उच्चतम प्रयोग गर्न थालेको छ ।
मिलिनियम च्यालेन्ज कर्पोरेसन एमसिसी परियोजना अन्तर्गत पश्चिम नवलपरासीको सुनवलमा विद्युत प्रसारण लाइन निर्माणको बुधबार अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र अमेरिकी राजदूत डिन आर थम्प्सनले संयुक्त रुपमा शुभारम्भ गर्नुभएको छ ।