जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले काठमाडौँको नागार्जुन नगरपालिका–८ भीमढुङ्गाबाट हुण्डीको रकमसहित यहाँको नागार्जुन नगरपालिका–८ भीमढुङ्गाका २८ वर्षीय सागर गिरी र सोही स्थानका २८ वर्षीय प्रमोदप्रसाद धिताललाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।
पोखराको फेवाताल पारिको रानीवनमा आज बिहान र पुनः दिउँसो लागेको आगो नियन्त्रणमा लिइएको छ । आज बिहान वनमा आगो लागेपछि सुरक्षाकर्मी र स्थानीयले नियन्त्रणमा लिए पनि पुनः ४ बजेपछि जंगलमा आगो फैलिएको थियो ।
खोलामा डुबिरहेको अवस्थामा खोटाङमा एक व्यक्ति मृत भेटिएका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुइपा प्रगती टोलका करिब ५० वर्षीय काला सार्की दिखुवा खोलामा मृत भेटिएका हुन् ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण विभिन्न स्थामा हावाहुरी, मेघगर्जनसहित चट्याङ परेको बताएको छ ।
काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले उपभोक्ता हित संरक्षणका लागि सरकारले स्थानीय तहलाई दिएको अधिकार पर्याप्त नभएको बताउनुभएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार करिब सात देशलाई हर्मुज स्ट्रेटमा आफ्नो जलमार्गको सुरक्षा गर्न युद्धपोत पठाउन आग्रह गर्नुभएको छ ।
हुम्लाका उच्च स्थानमा वर्षासँगै हिमपात भएको छ । आइतबार बेलुकी पानीसँगै उच्च स्थानमा हिमपात परेको हो ।
जिल्ला प्रहरी कार्यालय सल्यानले फागुन महिनामा जिल्लाका विभिन्न स्थानबाट बेवारिसे अवस्थामा रहेका १६ नाल भरुवा बन्दुक बरामद गरेको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ जिल्ला प्रशासन कार्यालयको सेवा प्रवाहको अवस्थाको निरीक्षण अवलोकन गर्नुभएको छ ।
स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबीच समझदारी भएको छ ।
मतान्तर अत्यन्तै सानो भए पनि चुनावी खर्चमा भने उल्लेख्य अन्तर देखिएको छ । निर्वाचनमा विजयी हुनुभएका पोखरेलले १० लाख ३४ हजार ७०० रुपियाँ खर्च भएको विवरण बुझाउनुभएको छ । यता नेपाली कांग्रेसका उम्मेदवार लुईंटेलले ३० लाख ९९ हजार १५० रुपियाँ खर्च भएको विवरण सार्वजनिक गर्नुभएको छ ।
जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पछिल्लो समयमा चिकित्सा शिक्षा अध्ययनको विद्यार्थीको आकर्षण केन्द्र बन्दै गएको छ ।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेट गर्नुभएको छ ।
देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै सवारीसाधनमा भाडा समायोजन गर्न माग गरेको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ ।