बैतडीमा चट्याङ लागेर चार पशु चौपाया मरेका छन् । जिल्लाको पाटन नगरपालिका–१०, बन्तडमा हावाहुरी र वर्षासँगै परेको चट्याङ लाग्दा चार पशुचौपाया मरेका हुन् ।
नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा पाँच वर्षपछि खुला नेपाल प्याराग्लाइडिङ च्याम्पियनसिप हुने भएको छ ।
कालीकोटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । जिल्लाको रास्कोट नगरपालिका–८, बाँखरकोटका अन्दाजी ५० वर्षे मन वरालको करेन्ट लागेर मृत्यु भएको हो ।
नेपालको पूर्वी तथा मध्यपहाडी क्षेत्रलाई सङ्घीय राजधानी काठमाडौँसँग जोड्ने छोटो दूरीका रूपमा रहेको उक्त राजमार्गको क्षतिग्रस्त सडकखण्डको तीन स्थानबाट थालिएको स्थायी पुनर्निर्माण कार्यलाई तीव्रता दिइएको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ ।
कर्णाली प्रदेशको मुख्य पर्यटकीय गन्तव्य मध्येको रारा ताल हिउँले ढपक्कै ढाकिएको छ । आइतबार रातिदेखि परेको हिउँले रारा क्षेत्रमा चाँदीले छोपिएजस्तो सेताम्मे भएको छ ।
सुनसरीको विभिन्न ठाउँबाट १४ ग्राम बढी ब्राउन सुगर बरामद भएको छ ।
ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले अनुदानमा कृषि प्रवर्धन कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
‘जेनजी’ प्रदर्शनका क्रममा उत्पन्न तनावग्रस्त परिस्थितिका कारण नवलपरासी कारागारबाट भागेका कैदीमध्ये १८० कैदी अझै फरार नै रहेका छन् ।
इरानले कच्चा तेल आपूर्तिका लागि अत्यन्त महत्त्वपूर्ण मानिने स्ट्रेट अफ होर्मुज प्रभावकारी रूपमा बन्द गरेपछि विश्व ऊर्जा बजारमा तीव्र दबाब देखिएको छ ।
रणनीतिक महत्वको बेनी–दरवाङ सडकको मङ्गला गाउँपालिका–२ रणवाङदेखि मालिकाको केन्द्र दरवाङ जोड्ने आठ किलोमिटर सडक स्तरोन्नति दुई वर्षमा सम्पन्न गर्ने लक्ष्यसहित छ वर्षअघि आयोजना सुरु भएको थियो ।
सुनसरीमा खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापनलाई सहज र प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालयले सरोकारवालाहरू र उद्योग व्यवसायीलाई आग्रह गरेको छ।
जिल्लाको पहिचान भएको ‘प्युठानी रातो मुला’ को बिउ उत्पादन सुरु भएको छ। केही वर्षअघि सम्म प्युठानलाई चिनाउने यस विशेष रातो मुलालाई संरक्षण गर्दै विस्तार गर्नका लागि वीऊ उत्पादन थालिएको हो।
घोराही बनाऔं अभियानले घोराही–४ भकारे (गोग्ली) स्थित नगर अस्पतालको भवन निर्माण कार्य छिटो सम्पन्न गरी अस्पतालको सेवा सूचारु गर्न माग गरेको छ ।
मुस्ताङमा यस वर्ष चौथो पटक हिमपात भएको छ। अत्याधिक हिमपातका कारण प्रभावित जनजीवनमा सुधार आएको उपल्लो मुस्ताङमा तापक्रम वृद्धिसँगै किसानहरू हिमपातबाट उत्साहित भएका छन्।
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा पर्वत जिल्लाबाट एक हजार ६८४ जना विद्यार्थी सहभागी हुने भएका छन्। परीक्षा चैत्र १९ गतेदेखि सुरु हुनेछ र जिल्लाभरका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरू सहभागी हुने तयारी भएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाई कार्यालय पर्वतले जनाएको छ।