महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा मङ्गलबार आयोजित कार्यक्रमबीच लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भ गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताउनुभएको हो ।
गत वर्ष प्रत्येक १० मिनेटमा विश्वका कुनै न कुनै स्थानमा एक महिलाको उनकै नजिकका व्यक्तिद्वारा हत्या भएको तथ्याङ्क सार्वजनिक गर्दै संयुक्त राष्ट्रसङ्घले नारीहत्या (फेमिसाइड) विरुद्धको लडाइँमा कुनै स्पष्ट प्रगति नदेखिएको कठोर टिप्पणी गरेको छ ।
त्रिदेशीय अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगितामा नेपालले बुधबार घरेलु टोली इन्डोनेसियासँग प्रतिस्पर्धा गर्दैछ ।
झुठा विवरण पेश गरी भ्रष्टाचार गरेको मुद्दामा फरार रहेका एक प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय सप्तरीले पक्राउ गरेको छ। फैसला कार्यान्वयनका लागि खटिएको प्रहरी टोलीले विशेष अदालत काठमाडौंबाट सजाय सुनाइएपछि फरार रहेका प्रतिवादी रामबाबु यादवलाई खोजतलास गर्दै फेला पारेको हो।
अर्जुनचौपारी गाउँपालिकाको दुई हजार २५९ जना विद्यार्थीले आँखा जाँच गराएका छन् । पालिकाले विद्यालयमै पुगेर चार दिनसम्म गरिएको निःशुल्क आँखा जाँच शिविरमा २१७ जनामा थप उपचार आवश्यक रहेको बताइएको छ ।
कास्कीमा १७ हजार ७८६ मतदाता थपिएका छन् । प्रदेश निर्वाचन कार्यालय, पोखराका अनुसार कार्यालयमै आएर ‘बायोमेट्रिक’ विधिबाट मतदाता नामावलीमा नाम दर्ता गराउने नौ हजार १२१ र राष्ट्रिय परिचयपत्रका आधारमा ‘अनलाइन’मार्फत नाम दर्ता गराउने आठ हजार ६५५ जना रहेका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि साउदी अरेबियाका राजदूत साद अबुहैमेदले शिष्टाचार बिदाइ भेट गर्नुभएको छ ।
काठमाडौँ, मङ्सिर ९ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दल दर्ताका लागि निवेदन दिएको छ । एमाले केन्द्रीय निर्वाचन विभागका प्रमुख निरज आचार्यसहितका नेताहरुले निर्वाचन आयोगमा पुगेर दल दर्ताका लागि निवेदन दिनुभएको हो । आगामी फागुन २१ गते हुने आमनिर्वाचनका लागि हालसम्म आयोगका दर्ता रहेका ६७ राजनीतिक दलले चुनावमा भाग लिन दल दर्ताका लागि निवेदन दिनुभएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।एमालेले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि यसअघि नै दल दर्ताका लागि निवेदन दिइसकेको छ । रासस
युक्रेनमा व्याप्त युद्ध सङ्कट समाधानका लागि तयार पारिएको युरोपेली शान्ति योजनाबारे रूस सचेत रहेको जनाउँदै यसका प्रावधान “असंवैधानिक” रहेको रूसी राष्ट्रपतिका सहयोगी युरी उसाकोभले बताउनुभएको छ ।
अफगानिस्तानका पूर्वी क्षेत्रलाई लक्षित गरी पाकिस्तानले गरेको हवाई आक्रमणमा कम्तीमा १० सर्वसाधारणको मृत्यु भएको तालिबान सरकारले जनाएको छ ।
संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)ले अफगान जनताको आर्थिक अवस्था तथा निर्वासित आप्रवासीबारे विस्तृत प्रतिवेदन सार्वजनिक गर्दै छिमेकी राष्ट्रबाट २३ लाख अफगान एकै पटक फर्किनुले अफगानिस्तानको पुनर्निर्माण प्रयासमा गम्भीर दबाब परेको बताएको छ ।
वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्ष २०८२/८३ को चार महिनामा दुई खर्ब ८४ अर्ब ८९ करोडको वस्तु तथा सामान आयात भएको छ । गत आर्थिक वर्षको चार महिनाको तुलनामा चालु आवको सोही अवधिमा आयात रु ४३ अर्ब ८६ करोडले वृद्धि भएको छ ।
बागलुङमा पनि विभिन्न कार्यक्रम गरी दिवस मनाउने योजना बनेको बागलुङ नगरपालिका महिला तथा बालबालिका शाखाकी प्रमुख रचना आचार्यले जानकारी दिनुभयो ।
मकवानपुरको भीमफेदी गाउँपालिका–५, ढुसिनीपुलमा एक बालिकाको भिरबाट उद्धार गरिएको छ । सोमबार राति करिब १४ वर्षीया रजना स्याङ्तान भिरमा फसेको अवस्थामा भेटिएपछि इलाका प्रहरी कार्यालय भीमफेदीको टोलीले उहाँको उद्धार गरेको हो ।
सशस्त्र प्रहरीले नेपाल-भारत सीमा नाकाबाट ठुलो परिमाणको लागु औषधसहित एक भारतीयलाई पक्राउ गरेको छ ।