वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्ष २०८२/८३ को चार महिनामा दुई खर्ब ८४ अर्ब ८९ करोडको वस्तु तथा सामान आयात भएको छ । गत आर्थिक वर्षको चार महिनाको तुलनामा चालु आवको सोही अवधिमा आयात रु ४३ अर्ब ८६ करोडले वृद्धि भएको छ ।
बागलुङमा पनि विभिन्न कार्यक्रम गरी दिवस मनाउने योजना बनेको बागलुङ नगरपालिका महिला तथा बालबालिका शाखाकी प्रमुख रचना आचार्यले जानकारी दिनुभयो ।
मकवानपुरको भीमफेदी गाउँपालिका–५, ढुसिनीपुलमा एक बालिकाको भिरबाट उद्धार गरिएको छ । सोमबार राति करिब १४ वर्षीया रजना स्याङ्तान भिरमा फसेको अवस्थामा भेटिएपछि इलाका प्रहरी कार्यालय भीमफेदीको टोलीले उहाँको उद्धार गरेको हो ।
सशस्त्र प्रहरीले नेपाल-भारत सीमा नाकाबाट ठुलो परिमाणको लागु औषधसहित एक भारतीयलाई पक्राउ गरेको छ ।
पश्चिम नवलपरासीमा छ हजार १४० जना मतदाता थपिएका छन् । निर्वाचन कार्यालयका अनुसार तीन हजार २३५ पुरुष र दुई हजार ९०४ जनाले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका हुन् ।
महोत्तरी जिल्लामा घटेका अलग–अलग हत्या घटनामा संलग्न भई फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरी कारबाहीको दायरामा ल्याएको छ ।
गण्डकी प्रदेश सरकारअन्तर्गत लमजुङका दुई वटा कार्यालयको एकीकृत सेवा सुरु भएको छ । प्रदेश सरकारले यसअघि दुई वटा कार्यालय एकीकृत गर्ने निर्णय गरेअनुसार जिल्लामा रहेका सामाजिक विकास कार्यालय र उद्योग तथा पर्यटन विकास कार्यालयको एकीकृत सेवा सुरु भएको हो ।
दुई हजार पाँच सय रोपनीभन्दा बढी भूमिमा सिँचाइ हुने गरी पञ्चायती कालमा निर्माण गरिएको २० लाख लिटर क्षमताको पोखरी फुटेर जीर्ण बनेको १५ वर्ष भयो ।
नेकपा (एमाले) को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि छनोट गर्न सो पार्टीको सङ्गठन विभागले पाँच बुँदे निर्देशन जारी गरेको छ ।
अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनको भाउ निरन्तर उकालो लागेको छ ।
खेल्ने क्रममा नाम्लाको पासो लाग्दा गुल्मीमा एक बालक घाइते भएका छन् । सोमबार साँझ यस जिल्लाको सत्यवती गाउँपालिका–५ हँसराका गोबिन्द माझकोटीको छोरा नौ वर्षीय माधव माझकोटी घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले आगजनीबाट ध्वस्त भएको कोशी प्रदेशसभा भवन परिसरको मङ्गलबार निरीक्षण गर्नुभएको छ । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते प्रदेशसभा भवनमा आगजनी गरिएको थियो ।
उत्तरी गोरखाको हिमाली क्षेत्र चुमनुब्री गाउँपालिका–१, सामागाउँबाट पशुमा पूर्ण खोप कार्यक्रम औपचारिक रूपमा सुरु भएको छ ।
प्राकृतिक सुन्दरता, शान्त वातावरण र हिमश्रृङ्खलाको सुन्दर दृश्य अवलोकन गर्न सकिने मङ्गगला गाउँपालिका–५, चाङ्गा खर्क पर्यटकीय सम्भावनाले भरिपूर्ण भए पनि प्रचारप्रसार र पूर्वाधारको अभावमा ओझेलमा परेको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले सुशासन र भ्रष्टाचार नियन्त्रणको माग राखी जेनजी युवाहरुबाट भदौ २३ र २४ गते भएको प्रदर्शन पश्चात् विषम परिस्थितिमा यो सरकार गठन भएकाले नै यो त्रासदिपूर्ण अवस्थालाई पार लगाउँदै सुरक्षाको अवस्थालाई सामान्य बनाउन सरकार सफल भएका बताउनुभएको छ ।