तनहुँको व्यास नगरपालिका–१४ स्थित प्रसिद्ध छाब्दीबाराही मन्दिर पछिल्लो समय जिल्लाको प्रमुख धार्मिक पर्यटकीय गन्तव्यका रूपमा स्थापित भएको छ ।
बागलुङ क्षेत्र नम्बर १ का नवनिर्वाचन प्रतिनिधि सभा सदस्य सुशील खड्काले उच्च शिक्षा अमेरिकामा लिनुभयो । अमेरिकाबाट १२ वर्ष पहिला नेपाल फर्केर उद्यममा लाग्नुभएको थियो ।
शिक्षक बन्ने सपना बोकेर शिक्षाशास्त्र सङ्कायमा अङ्ग्रेजी विषयमा स्नातक गर्नुभएका धनेन्द्रबहादुर कार्कीमा राजनीतिक चेतना युवावस्थामै थियो । गाउँकै विद्यालयबाट प्लस टु अध्ययन पूरा गरेर उच्च शिक्षाका लागि काठमाडौँ पुग्नुभएका कार्कीले त्यसपछि जी
पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका नेता नरेन्द्रकुमार गुप्ताले सुशासन र विकासलाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
बाजुरामा छाउप्रथा अझै कायम छ। यहाँका महिलाहरूले बस्दै आएका छाउगोठ भत्किएपनि स्थानीयहरूको सोचमा परिवर्तन नआएपछि यो प्रथा जारी रहेको छ।
गत वर्षको रोसी खोलाको बाढीबाट क्षतिग्रस्त भएको बिपी राजमार्गको पुनर्निर्माणको कामलाई तीव्रता दिइएको छ । सडक डिभिजन भक्तपुरले आगामी वर्षाको समयमा राजमार्गबाटै नियमित सवारी सञ्चालन गरिने जनाएको छ । बिपी राजमार्ग पुनर्निर्माण
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित दराई भाषा
बर्दियामा पछिल्लो समयमा अधिकांश किशोरीमा रक्तअल्पता देखिएको छ । किशोरीमा गरिएको रक्तपरीक्षणमा ८१.९ प्रतिशतमा रक्तअल्पता फेला परेको हो । स्वास्थ्य कार्यालय बर्दियाले आठ वटा नगरपालिकाका आठ वटा विद्यालयका दुई हजार ६७२ किशोरीमा गरेको रक्त परीक्षणमा रक्तअल्पता फेला परेको हो ।
नवलपुरको देवचुली नगरपालिका–१०, मिलन टोलका महिलाहरूले हातैले कातेको पूजा–बत्ति उत्पादन गरेर स्वदेश तथा विदेशसम्म निर्यात गर्दै आएका छन्। महिलाहरूको सामूहिक प्रयासले उत्पादन हुने बत्तिलाई अहिले राम्रो बजार मिलेको छ।
सुर्खेतकी इनिशा विकको घटनाको स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानिबनको माग गर्दै कर्णाली प्रदेशका संयुक्त राजनीतिक दलित सङ्घर्ष समितिले प्रधानमन्त्री सुशीला कार्कीलाई ज्ञापनपत्र बुझाएको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित मैथिली भाषा
दाङको दंगीशरण गाउँपालिका–३, चखौरास्थित थारू सांस्कृतिक संग्रहालय अवलोकन गर्न आउने आन्तरिक पर्यटकको सङ्ख्या दिनानुदिन बढ्दो छ।
एक मात्र निर्वाचन क्षेत्र रहेको मुगुबाट यस पटकको प्रतिनिधि सभा सदस्यमा निर्वाचित खड्कबहादुर शाही पहिलो पटक संसदीय यात्रामा हुनुहुन्छ । नेपाली कांग्रेसको विभिन्न पदमा रहेका बेला उहाँ सङ्घीय सांसद बन्ने अवसर पाउनुभएको छ ।
तनहुँको सदरमुकाम दमौलीसहित जिल्लाभरि खाना पकाउने एलपी ग्यासको अभाव देखिएपछि स्थानीय प्रशासन र पालिकाहरूले बजार अनुगमनलाई तीव्र बनाएका छन्।
कालीकोटको रास्कोट नगरपालिका–७, पोखरीकोटमा निलो जस्तापाताले छाएका एकतले घर ठडिएका छन् । एकै खालका झ्यालढोका, एउटै रङ र एउटै आकारका ७३ घर पोखरीकोटमा देखिन्छन् । टाढाबाट हेर्दा चिटिक्क देखिन्छन् । जसोतसो बास बस्न बनाइएका टहराको नाम नमुना राखेको भन्दै आलोचना हुने गरेको छ ।