गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको आगजनी र तोडफोडको अभियोगमा २६७ जना पक्राउ परेका छन् ।
बागमती प्रदेशको १३ जिल्लामा आगामी फागुन २१ गते हुने निर्वाचन प्रयोजनका लागि दुई लाख पाँच जार १६८ जना नयाँ मतदाता थपिएर ३६ लाख १८ हजार ३७ पुगेको छ ।
सप्तरी जिल्लामा मङ्सिर ५ गतेसम्ममा बाह्र हजार ६५८ जना नयाँ मतदाता थपिएको छ । जिल्ला निर्वाचन कार्यालय सप्तरीको तथ्याङ्क अनुसार १२ हजार ६५८ जना नयाँ मतदाता थपिएकोमा ६ हजार ६५८ पुरूष र ६ हजार महिला रहेका छन् ।
बागलुङको बलेवा विमानस्थलमा २०७५ सालयता कुनै पनि जहाज आउन सकेका छैनन् । जहाज नआउँदा सुनसान बनेको बागलुङको बलेवा विमानस्थलको हेरचाहको जिम्मा बलेवाका सविता शर्मा पौडेलले गर्दै आउनुभएको छ ।
एक वर्षमा सक्नेगरी निर्माण थालिएको नारायणस्थान स्वास्थ्य चौकी बागलुङको भवन तीन वर्ष बित्दा समेत सम्पन्न हुन सकेको छैन ।
सरकारले देशभरका भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको व्यवस्थापन गर्ने उद्देश्यले उनीहरूको पहिचान तथा लगत सङ्कलन सुरू गरेको छ ।
आन्तरिक राजस्व कार्यालय जुम्लाले चालु आर्थिक वर्षको चार महिनामा आठ करोड ६८ लाख राजस्व सङ्कलन गरेको छ ।
पौवादुङमा गाउँपालिका–१ श्यामशिलामा निर्माण गरिएका तीनवटा सिँचाइ पोखरी सञ्चालनमा आएपछि स्थानीयलाई सहजता भएको छ । खेतीयोग्य उर्वरभूमि हुँदाहुँदै सिँचाइ अभावमा जमिन बाँझो बन्दै गएको अवस्थामा पोखरी निर्माणले २१ घरपरिवारलाई एकसाथ सिँचाइ गर्न सहयोग पुगेको छ ।
नयाँ बनेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटबल सडक खण्डमा दिनहुँजसो सवारी दुर्घटना हुन थालेपछि प्रहरीले तीव्र गति जाँचलाई तीव्रता दिएको छ ।
पारिवारिक मेहनतले अघि बढेको धौलागिरी डेरीले पछिल्लो २३ वर्षदेखि म्याग्दी सदरमुकाममा एकछत्र राज गरेको छ । बेनी नगरपालिका–७ न्यूरोडमा रहेको धौलागिरी डेरी उद्योगको एकछत्र बजार हिस्सा आफ्नैमा रहेको छ ।
नेपालमा नवपुस्ता (जेनजी) ले गरेको आन्दोलनका क्रममा घुसपैठ हुँदा न्यायपालिकामाथि इतिहासमै नभएको ठुलो आक्रमण भयो । जेनजी आन्दोलनका नाममा अवाञ्छित तत्वबाट सर्वोच्च अदालतदेखि जिल्ला अदालतसम्म आक्रमणको निसानामा परे । न्यायपालिकाका पूर्वाधार ध्वस्त पारिएपछि दैनिक कामकारबाही नै प्रभावित भयो । मुद्दाका हजारौँ मिसिल जलेर ध्वस्त भए । जनता
जिल्ला अदालत बागलुङमा चालु आर्थिक वर्ष २०८२/०८३ को पहिलो चौमासिक (साउन–कात्तिक)मा एक सय ७४ मुद्दाको फैसला भएको छ । मुद्दा फैसलाको आँकडाले अदालतमा सुधारको सङ्केत गर्नुका साथै चालु आर्थिक वर्षको लक्ष्य सहज रुपमा प्राप्त गर्ने देखिन्छ ।
मुख्यसचिव एकनारायण अर्याल आजदेखि अनिवार्य अवकाशमा जाँदै हुनुहुन्छ । उहाँले मङ्गलबारदेखि अनिवार्य अवकाश पाएसँगै सरकारले सोमबार मात्रै सुमन अर्याललाई नयाँ मुख्यसचिवमा नियुक्त गरेको हो ।
भ्रष्टाचारविरुद्ध र सुशासनको पक्षमा भएको जेनजी आन्दोलनपछि अन्तरिम सरकार गठन भई फागुन २१ गतेका लागि प्रतिनिधि सभाको निर्वाचन घोषणा गरिएको छ । ठुला दलमध्ये नेपाली कांग्रेस, मधेशकेन्द्रित आठदलीय मोर्चा र अन्य राजनीतिक दलले निर्वाचनमा भाग लिने निर्णय गरिसकेको छ ।
दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिल) अन्तर्गत मङ्गलबार काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सबिच खेल हुनेछ । उक्त खेल त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा अपराह्न ४ बजे सुरु हुनेछ ।