गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलन युवाको क्षणिक आक्रोश नभई भ्रष्टाचार कुशासन आर्थिक अवसरको अभाव सामाजिक अन्याय र संस्थागत असफलताविरुद्धको सामूहिक र संरचनागत प्रतिक्रिया भएको एक अध्ययनले देखाएको छ ।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा हावाहुरीका कारण रुख ढलेर घर र विद्यालय संरचनामा क्षति गरेको छ । आइतबार बेलुका वर्षासँगै आएको हावाहुरीका कारण रुख ढलेर सिदिङ्वा गाउँपालिका–५ लिम्बुदिनमा क्षति गरेको हो ।
रोजगारी र पुँजी निर्माणमा महत्वपूर्ण मानिने विकास खर्च अत्यन्त कमजोर रहेको छ । चालु आर्थिक वर्ष २०८२/८३ को आठ महिना (साउन–फागुन) पूरा हुँदा मुलुकले विकास निर्माणका लागि केवल ७८ अर्ब ४८ करोड रुपियाँ खर्च गरेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।
पेट्रोलियम आयातलाई न्यूनीकरण गर्न र स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगलाई प्रोत्साहन गर्न सरकारले पेट्रोलमा इथानोल मिश्रण गर्ने योजना कार्यान्वयनमा ल्याएको छ ।
बझाङको बुङ्गल नगरपालिकामा सञ्चालित सानीगाड हाइड्रो लिमिटेडले यही चैत ८ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्कासन गर्न लागेको हो ।
भीरकोट नगरपालिकाको आँधीखोला किनारको बगर क्षेत्रमा तर्बुजा खेती लगाइएको छ । किसानलाई आय आर्जनमा जोड्ने उद्देश्यले पहिलो चरणमा नदी किनारको जमिन प्रयोग गरी तर्बुजा खेती परिक्षणको रुपमा थालिएको हो ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाले उपभोक्ता हितविपरीत कालोबजारी, सिन्डिकेट र कृत्रिम अभाव सिर्जना गर्नेमाथि सरकार निर्मम हुने बताउनुभएको छ ।
१२० वर्ष अघिको गोर्खापत्र
हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ । साथै हाल मुलकका पहाडी र हिमाली भागमा साधारणतया बादल लागेको छ भने अन्य बाँकी भागमा आंशिक बादल लाग्ने छ ।
नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपियाँ ६४ पैसा र बिक्रीदर १४८ रुपियाँ २४ पैसा तोकिएको छ ।
चैत महिना सुरु भएसँगै बैतडीलगायत सुदूरपश्चिमका पहाडी जिल्लामा परम्परागत ‘भिटौलो’ पर्व सुरु भएको छ । विशेष गरी बैतडी, दार्चुला, डडेलधुरा, बझाङलगायतका जिल्लामा चैत महिनाभर माइती पक्षका दाजुभाइले विवाहित छोरीबहिनीलाई उनीहरूको घरमै पुगेर भेट्ने चलन रहिआएको छ ।
जयराम घिमिरेको आवाजमा ‘मायाको पोको’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । घिमिरेकै शब्दमा तयार भएको उक्त गीतमा गायक घिमिरेलाई गङ्गा सोनाम र रेनुका खतिवडाले साथ दिनुभएको छ ।
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल स्याङ्जाले पन्चैबाजा कलाकार ७० वर्षीय हरिबहादुर दर्जीलाई सम्मान गरेको छ । प्रतिष्ठानले लोकसंस्कृति संरक्षण तथा प्रवर्धनमा योगदान पु¥याएको भन्दै २५ औँ राष्ट्रिय लोकदोहोरी दिवसका सन्दर्भमा पुतलीबजार नगरपालिका–१४, लामागे पन्चैबाजा समूहका संयोजक दर्जीलाई सम्मान गरेको हो । प्रतिष्ठानका केन्द्रीय सचिव घनश्याम रिजालले दर्जीलाई दोसल्ला ओढाएर सम्मान गर्नुभयो ।
उपन्यासको पाण्डुलिपि पूरा गर्न नभ्याउँदै एथेना लिउको आकस्मिक मृत्यु हुन्छ । लिउको मृत्युपछि उनकी साथी जुन हेवर्डले त्यो पाण्डुलिपि चोर्छिन् । उनले त्यो पाण्डुलिपिलाई परिमार्जन गरी आफ्नै नाममा छपाउँछिन् र रातारात प्रसिद्ध लेखिका बन्छिन् । लिउले जातीय पहिचान लुकाउन ‘जुनियर सोङ’ नामको सहारा लिन्छिन् ।
औषधीसम्बन्धी प्रश्न तथा जिज्ञासा मेट्न डिजिटल प्लेट फर्म ‘एपोन केयर्स’ सञ्चालन गरिएको छ । उक्त डिजिटल प्लेटफर्मको सहायतामा आमनागरिक तथा बिरामीले औषधीको समुचित प्रयोगबारेमा विस्तृत जानकारी प्राप्त गर्न सक्ने छन् ।