न्यून मजदुरीमा काम गर्नुपरेको बाध्यताले आफुहरुको परिवार पाल्न समस्या भएको हरवा–चारवाले गुनासो गरेका छन् ।
धनुषा जिल्लामा अवस्थित प्राचीन र धार्मिक महत्वको सहर हो । मिथिला संस्कृति र रामायणसँग गहिरो रूपमा जोडिएको छ । जनकपुरलाई मिथिलाको राजधानी मानिन्छ र यसलाई जानकी नगरी पनि भनिन्छ ।
गुल्मीमा छैठौं संस्करणको रुपमा फोर्टिन स्टार युवा क्लबको आयोजनामा आगामी पुस १ गतेदेखि जिल्लाका माध्यमिक विद्यालय स्तरीय छात्र फुटबल प्रतियोगिता हुने भएको छ ।
म्याग्दीका क्रियाशिल पत्रकार साधन घर्ती मिडिया सोसाइटी अवार्ड २०८२ बाट सम्मानित हुनुभएको छ । म्याग्दी मिडिया सोसाइटीले हरेक वर्ष प्रदान गर्ने मिडिया अवार्ड यस वर्ष गोरखापत्र दैनिकका दरबाङ समाचारदाता समेत रहनुभएका घर्तीलाई प्रदान गरिएको हो ।
पाल्पाको रामपुर नगरपालिका–३, स्थित पवित्र धार्मिक स्थल सीताकुण्डमा मङ्गलबार राम–सीता विवाह उत्सव हुँदै छ । नगरभित्र रहेका भगवान् राम र सीतासँग सम्बन्धित धार्मिक स्थलको महत्व उजार गर्न रामपुर नगरपालिकाले विवाह उत्सव मनाउन लागेको हो ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लैङ्गिक हिंसा अन्त्यलाई समृद्ध समाज निर्माणको आधारका रूपमा अघि बढाउन सबैलाई एकजुट हुन आग्रह गर्नुभएको छ ।
पाल्पाका पाँच जना साहित्यकार तथा लेखकलाई सम्मान गरिएको छ । पाल्पा साहित्य समाजको ३१ औँ वार्षिकोत्सवको अवसरमा साहित्यकार र लेखकलाई सम्मान गरिएको हो । समाजले साहित्यकार प्राडा प्रकाशरा
त्रेतायुगमा मार्ग शीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा मङ्गलबार देशभर राम सीताको पूजा आराधना गरी विवाह पञ्चमी पर्व मनाइँदैछ ।
बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा कुल बजेटको सात प्रतिशत हाराहारीमा खर्च गरेको छ । गत आवको पहिलो चार महिनाको अनुपातमा प्रदेश सरकार प्रतिशतका आधारमा बजेट खर्चमा चालु आवको चार महिनामा कमजोर देखिएको हो ।
आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हालसम्म कूल ६४ राजनीतिक दल दर्ता भएका छन् । निर्वाचन आयोगका अनुसार सोमबार आठ राजनीतिक दल दर्ता भएका हुन् ।
गोरखाको अजिरकोट गाउँपालिका–२, मूलखर्कमा गाला र फुजी जातका स्याउ फल्न थालेका छन् । दुई वर्षअघि अजिरकोट गाउँपालिकाले परीक्षणका लागि इच्छुक किसानलाई निःशुल्क रूपमा उपलब्ध गराएको स्याउका बिरुवा अहिले राम्रोसँग हुर्कंदै फल्न थालेपछि किसान उत्साही छन् ।
जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३०औँ सम्मेलन (कोप–३०)मा ब्राजिलको बेलेममा सम्पन्न भएको छ ।
नेपाल–भारत सीमाक्षेत्र हुँदै भारतीय माछाको अवैध आयात हुने क्रम बढेपछि बर्दियाका माछापालक कृषक मारमा परेका छन् । भारतीय बजारबाट अत्यन्तै सस्तो मूल्यमा माछा नेपाल छिरेपछि नेपाली किसानले उत्पादन गरेको माछा बजारसम्म नपुगेको गुनासो बढ्दै गएको छ ।
सुदूरपश्चिम प्रदेशमा औद्योगिक क्षेत्रमा कर्जा प्रवाह बढे पनि औद्योगिक उत्पादनमा ह्रास आएको छ । नेपाल राष्ट्र बैङ्कको आर्थिक वर्ष २०८१/८२ को आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन अनुसार २०८२ को असार मसान्तसम्म बैङ्क तथा वित्तीय संस्थाले यस प्रदेशमा औद्योगिक क्षेत्रमा गरेको कर्जा प्रवाह २६ अर्ब ७२ करोड पुगेको छ ।
नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपियाँ ४८ पैसा र बिक्रीदर १४३ रुपियाँ ०८ पैसा निर्धारण गरिएको छ ।