नवलपुरमा आइतबारदेखि जापानिज इन्सेफलाइटिस (जेई) रोगविरुद्धको खोप अभियान सुरु भएको छ । जिल्लाका सबै पालिकामा एकैसाथ खोप अभियान सुरु गरिएको हो।
सप्तरी प्रहरीले प्रतिबन्धित लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक महिलासमेत हुनुहुन्छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालले बलात्कारपछि हत्या भएकी सुर्खेतकी ईनिशा विकको घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याने बताउनुभएको छ ।
‘सुरक्षित उत्पादन, विश्वसत उपभोक्ता’ भन्ने नाराका साथ पोखरामा आज अन्तर्राष्ट्रिय उपभोक्ता अधिकार दिवस मनाइएको छ ।
बलात्कारपछि हत्या गरिएकी १६ वर्षीया ईनिशा विकको न्यायका लागि आइतबार हुम्लाका महिलाले जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई ज्ञापनपत्र पेस गरेका छन् ।
गुल्मीमा आर्थिक गणना कार्यालय स्थापना गरिएको छ।
सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रियसभा सदस्यको रिक्त पदमा मनोनयन गर्न सिफारिस गरेको छ ।
सल्यान जिल्ला अस्पताल सल्यानमा कार्यरत एक चिकित्सक अचेत अवस्थामा फेला परेपछि हेलिकप्टरमार्फत उद्दार गरिएको छ।
बलत्कारपछि हत्या गरिएकी भनिएकी सुर्खेतकी इनिशा वि.क.का दोषीलाई कडा कारबाहीको माग गर्दै डोटीमा विरोध र्यालीको आयोजना गरिएको छ ।
ढाकामा बङ्गलादेशका लोकप्रिय विद्यार्थी नेता सरिफ उस्मान हादीको हत्यासँग सम्बन्धित अर्का संदिग्धलाई भारतले पक्राउ गरेको छ ।
सुदूरपश्चिम विश्वविद्यालयको स्कुल अफ एग्रिकल्चरबाट सिक्दै कमाउँदै कार्यक्रममा इजरायल गएका विद्यार्थीहरुमाथि हमासले गरेको आक्रमणबाट नेपाली विद्यार्थीहरु मारिएका थिए ।
पुष्करिणी परोपकार गोकुलधाम नाम दिएर राष्ट्रिय परोपकार महासंघ नेपालले यहाँ महानगरभरीका छाडा गाई राखेर नमुना गौशाला बनाएको हो । सडकमा छाडिएका गाईगोरु यहाँ व्यवस्थापन भएपछि सडक दुर्घटना कम भएका छन् भने गौशालासँगै अर्गानिक तरकारी खेती, घाँसखेतीसहित पर्यटकीय गन्तव्यका रुपमा यो ठाउँ विकास हुँदै छ ।
सप्तरीमा भारतीय रकम साट्ने वैधानिक काउन्टर नहुँदा रकमको अवैध कारोबार बढेको छ । भारतीय रकमलाई नेपाली र नेपाली रकमलाई भारतीय रकम (भारु) साट्दा रकमको अवैध कारोबार बढेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
हात्तीको आक्रमणबाट गम्भीर घाइते हुनुभएका सप्तरीको कञ्चनरुप नगरपालिका १२ धरमपुरकी एक बृद्वाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६९ वर्षीय खड्गमति राई रहनुभएको छ ।