पुष्करिणी परोपकार गोकुलधाम नाम दिएर राष्ट्रिय परोपकार महासंघ नेपालले यहाँ महानगरभरीका छाडा गाई राखेर नमुना गौशाला बनाएको हो । सडकमा छाडिएका गाईगोरु यहाँ व्यवस्थापन भएपछि सडक दुर्घटना कम भएका छन् भने गौशालासँगै अर्गानिक तरकारी खेती, घाँसखेतीसहित पर्यटकीय गन्तव्यका रुपमा यो ठाउँ विकास हुँदै छ ।
सप्तरीमा भारतीय रकम साट्ने वैधानिक काउन्टर नहुँदा रकमको अवैध कारोबार बढेको छ । भारतीय रकमलाई नेपाली र नेपाली रकमलाई भारतीय रकम (भारु) साट्दा रकमको अवैध कारोबार बढेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
हात्तीको आक्रमणबाट गम्भीर घाइते हुनुभएका सप्तरीको कञ्चनरुप नगरपालिका १२ धरमपुरकी एक बृद्वाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६९ वर्षीय खड्गमति राई रहनुभएको छ ।
पाकिस्तानले आइतबार दक्षिणी अफगानिस्तानका केही सैन्य संरचना र आफूले ‘आतङ्कवादी लुकेका स्थान’ भनेका क्षेत्रमा हवाई आक्रमण गरेको जनाएको छ । दुई देशबिच बढ्दो तनावको बिचमा पाकिस्तानले उक्त कारबाही गरेको हो ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्य गर्ने सम्भावित युद्धविराम सम्झौताका सर्त अझै पर्याप्त नभएको बताउनुभएको छ ।
उदयपुरको बेलका नगरपालिका–२ मा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । खेत जोत्न जाँदै गरेको ट्याक्टर उकालो चढ्ने क्रममा अनियन्त्रित भई पल्टिँदा चालकको घटनास्थलमै मृत्यु भएको हो ।
गुल्मीको रुद्रवेणी-वामीटक्सार सडक आजदेखि एक महिनाका लागि बन्द हुने भएको छ।
समुद्री सतहदेखि दुई हजार नौ सय मिटर उचाइमा रहेको हिमाली जिल्ला मनाङ सदरमुकाम चामे बजार ।
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पितृशोकमा रहनुभएका पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीप्रति समवेदना व्यक्त गर्नुभएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक जारी छ ।
प्रधानमन्त्री सुशीला कार्कीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलगायत उहाँका परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ ।
आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्षको पहिलो आठ महिनामा रु दुई अर्ब ७० करोड ५८ लाख ९८ हजार राजस्व सङ्कलन गरेको छ । यो रकम सो अवधिका लागि तय गरिएको लक्ष्यको ८० दशमलव ४३ प्रतिशत हो ।
यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक चार दशमलव ४५ अङ्कले बढेर दुई हजार ८२४ दशमलव ९० विन्दुमा कायम भएको हो ।
धनुषाको मिथिला नगरपालिका–११, बाहुनमारास्थित बर्दिवास–सिन्धुली सडकखण्डमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।