राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि साउदी अरेबियाका राजदूत साद अबुहैमेदले शिष्टाचार बिदाइ भेट गर्नुभएको छ ।
काठमाडौँ, मङ्सिर ९ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दल दर्ताका लागि निवेदन दिएको छ । एमाले केन्द्रीय निर्वाचन विभागका प्रमुख निरज आचार्यसहितका नेताहरुले निर्वाचन आयोगमा पुगेर दल दर्ताका लागि निवेदन दिनुभएको हो । आगामी फागुन २१ गते हुने आमनिर्वाचनका लागि हालसम्म आयोगका दर्ता रहेका ६७ राजनीतिक दलले चुनावमा भाग लिन दल दर्ताका लागि निवेदन दिनुभएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।एमालेले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि यसअघि नै दल दर्ताका लागि निवेदन दिइसकेको छ । रासस
युक्रेनमा व्याप्त युद्ध सङ्कट समाधानका लागि तयार पारिएको युरोपेली शान्ति योजनाबारे रूस सचेत रहेको जनाउँदै यसका प्रावधान “असंवैधानिक” रहेको रूसी राष्ट्रपतिका सहयोगी युरी उसाकोभले बताउनुभएको छ ।
अफगानिस्तानका पूर्वी क्षेत्रलाई लक्षित गरी पाकिस्तानले गरेको हवाई आक्रमणमा कम्तीमा १० सर्वसाधारणको मृत्यु भएको तालिबान सरकारले जनाएको छ ।
संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)ले अफगान जनताको आर्थिक अवस्था तथा निर्वासित आप्रवासीबारे विस्तृत प्रतिवेदन सार्वजनिक गर्दै छिमेकी राष्ट्रबाट २३ लाख अफगान एकै पटक फर्किनुले अफगानिस्तानको पुनर्निर्माण प्रयासमा गम्भीर दबाब परेको बताएको छ ।
वीरगन्ज नाका हुँदै चालु आर्थिक वर्ष २०८२/८३ को चार महिनामा दुई खर्ब ८४ अर्ब ८९ करोडको वस्तु तथा सामान आयात भएको छ । गत आर्थिक वर्षको चार महिनाको तुलनामा चालु आवको सोही अवधिमा आयात रु ४३ अर्ब ८६ करोडले वृद्धि भएको छ ।
बागलुङमा पनि विभिन्न कार्यक्रम गरी दिवस मनाउने योजना बनेको बागलुङ नगरपालिका महिला तथा बालबालिका शाखाकी प्रमुख रचना आचार्यले जानकारी दिनुभयो ।
मकवानपुरको भीमफेदी गाउँपालिका–५, ढुसिनीपुलमा एक बालिकाको भिरबाट उद्धार गरिएको छ । सोमबार राति करिब १४ वर्षीया रजना स्याङ्तान भिरमा फसेको अवस्थामा भेटिएपछि इलाका प्रहरी कार्यालय भीमफेदीको टोलीले उहाँको उद्धार गरेको हो ।
सशस्त्र प्रहरीले नेपाल-भारत सीमा नाकाबाट ठुलो परिमाणको लागु औषधसहित एक भारतीयलाई पक्राउ गरेको छ ।
पश्चिम नवलपरासीमा छ हजार १४० जना मतदाता थपिएका छन् । निर्वाचन कार्यालयका अनुसार तीन हजार २३५ पुरुष र दुई हजार ९०४ जनाले मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएका हुन् ।
महोत्तरी जिल्लामा घटेका अलग–अलग हत्या घटनामा संलग्न भई फरार रहेका दुई जनालाई प्रहरीले पक्राउ गरी कारबाहीको दायरामा ल्याएको छ ।
गण्डकी प्रदेश सरकारअन्तर्गत लमजुङका दुई वटा कार्यालयको एकीकृत सेवा सुरु भएको छ । प्रदेश सरकारले यसअघि दुई वटा कार्यालय एकीकृत गर्ने निर्णय गरेअनुसार जिल्लामा रहेका सामाजिक विकास कार्यालय र उद्योग तथा पर्यटन विकास कार्यालयको एकीकृत सेवा सुरु भएको हो ।
दुई हजार पाँच सय रोपनीभन्दा बढी भूमिमा सिँचाइ हुने गरी पञ्चायती कालमा निर्माण गरिएको २० लाख लिटर क्षमताको पोखरी फुटेर जीर्ण बनेको १५ वर्ष भयो ।
नेकपा (एमाले) को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनको प्रतिनिधि छनोट गर्न सो पार्टीको सङ्गठन विभागले पाँच बुँदे निर्देशन जारी गरेको छ ।
अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनको भाउ निरन्तर उकालो लागेको छ ।