निर्माणधीन भेडेटार-राजारानी-रविराके सडक खण्डअन्तरगत साँगुरीगढी गाउँपालिका भेडेटार–६, स्थित थुम्की क्षेत्रको करिब ४८ घण्टादेखि सडक अवरुद्व भएको छ ।
पर्वत जिल्लाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य सागर भुसालले जनताको समस्या र आवाज संसद्मा बुलन्द रुपमा उठाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
विद्यार्थीकालदेखि राजनीतिक चेत र सपना बोकेर निरन्तर राजनीतिक यात्रामा लागेका ३५ वर्षीय युवा निस्कल राईको अबको यात्रा सङ्घीय संसद्तिर मोडिएको छ । प्रतिनिधि सभा निर्वाचन २०८
आइतबार मार्च १५ गते विश्व उपभोक्ता दिवस हिमाली जिल्ला हुम्लामा पनि मनाइएको छ ।
भूवैज्ञानिक र हिमनदीविज्ञका रूपमा परिचित डा. धनञ्जय रेग्मीले यही फागुन २१ गते भएको निर्वाचनबाट पहिलो पटकमै सङ्घीय संसद्को यात्रा तय गर्नुभएको छ ।
सल्यानमा वन क्षेत्रमा लाग्ने डढेलो न्यूनीकरण तथा नियन्त्रणका लागि जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आइतबारदेखि विविध कार्यक्रम सञ्चालन हुँदैछन् ।
खाना पकाउने ग्यास तथा पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापनलाई सहज र प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय कास्कीले सरोकारवाला उद्योग व्यवसायी एवं उपभोक्तामा छलफल चलाएको छ ।
चौपारीदेखि गैँडाकोट, तित्याङ हुँदै भकुन्डे–रायडाँडा–बरेङ शान्तिपुर जोड्ने रणनीतिक सडकको ४० प्रतिशत काम सकिएको छ । दुई वर्षमा १५ किलोमिटर सडक कालोपत्रे गर्ने गरी २०८० चैतमा सम्झौता भएको थियो ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज दिउँसो १ः०० बजे पार्टी केन्द्रीय कार्यालय बिपी स्मृति भवन, बिपीनगर, ललितपुरमा बस्नेत भएको छ ।
सर्लाही क्षेत्र नं. ४ मा नेपाली कांग्रेसका सभापति गगनकुमार थापालाई पराजित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीबाट चुनाव जितेपछि उहाँ चर्चामा हुनुहुन्छ । उहाँले सर्लाहीबाट लगातार चौथो पटक प्रतिनिधि सभा सदस्य बन्ने मौका प्राप्त गर्नुभएको छ ।
महोत्तरीको रामगोपालपुर क्षेत्रमा प्रहरीले करिब १०९ किलो गाँजासहित भारतीय नम्वर प्लेटको कार नियन्त्रणमा लिएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा (एमाले) का केन्द्रीय सदस्य चेतनारायण आचार्यले दृढतापूर्वक जनताको पक्षमा उभिन कार्यकर्तालाई आग्रह गर्नुभएको छ । नेकपा (एमाले) अर्घाखाँची–रुपन्देही सम्पर्क मञ्चको शनिबार बुटवलमा सम्पन्न बैठकलाई सम्बोधन गर्दै उहाँले सङ्गठनलाई सव्रिmय रूपमा परिचालन गर्दै निरन्तर समीक्षा र मूल्याङ्कनका साथ जनताको पक्षमा उभिनुपर्नेमा जोड दिनुभएको हो ।
दाङ निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सहमहामन्त्री विपिनकुमार आचार्यले परिवर्तन र सुशासन कायम गर्ने आफ्नो प्रतिबद्धतामा कुनै कमी हुन नदिने बताउनुभएको छ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेललाई भारी मतान्तरले पराजित गर्दै विजयी भएपछि चर्चामा आएका आचार्यले आफूले निर्वाचनका क्रममा सुशासन र परिवर्तन ल्याउछु भनेको स्मरण गर्दै यसलाई व्यवहारमा कार्यान्वयन गर्ने बताउनुभयो । आचार्यले ४३ हजार ५५९ मत प्राप्त गर्दा पोखरेलले १५ हजार २८७ मत प्राप्त गर्नुभएको थियो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धादिङ निर्वाचन क्षेत्र नं. २ मा निर्वाचित सांसद बोधनारायण श्रेष्ठले आफ्नो पहिलो एजेन्डा नै भ्रष्टाचारविरुद्धमा आवाज उठाउने रहेको बताउनुभयो । सामाजिक क्षेत्रमा काम गर्दा गर्दै राज
मजदुर अभाव र निर्माण सामग्री आपूर्तिमा देखिएको समस्याका कारण मुग्लिन–मलेखु सडक विस्तारको काम प्रभावित भएको छ।