गुल्मीको पर्यटकीय क्षेत्रका रूपमा चिनिने विचित्र गुफा यतिबेला पर्यटकको पर्खाइमा छ । सुन्दर आकर्षक र कलात्मक देखिने उक्त गुफा आन्तरिक एवं बाह्य पर्यटकका लागि मुख्य आकर्षक गन्तव्यस्थल मानिन्छ ।
इजरायली कब्जा बल (आइओएफ)ले मङ्गलबार वेस्ट ब्याङ्कमा व्यापक गिरफ्तारी र छापा अभियान अन्तरगत कम्तिमा ५० जना प्यालेस्टिनीलाई पक्राउ गरेको छ ।
बैजनाथ–१ चिसापानीमा रहेका गाभर भ्याली र मिनी गाभर सामुदायिक होमस्टेले छुट्टाछुट्टै दुई जङ्गल सफारी जीप सञ्चालनमा ल्याएपछि सफारी गर्न पर्यटकको घुइँचो लाग्न थालेको पर्यटन व्यवसायीले बताएका छन् ।
उत्तरी नाइजेरियामा जिहादी आक्रमणका कारण उत्पन्न अस्थिरताको कारण भोकमरी उच्च भएकाले हजारौ नाइजेरियाले अनिकालको सामना गरिरहेको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले मंगलबार जनाएको छ ।
सरकारले मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रको पूर्वाधार विकाससँग सम्बन्धित विषयमा अनुगमन, अन्तरनिकायगत समन्वय तथा सहजीकरण गर्न समिति गठन गरेको छ।
भारत-चीन सीमा सन् २०१७ को डोकलाम गतिरोध र सन् २०२० को गलवान उपत्यकाका घटनापछि तुलनात्मकरूपमा शान्त देखिए पनि चीनले तिब्बत क्षेत्रमा भारतीय सीमा नजिक सैन्य पूर्वाधार विस्तारलाई निरन्तर अघि बढाइरहेको छ ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक पाँच दशमलव ३२ अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा शुन्य दशमलव २० प्रतिशतले बढेर दुई हजार ६५५ दशमलव ९९ अङ्कमा पुगेको हो ।
क्यानले मङ्गलबार दृष्टिविहीन महिला क्रिकेटमा नेपाल उपविजेता बनेपछि दृष्टिविहीन क्रिकेट सङ्घलाई १० लाख रुपियाँ बराबरको चेक हस्तान्तरण समेत गरेको छ ।
चीनले आफ्ना तीन जना अन्तरिक्ष यात्रीलाई सुरक्षितरुपमा घर फर्काउन सहयोग पुर्याउने उद्देश्यले मङ्गलबार ‘शेन्जोउ–२२’ अन्तरिक्ष यान सफलतापूर्वक प्रक्षेपण गरेको छ ।
बाँकेको बघौडा हुलाकी सडकअन्तर्गत राप्ती नदीको सिधनियाघाटमा निर्माणाधीन पुलको निर्माण कार्य ५० प्रतिशत पुरा भएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगन्जले जनाएको छ।
राष्ट्रिय स्तरमा बुर्का प्रतिबन्धका पक्षमा सक्रियरूपमा अभियान चलाउँदै आउनुभएका अस्ट्रेलियाली सिनेटर पाउलिन ह्यान्सनलाई मुस्लिम पहिरन-बुर्का-लगाएर संसदको च्याम्बरमा प्रवेश गरेको विरोध स्वरूप मङ्गलबार यस वर्षभरका लागि संसदबाट निलम्बन गरिएको छ ।
वृन्दावन–९, भुसाहाका शेख आदिलकी २५ वर्षीया श्रीमती तरीमा खातुनलाई सोमबार राति हत्या गरेर आफ्नै घरको भुस राख्ने स्थानमा खाडल खनी गाडेको अवस्थामा प्रहरीले फेला पारेको छ ।
सात सय कोल्मा बहाकोट सम्पर्क मञ्च स्याङ्जाले छैटौँ क्रस कन्ट्री दौड प्रतियोगिता आगामी पुस ८ गते गर्ने भएको छ ।
नेपाल प्रिमिर लिग (एनपिएल) अन्तर्गत अहिले लुम्बिनी लायन्स र काठमाण्डु गुर्खाज प्रतिस्पर्धा गर्दैछन् ।
राहदानीमा जन्म मिति हेरफेर गरी अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाका सरकारी कर्मचारी तथा राहदानी वाहकसहित १० जनाविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ।