वार्षिक बजेटमा व्यवस्था गरिएको पुँजीगत खर्च आर्थिक विकासको प्रमुख आधार हो । नेपाल जस्तो विकासोन्मुख देशमा भौतिक पूर्वाधारको कमी हुने भएकाले आर्थिक प्रगति कठिन हुने गरेको छ । पुँ
पूर्वकर्मचारी सेवा परिषद् नेपालद्वारा नेपाल सरकारका पूर्वसचिव शङ्कर पाण्डेय सम्मानित हुनुभएको छ । परिषद्को ३५ औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उहाँलार्ई ‘सरदार विष्णुमणि आचार्य पूर्वकर्मचारी स्मृति पुरस्कार’ प्रदान गरिएको हो । परिषद्ले पहिलो पटक यो स्थापना गरेको हो ।
इतिहास शिरोमणि बाबुराम आचार्यको १३९ औँ जन्मजयन्तीको अवसरमा ‘बाबुराम आचार्य र नेपालको इतिहास’ विषयक विचार गोष्ठी सम्पन्न भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठान र इतिहासशिरोमणि बाबुराम आचार्य स्मृति प्रतिष्ठानको सहकार्यमा प्रज्ञा–प्रतिष्ठानको देवकोटा सभाकक्ष, कमलादीमा उक्त
मुक्तकमणि उपनामले चर्चित साहित्यकार तीर्थराज अधिकारी सम्मानित हुनुभएको छ । अन्तर्राष्ट्रिय साहित्य समाज नर्थ क्यारोलाइना च्याप्टरले आयोजना गरेको कार्यक्रममा एनसिएनसीका अध्यक्ष ददिन पाण्डे, अनेसासका च्याप्टर महासचिव मनोज प्रधान र सल्लाहकार ईश्वर देवकोटाले अधिकारीलाई खादा र टोपी लगाएर सम्मान गर्नुभयो । सो अवसरमा अधिकारीकी पत्नी सीतादेवी अधिकारीलाई पनि सम्मान गरिएको थियो ।
नेपालमा गैरआवासीय नेपालीको लगानी आकर्षित गर्न विश्वासको वातावरण, नीतिगत स्थायित्व र कानुनी स्पष्टता आवश्यक रहेको सरोकारवालाले बताएका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२ औँ महाधिवेशन तथा ग्लोबल कन्फ्रेन्स अन्तर्गत राजधानीमा आयोजित ‘रोडम्याप टु इनभेस्टमेन्ट फर इन्ह्यान्सिङ नेपाल्स फ्युचर इकोनोमी’ विषयक पहिलो सत्रमा वक्ताले यस्तो धारणा व्यक्त गरेका हुन् ।
सिँचाइको अभावमा सुनसरीका किसान समस्यामा पर्न थालेका छन् । देशको सबैभन्दा ठुलो नदी सप्तकोशी भएकै जिल्लाको अधिकांश ठाउँमा सिँचाइ समस्या हुन थालेको हो ।
वाणिज्य बैङ्कले चैतका लागि मुद्दती निक्षेपको ब्याजदर घटाएका छन् । फागुन महिनाको तुलनामा व्यक्तिगत तथा संस्थागत दुवै निक्षेपतर्फ औसत अधिकतम ब्याजदरमा कमी आएको हो ।
मध्यपूर्वको देश इरानमा जारी युद्धका कारण अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको आपूर्तिमा समस्या देखिएसँगै देशव्यापी बनेको खाना पकाउने ग्यासको अभाव महोत्तरीमा पनि देखा परेको छ । ग्यासको आपूर्ति सहज हुन नसकेपछि नेपाल आयल निगमले उपभोक्तालाई राहत दिन भन्दै हाललाई आधा सिलिन्डर ग्यास मात्र वितरण गर्ने नीति अघि सारेपछि सर्वसाधारणसँगै व्यवसायी पनि मारमा पर्न थालेको गुनासो बढेको छ ।
भैरहवा र आसपासका क्षेत्रमा देखिएको एलपी ग्यास अभावसँगै नेपाल–भारत सीमामा ग्यास तस्करीको प्रयास बढ्दै गएको पाइएको छ । सीमानाकाबाट अवैध रूपमा ग्यास लैजान खोजिएको घटनामा प्रहरीले नौ वटा भरिएका ग्यास सिलिन्डर नियन्त्रणमा लिएको छ ।
गोरखामा माइक्रोबस दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । शनिबार बेलुका सहिद लखन गाउँपालिका–३, कनटारमा मनकामनाबाट फर्कंदै गरेको माइक्रोबस सडकबाट करिब दुई सय मिटर तल खस्दा सात जनाको घटनास्थलमै मृत्यु भएको हो ।
विश्वभर छरिएर काम गर्दै आएका गैरआवासीय नेपालीले अब बन्ने नयाँ सरकारसँग असीमित अपेक्षासँगै नेपालमा ठुला लगानीको अवसर सिर्जना हुने आशा व्यक्त गरेका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को शनिबारदेखि काठमाडौँमा सुरु भएको १२ औँ विश्व सम्मेलन तथा बृहत् अन्तर्राष्ट्रिय एकता महाधिवेशनमा सहभागी गैरआवासीय नेपालीले नयाँ बन्ने सरकारले सङ्घका अपेक्षा पूरा गर्दै नेपालमा भरपुर लगानीको अवसर प्राप्त हुने आशा गरेका हुन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आइतबार बस्दै छ । उपसभापति डोलप्रसाद अर्यालका अनुसार प्रतिनिधि सभाको समानुपातिकतर्फको सूची तय गर्नका लागि सचिवालय बैठक बस्ने भएको हो । उहाँले बैठकले समानुपातिकतर्फ सूची तय गरेपछि निर्वाचन आयोगमा बुझाउने जानकारी दिनुभयो । सभापति रवि लामिछानेको स्वास्थ्य प्रतिकूल भएपछि शनिबारका लागि आह्वान गरिएको सचिवालय बैठक आइतबार सारिएको हो । रास्वपाले प्रत्यक्षतर्फ १२५ स्थानमा विजयी हासिल गर्दा समानुपातिकतर्फ ५७ सिट प्राप्त गरेको छ ।
ललितपुर महानगरपालिकाको लगनखेलस्थित नवनिर्मित प्रशासकीय भवन (ब्लक सी) को शनिबार उद्घाटन गरिएको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले भवनको उद्घाटन गर्दै महानगरपालिकाका प्रशासनिक काम गर्न सो भवनसहित तीन वटा भवन तयार भएकाले अब नगरवासीले सजिलै महानगरको सेवा लिन सक्ने बताउनुभयो
अमेरिकाले इरानको जीवनरेखाका रूपमा रहेको खार्ग टापु कब्जा गर्ने तयारी गरेको छ । इरानले पर्सियाको खाडीस्थित हर्मुज जलमार्गमा इन्धन आवागमनमा अवरोध खडा गरेपछि अमेरिकाले खार्ग टापु कब्जा गर्ने निष्कर्षमा पुगेको अमेरिकी टेलिभिजन संस्था सिएनएनले जनाएको हो ।
प्रतिनिधि सभा सदस्य निर्वाचनको समानुपातिकतर्फ निर्वाचित हुने सदस्यले चैत ५ गतेसम्म निर्वाचितको प्रमाणपत्र पाउँदै छन् । निर्वाचन आयोगको पत्राचार अनुसार छ वटा राजनीतिक दलका तर्फबाट निर्वाचित हुने सदस्यको नामावली आइतबारसम्म पठाउनुपर्ने छ । कार्यतालिकाबमोजिम काम सम्पन्न भएमा चैत ५ गतेसम्म प्रतिनिधि सभामा २७५ सदस्यै निर्वाचित हुने छन् । प्रत्यक्षतर्फ धनुषा–१ को विवादमा अदालतले यसअघिको परिणाम बदरको कुनै आदेश नगरेमा निर्वाचन परिणामले पूर्णता पाउने छ । आयोगको तयारी अनुसार चैत ५ गते नै अन्तिम परिणाम राष्ट्रपतिलाई बुझाइने छ ।