ताप्लेजुङमा हराएको मोटरसाइकल फेलापारि सम्बन्धित धनीलाई बुझाइएको छ । कात्तिक २८ गते फुङलिङ नगरपालिका –५ भानु बसपार्कनजिक रहेको खोल्सीबाट हराएको बाइक फेलापारि सम्बन्धित धनीलाई बुझाइएको हो ।
गृहमन्त्री ओमप्रकाश अर्यालले रुपन्देही जेनज़ी नेपाल समूहका केही युवालाई मङ्गलबार भेटेर उनीहरुले बुझाएका ज्ञापन पत्र बुझ्नु भएको छ।
नवलपुरको विनयी त्रिवेणी गाउँपालिका –३ सर्दीमा बम भेटिएको छ । मंगलबार सर्दी हिरौटेबाट पहेँलटाँडी जाने कच्ची बाटोको छेउमा ग्रिनेट बम भेटिएको नवलपुर प्रहरीले जनाएको छ ।
सङ्घीय सरकारले बाँसबाट निर्माण हुने संरचनाको डिजाइनसम्बन्धी मार्गदर्शन स्वीकृत गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङले हालै सो मार्गदर्शन स्वीकृत गर्नुभएको हो ।
जेनजी आन्दोलनको क्रममा कैलाली कारागारबाट भागेको १९ भारतीयसहित २३७ कैदीबन्दी अझै पक्राउ पर्न सकेका छैनन् ।
जेनजी आन्दोलनको क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौवस्ता बाल सुधार गृहबाट भागेका ७८ जना बालबन्दीमध्ये ३८ जनालाई पक्राउ गरिएको छ । ४० जना अझै फरार छन् ।
म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनको पर्यटकीयस्थल चाङ्गाको पाटनमा चरन क्षेत्रमा रहेका भेडाका बथान र पृष्ठभूमिमा देखिएको हिमशृङ्खला ।
कर्णाली प्रदेशमा महिनावारीका कारण भोग्नु परेको हिंसालाई चित्रित गर्दै लघुकथा ‘अदृश्य आँसु’ सार्वजनिक भएको छ ।
११ औं उद्योग दिवसको अवसरमा घरेलु तथा साना उद्योग कार्यालय, गुल्मीले कृषि र पशुपालनमार्फत आयआर्जन गर्ने जिल्लाका उत्कृष्ट उद्यमीलाई पुरस्कृत तथा सम्मान गरेको छ ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११, सिमबजार नजिक भेरी काेरिडोरमा आज दिउँसो भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
बागलुङको बडिगाडमा एक पुरुषको शव फेला परेको छ। जिल्लाको बडिगाड गाउँपालिका–५, खौलारास्थित दाँगखोलामा शव फेला परेको हो । शवको पहिचान भने नभएको बडिगाड गाउँपालिकाका उपाध्यक्ष भिमशेन वनले जानकारी दिनुभयो।
दाङमा यस वर्ष एक लाख ८६ हजार ५३ मेट्रिकटन धान उत्पादन भएको छ । गत वर्षको तुलनामा यस वर्ष तीन दशमलव ०६२ प्रतिशत बढी धान उत्पादन भएको हो ।
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले याटिङको निम्तो पाएको काठमान्डुले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ५७ रन बनायो ।
देशमा साना तथा घरेलु उद्योगलाई जोगाउन आवश्यक नीतिगत सहजीकरण नहुँदा उद्योग कमजोर बन्दै गएको भन्दै उद्योगी, व्यवसायी र सरकारी सरोकारवालाले अब तीनै तहका सरकारले समन्वय गरेर उद्यममैत्री वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।
दाङमा १४ हजार बढी मतदाथा थपिएका छन् । निर्वाचन आयोगले सञ्चालन गरेको कार्यक्रम अवधिमा कार्यालयमा उपस्थित र अनलाइनमार्फत उक्त सङ्ख्यामा नामावली दर्ता भएका प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कँवरले जानकारी दिनुभयो ।