१२०० मेगावाटको बूढीगण्डकी जलाशययुक्त र १०६३ मेगावाटको अपर अरुण अर्धजलाशययुक्त जलविद्युत आयोजनाको लगानी ढाँचा (मोडालिटी) तयार भएको छ ।
सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । मंगलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो ।
ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका-३, लिङखिमका एक व्यक्तिको घाँस काट्ने क्रममा आज लडेर मृत्यु भएको छ ।
थारू समुदायको पराम्परागत रूपमा मानिँदै आएको लवाङ्गी पूजा यस वर्षसमेत धुमधामका साथ मनाएर सम्पन्न भएको छ । कैलालीको घोडाघोडी ताल क्षेत्रमा रहेको थारुहरुको ठुलो कुल मन्दिरको रुपमा रहेको घोरीघोरा मन्दिरमा मङ्गलबार बलि पूजासहित लवाङ्गी पूजा सम्पन्न भएको हो ।
देशका विभिन्न जिल्लामा प्रहरीले एकै दिन १३ जनालाई अवैध तथा नियन्त्रित लागु औषधसहित पक्राउ गरेको छ ।
प्रतिनिधिसभाको पुनः स्थापनाको माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सर्वोच्च अदालतमा रिट दिएको छ ।
बालबालिका तथा महिलाको स्वास्थ्य र कल्याणका लागि थारू समुदायमा प्रचलित परम्परागत लौठसारी पूजा सुरु भएको छ । वर्षमा दुई पटक मनाइने यो पूजा थारु समुदायको महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक आस्थासँग जोडिएको विधि मानिन्छ।
बाजुराको बुढीगङ्गा नगरपालिका–४, खातीगाउँका कृष्णबहादुर खातीले पछिल्लो समय अचारबाट मनग्य आम्दानी गर्दै आउनुभएको छ ।
ऐतिहासिक र पर्यटकीय सहर बन्दीपुरमा पर्यटकको घुइँचो लागेको छ । दैनिक हजारौं आन्तरिक पर्यटकको आगमनले यहाँका होटल, होमस्टे र बजार क्षेत्र खचाखच भरिएको छ ।
मलेसियामा उत्तरपूर्वी मनसुनको कारण हालै आएको बाढीले १८ हजार भन्दा बढी मानिसलाई विस्थापीत गरेको अधिकारीले बताएका छन् । बाढीका कारण देशभरि १० वटा राज्य प्रभावित भएको जनाइएको छ ।
आठ वर्षअघि निर्माण सुरु भई अधुरो र जीर्ण अवस्थामा रहेको बाँकेको खजुरा बजारको एक हजार ८०० मिटर चार लेन सडक निर्माण हुने भएको छ ।
दाहसंस्कारका लागि ल्याइएकी एक थाई महिला अचानक कफिनभित्र चहलपहल गर्न थालेपछि मन्दिरका कर्मचारी अचम्मित तथा स्तब्ध बन्नु परेको छ ।
सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले बदलिँदो परिवेशमा प्रविधिको विकाससँगै महिला तथा बालिकामाथि हुने डिजिटल हिंसा रोक्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयमा मङ्गलबार आयोजित कार्यक्रमबीच लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुभारम्भ गर्दै प्रधानमन्त्री कार्कीले यस्तो बताउनुभएको हो ।
गत वर्ष प्रत्येक १० मिनेटमा विश्वका कुनै न कुनै स्थानमा एक महिलाको उनकै नजिकका व्यक्तिद्वारा हत्या भएको तथ्याङ्क सार्वजनिक गर्दै संयुक्त राष्ट्रसङ्घले नारीहत्या (फेमिसाइड) विरुद्धको लडाइँमा कुनै स्पष्ट प्रगति नदेखिएको कठोर टिप्पणी गरेको छ ।