जिल्ला प्रशासन कार्यालय कास्कीले खाना पकाउने ग्यास लुकाउने एक डिलरलाई ५० हजार रुपियाँ जरिवाना गरेको छ । प्रशासनले शनिबार गरेको अनुगमनको क्रममा पोखरा महानगरपालिका वडा ६, जरेबरमा रहेको भण्डारी ट्रेडर्समा ४८ वटा ग्यास सिलिण्डर लुकाएको फेला परेको थियो ।
यहाँको मनकामना मन्दिर दर्शन गरेर फर्किंदै गरेको यात्रुवाहक माइक्रोबस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।
इराकको राजधानी बग्दादस्थित अमेरिकी दूतावासमा शनिबार आक्रमण भएको सुरक्षा स्रोतहरूले बताएका छन् ।
इरानले संयुक्त अरब इमिरेट्स (यूएई) को फुजाइरा बन्दरगाहमा शनिबार ड्रोन हमला गरेको छ। यो हमला अमेरिकाले इरानको खार्ग द्वीपमा भीषण हमला गरेलगत्तै भएको हो ।
साहित्यकार तथा लेखक रण काफ्लेको नियात्रा कृति ‘मत्स्यकन्याको मुलुकमा’ को अंग्रेजी अनुवाद ‘इन दि कन्ट्री अफ दि मत्स्यकन्या’ को आज यहाँ लोकार्पण गरिएको छ ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकाले इरानको खार्ग द्वीपमा अवस्थित हरेक सैन्य ठेगानालाई नष्ट गरेको बताउनुभएको छ।
ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर-बगरफाँट-दुधेखोला हुँदै भकिम्ली जोड्ने सडकखण्डको स्तरोन्नति भइरहेको छ।
प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर (मुक्कुमलुङ) मा एक महिनामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन भएको छ । फागुन महिनामा उक्त रकम बराबरको भेटी सङ्कलन भएको हो ।
एलपी ग्यास तथा पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापनलाई सहज र प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालय कास्कीले सरोकारवाला उद्योगी, व्यवसायी एवं उपभोक्तासँग छलफल गरेको छ ।
बाँकेको राप्तीसोनारी गाउँपालिका–९ स्थित ढकेरी वनस्पति उद्यान पछिल्लो समय प्रकृतिप्रेमीका लागि प्रमुख गन्तव्य बनेको छ ।
यही फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा विजयी भएपछि डा. महावीर पुन शनिबार धवलागिरि गाउँपालिका–१ को दुर्गम गाउँ गुर्जा पुग्नुभएको छ ।
गत भदौ २३ र २४ मा जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूको विवरण सार्वजनिक गरिएको छ ।
आइची नागोया एसियाली खेलकुदको प्रवद्र्धन तथा सफलताका कामना गर्दै शनिबार ‘एसियन गेम्स फन रन’ आयोजना गरिएको छ ।
सामूहिक बलात्कारमा संलग्न दोषीलाई कडा कारवाहीको माग गर्दै सल्यानमा पनि विरोध र्याली निकालिएको छ ।
पारिजात स्मृति केन्द्रले पारिजात सम्मान २०८२ बाट सम्मानित हुने प्रतिभाको नाम घोषणा गरेको छ ।