सुर्खेतको वीरेन्द्रनगरकी १६ वर्षीया इनिसा विकको सामूहिक बलात्कारपछि भएको हत्यामा संलग्नहरूलाई कडा कारबाही गर्न माग गर्दै शनिबार काठमाडौँमा प्रदर्शन गरिएको छ ।
नेकपा (एमाले) ले समानुपातिकतर्फका १६ जना उम्मेदवारको नाम निर्वाचन आयोगमा सिफारिस गर्ने निर्णय गरेको छ ।
पाकिस्तानका राष्ट्रपति आसिफ अली जरदारीले अफगान तालिबानले पाकिस्तानमा नागरिक लक्ष्य विरुद्ध ड्रोन प्रक्षेपण गरेर “रेड लाइन” पार गरेको शनिबार बताउनु भएको छ ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले गैरआवासीय नेपाली (एनआरएन) हरूलाई ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गर्नुभएको छ ।
इरानको पर्यटन मन्त्रालयले हाल मध्यपूर्व युद्ध १५ औं दिनमा प्रवेश गरेको उल्लेख गर्दै युद्धका कारण देशभरका कम्तीमा ५६ वटा सङ्ग्रहालय तथा ऐतिहासिक स्थल क्षतिग्रस्त भएको शनिबार जनाएको छ ।
मनाङ ङिस्याङ गाउँपालिका–१ पिसाङस्थित अन्नपूर्ण पदमार्गमा पर्ने समुद्री सतहबाट तीन हजार एकसय मिटरमा अवस्थित ग्रिनलेक र पृष्ठभूमिमा देखिएको सेतो बादल। यस ताल आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ।
पृथ्वी राजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक विस्तार योजनाको पश्चिम खण्ड (जामुने-पोखरा) मा निर्माण कार्यले गति लिएको छ ।
धनुषाको कमला नगरपालिकामा चालू आर्थिक वर्षको बजेट अझै पारित हुन नसक्दा विकास निर्माणका कामदेखि सेवा प्रवाह प्रभावित भएका छन् ।
अन्तरिम सरकारका परराष्ट्रमन्त्री बालानन्द शर्माले पश्चिमी एसिया (मध्यपूर्व) लगायत विश्वका विभिन्न क्षेत्रमा देखिएको अस्थिरता र द्वन्द्वप्रति सरकार गम्भीर एवं सजग रहेको बताउनुभएको छ।
अन्तर्राष्ट्रिय स्तरमा तेल उत्पादक देशहरूमा बढ्दो तनावको प्रभाव जुम्लामा पनि देखिन थालेको छ ।
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का संस्थापक अध्यक्ष उपेन्द्र महतोले नेपाललाई समृद्ध बनाउन नेपालीहरूसँग पर्याप्त क्षमता भए पनि दृढ सङ्कल्पको अभाव रहेको बताउनुभएको छ।
झापामा विहीबार रातीदेखि शुक्रबार बिहानसम्म अविरल वर्षासहित आएको हावाहुरीका कारण केरा खेती र कृषिमा ठूलो क्षति पुगेको छ ।
नेकपा (एमाले) को केन्द्रीय सचिवालय बैठक भक्तपुरको गुण्डुमा सुरु भएको छ ।
सप्तरीको साधारण ग्रामीण परिवेशमा जन्मिएका एक बालकले नदी किनारको बालुवामा घर बनाउँदै र औँलाले चित्र कोर्दै सुरु गरेको सिर्जनात्मक यात्राले आज नेपाली कला क्षेत्रमा प्रेरणादायी कथा रचेको छ ।
मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले सङ्घीय व्यवस्थाअनुसार प्रदेश सरकारलाई दिइएका अधिकारहरू पूर्ण रूपमा कार्यान्वयन भए प्रदेशले आफ्नै स्तरबाट धेरै समस्याको समाधान गर्न सक्ने बताउनुभएको छ।