• ३० फागुन २०८२, शनिबार

बलात्कार र हत्याका दोषीलाई मृत्युदण्डको माग गर्दै काठमाडौँमा प्रदर्शन

इनिसा विकको हत्यामा संलग्नलाई कडा कारबाही गर्न माग

blog

बलात्कार र हत्याका दोषीलाई मृत्युदण्डको माग गर्दै काठमाडौँमा प्रदर्शन।

काठमाडौँ, फागुन ३० गते । सुर्खेतको वीरेन्द्रनगरकी १६ वर्षीया इनिसा विकको सामूहिक बलात्कारपछि भएको हत्यामा संलग्नहरूलाई कडा कारबाही गर्न माग गर्दै शनिबार काठमाडौँमा प्रदर्शन गरिएको छ ।

काठमाडौँको माइतीघर मण्डलामा भेला भएका प्रदर्शनकारीले जघन्य अपराधमा संलग्नलाई मृत्युदण्डको सजाय दिने गरी कानुन निर्माण गर्न सरकारलाई दबाब दिएका हुन् । हत्या र बलात्कारजस्ता जघन्य अपराधका घटना दोहोरिन नदिन सरकारलाई सचेत गराउन अभियान सुरु गरिएको सामाजिक अभियन्ता कविता चन्द सोडारीले बताउनुभयो ।

प्रदर्शनमा सहभागीले ‘इनिसालाई न्याय देउ’, ‘बालिकामाथि हुने बलात्कार, हिंसा र हत्या बन्द गर’ लगायतका नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । उनीहरूले महिलामाथि हुने सबै प्रकारका हिंसा अन्त्यका लागि सरकारले कडा कानुनी व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् ।