अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित धुलिखेल-खावा सडकखण्डमा सवारीसाधानलाई रोक लगाई पक्की बनाउन थालिएको छ । उक्त सडकखण्डको स्तरोन्नतिका लागि यही चैत पहिलो सातादेखि दुई हप्ता बन्द गरी कामलाई तीव्रता दिने डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको हो ।
फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा बर्दियाका दुई ओटा निवार्चन क्षेत्रमा भाग लिएका ३६ जना उम्मेद्वार मध्ये २९ जना उम्मेद्वारको जमानत जफत भएको छ ।
घोराही उपमहानगरपालिका–१६ स्थित सेवारखोलामा निर्माणाधिन पुलको ५० प्रतिशत भौतिक प्रगति भएको छ ।
रियल म्याड्रिडले स्पेनि ला लिगामा बार्सिलोनासँगको दूरी एक अङ्कले घटाएको छ । लिगअन्तर्गत शनिबार राति भएको खेलमा रियलले इल्चेलाई ४–१ गोलले हरायो ।
नेपालको पश्चिम क्षेत्रबाट आज बिहानैदेखि वर्षा सुरु भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले पश्चिमबाट सुरु भएको वर्षा विस्तारै पूर्वतर्फ सर्दै गएको हो ।
मोरङको विराटनगर महानगरपालिका–१४ स्थित आईसीपी सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय सुनसरीकाअनुसार बिहान सुनसरीको इटहरी उप–महानगरपालिका वडा नम्बर २० तरहराबाट झापा कन्काई नगरपालिका वडा नं. ४ का ३० वर्षीय भिमबहादुर तामाङलाई लागू औषध ब्राउन सुगर सहित पक्राउ गरेको हो ।
मकवानपुर जिल्ला खेलकुद विकास समितिको आयोजनामा हेटौँडामा जारी दोस्रो वृहत् खेलकुद, कृषि तथा पर्यटन महोत्सवअन्तर्गत आयोजित मकवानपुर जिल्लास्तरीय खुला डबल ब्याटमिन्टन प्रतियोगिताको उपाधि हेटौँडा–५ का बिरु गुरुङ र चेतन विश्वकर्माको जोडीले जितेको छ ।
नेकपा (माओवादी) का धनकुटा इन्चार्ज तथा संखुवासभा जिल्लाका कार्यवाहक इन्चार्ज पुष्पबहादुर कोइरालाले नैतिक जिम्मेवारी लिँदै पदबाट राजीनामा दिनुभएको छ ।
हिमाली जिल्ला हुम्लाको जिल्ला अस्पतालमा पहिलो पटक ‘जिन एक्स्पर्ट’ ल्याब स्थापना भएको छ ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका –१ मा अवस्थित प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर दर्शन गर्नका लागि रानीपौवा बजारबाट घोडामा चढेर जाँदै तिर्थालुहरु ।
बर्दिया राष्ट्रिय निकुञ्जभित्र खरखडाइका लागि जाँदा बेपत्ता भएका व्यक्ति मृत फेला परेका छन् । मृत्यु हुनेमा बाँसगढी नगरपालिका –८ अस्नेरी बस्ने ६२ वर्षिय प्रेमबहादुर ओली रहेका छन् ।
चैत महिना सुरु भएसँगै बैतडी लगायत सुदूरपश्चिमका पहाडी जिल्लामा परम्परागत ‘भिटौलो’ पर्व सुरु भएको छ ।
शुक्रवारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनकोे मूल्य तोलामा रु चार हजार ८०० र चाँदीको मोल रु २२५ ले घटेको हो ।
पिकअप जिपको ठक्करबाट एक जना युवकको मृत्यु भएको छ ।