जेनजी आन्दोलनको क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौवस्ता बाल सुधार गृहबाट भागेका ७८ जना बालबन्दीमध्ये ३८ जनालाई पक्राउ गरिएको छ । ४० जना अझै फरार छन् ।
म्याग्दीको मङ्गला गाउँपालिका–५ अर्मनको पर्यटकीयस्थल चाङ्गाको पाटनमा चरन क्षेत्रमा रहेका भेडाका बथान र पृष्ठभूमिमा देखिएको हिमशृङ्खला ।
कर्णाली प्रदेशमा महिनावारीका कारण भोग्नु परेको हिंसालाई चित्रित गर्दै लघुकथा ‘अदृश्य आँसु’ सार्वजनिक भएको छ ।
११ औं उद्योग दिवसको अवसरमा घरेलु तथा साना उद्योग कार्यालय, गुल्मीले कृषि र पशुपालनमार्फत आयआर्जन गर्ने जिल्लाका उत्कृष्ट उद्यमीलाई पुरस्कृत तथा सम्मान गरेको छ ।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–११, सिमबजार नजिक भेरी काेरिडोरमा आज दिउँसो भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
बागलुङको बडिगाडमा एक पुरुषको शव फेला परेको छ। जिल्लाको बडिगाड गाउँपालिका–५, खौलारास्थित दाँगखोलामा शव फेला परेको हो । शवको पहिचान भने नभएको बडिगाड गाउँपालिकाका उपाध्यक्ष भिमशेन वनले जानकारी दिनुभयो।
दाङमा यस वर्ष एक लाख ८६ हजार ५३ मेट्रिकटन धान उत्पादन भएको छ । गत वर्षको तुलनामा यस वर्ष तीन दशमलव ०६२ प्रतिशत बढी धान उत्पादन भएको हो ।
त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले याटिङको निम्तो पाएको काठमान्डुले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ५७ रन बनायो ।
देशमा साना तथा घरेलु उद्योगलाई जोगाउन आवश्यक नीतिगत सहजीकरण नहुँदा उद्योग कमजोर बन्दै गएको भन्दै उद्योगी, व्यवसायी र सरकारी सरोकारवालाले अब तीनै तहका सरकारले समन्वय गरेर उद्यममैत्री वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।
दाङमा १४ हजार बढी मतदाथा थपिएका छन् । निर्वाचन आयोगले सञ्चालन गरेको कार्यक्रम अवधिमा कार्यालयमा उपस्थित र अनलाइनमार्फत उक्त सङ्ख्यामा नामावली दर्ता भएका प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी गेहेन्द्र कँवरले जानकारी दिनुभयो ।
गुल्मीको पर्यटकीय क्षेत्रका रूपमा चिनिने विचित्र गुफा यतिबेला पर्यटकको पर्खाइमा छ । सुन्दर आकर्षक र कलात्मक देखिने उक्त गुफा आन्तरिक एवं बाह्य पर्यटकका लागि मुख्य आकर्षक गन्तव्यस्थल मानिन्छ ।
इजरायली कब्जा बल (आइओएफ)ले मङ्गलबार वेस्ट ब्याङ्कमा व्यापक गिरफ्तारी र छापा अभियान अन्तरगत कम्तिमा ५० जना प्यालेस्टिनीलाई पक्राउ गरेको छ ।
बैजनाथ–१ चिसापानीमा रहेका गाभर भ्याली र मिनी गाभर सामुदायिक होमस्टेले छुट्टाछुट्टै दुई जङ्गल सफारी जीप सञ्चालनमा ल्याएपछि सफारी गर्न पर्यटकको घुइँचो लाग्न थालेको पर्यटन व्यवसायीले बताएका छन् ।
उत्तरी नाइजेरियामा जिहादी आक्रमणका कारण उत्पन्न अस्थिरताको कारण भोकमरी उच्च भएकाले हजारौ नाइजेरियाले अनिकालको सामना गरिरहेको विश्व खाद्य कार्यक्रम (डब्लुएफपी)ले मंगलबार जनाएको छ ।
सरकारले मेलम्ची खानेपानी आयोजना प्रभावित क्षेत्रको पूर्वाधार विकाससँग सम्बन्धित विषयमा अनुगमन, अन्तरनिकायगत समन्वय तथा सहजीकरण गर्न समिति गठन गरेको छ।