नेपाल दलित मुक्ति मोर्चाले किशोरो इनिशा विक हत्याको निष्पक्ष अनुसन्धान गरी घटनाका दोषीलाई कानुनबमोजिम कारबाही गर्न सरकारसमक्ष माग गरेको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक जारी छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो पटक बैठक बसेको हो ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आइतबार भएको खेलमा जावलाखेलले काँक्रेबिहारलाई ४–१ गोलले हरायो । खेलमा काँक्रेबिहारले सुरुवाती अग्रता लिएपनि फराकिलो हार खेप्यो ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसेको छ । बैठक पार्टीको धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा केहीबेर अघि सुरु भएको हो ।
प्रधानमन्त्री सुशीला कार्कीले नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ ।
इरानी सुरक्षा अधिकारीले देशको उत्तरपश्चिमी क्षेत्रमा जासुसीमा संलग्न ठानिएका कम्तीमा २० जनालाई पक्राउ गरेका छन् । पक्राउ परेकाले सैन्य, कानून र सुरक्षा सम्बन्धी गोप्य विवरण इजरायली पक्षलाई पठाएको पाइएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तर्फबाट समानुपातिक सांसद बन्ने नामको टुङ्गो लागेको छ।
इरानले शनिबार मध्यपूर्वको सबैभन्दा व्यस्त बन्दरगाह जेबेल अली र युएईका दुई अन्य बन्दरगाह खाली गर्न अनुरोध गरेको छ । इरानी विदेशमन्त्री अब्बास अराघ्चीले बताएअनुसार, अमेरिका खार्ग टापु र अबु मुसा टापुमा युएईका दुई स्थानबाट आक्रमण गरेको दाबी गरेको छ ।
गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा थ्रेसहोल्ड पार गरेका छ राजनीतिक दलले आइतबार कार्यालय समयभित्र समानुपातिकतर्फ निर्वाचित हुने उम्मेदवारको नाम बुझाउँदै छन् ।
चेस बोर्डमा ४३ वर्षयता नियमित चुनौती दिँदै आउनुभएका नवाीन तन्डुकरलाई हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ ।
इरान-अमेरिका युद्धका बारेमा सामाजिक सञ्जाल विशेष गरी एक्समा कृत्रिम बौद्धिकता (एआई) बाट बनाइएका नक्कली तस्बिर र भिडियो तीव्ररूपमा फैलिरहेका छन् । गलत सूचना रोक्न एक्स प्लेटफर्मले कडा नीति घोषणा गरे पनि युद्धसम्बन्धी भ्रामक सामग्रीको प्रसार भने रोकिएको छैन ।
अमेरिकी सेनाले शुक्रबार राति इरानको प्रमुख तेल निर्यात केन्द्र खार्ग टापुमा सैन्य आक्रमण गरेको जनाएको छ । अमेरिकी केन्द्रीय सैन्य कमाण्डले शनिबार सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएको हो ।
मुलुकको विषम परिस्थितिमा कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेर प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको समयमा प्रतिनिधिसभाको निर्वाचन गराउने कार्यभार पूरा गर्नुभएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले हङकङसँग यही चैत १२ गते हुने मैत्रीपूर्ण खेलका लागि ४९ खेलाडी बन्द प्रशिक्षणमा बोलाएको छ ।
मध्यपूर्वमा जारी युद्धका कारण विश्व ऊर्जा आपूर्तिमा गम्भीर असर देखिन थालेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले होर्मुज जलडमरूमध्यको सुरक्षा सुनिश्चित गर्न अन्य राष्ट्रलाई आफ्ना युद्धपोत पठाउन आग्रह गर्नु भएको छ ।