• १ चैत २०८२, आइतबार

हात्तीको आक्रमणबाट घाइते वृद्धाको मृत्यु

blog

सुधा देव

भारदह(सप्तरी), चैत १ गते । हात्तीको आक्रमणबाट गम्भीर घाइते हुनुभएका सप्तरीको कञ्चनरुप नगरपालिका १२ धरमपुरकी एक बृद्वाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ६९ वर्षीय खड्गमति राई रहनुभएको छ ।

गत फागुन २० गते हात्तीको आक्रमणमा परि गम्भीर घाइते हुनुभएको राईको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा आइतबार उहाँ मृत्यु भएको मृतकका छोरा चन्द्र कुमार राईले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, "खुट्टा तथा हिपमा गम्भीर चोट लागेको आमाको उपचारको क्रममा मृत्यु भएपछि शव पोष्टमार्टमका लागि विराटनगर स्थित कोशी अस्पताल लगिएको थियोे । बाख्रा गोठालो जानुभएको राईलाई घर फर्कने क्रममा दिउँसो ३ बजे घर नजिक आइपुग्दा हात्तीले आक्रमण गरेर गम्भीर घाइते बनाएको थियो ।" राई घर आइपुग्न लाग्दा दर्जनौंको संख्याको बथानमा रहेको हात्ती मध्ये एकहात्ती गाउँमा पसेर उपद्रो मच्याई रहँदा उहाँ आक्रमणमा परेर घाइते हुनुभएको स्थानीयले बताउनुभयो ।   

यसअघि सप्तरीको अग्नीसाइर कृष्णासवरन गाउँपालिका ६ का ८१ वर्षीया कर्ण बहादुर भुजेलको पनि जंगली हात्तीको आक्रमणमा परी फागुन ९ गते विहान घरनजिकै हात्तीको आक्रमणमा परि घाइते हुनुभएको भुजेलको अझै उपचार भइरहेको स्थानीयले बताउनुभयो । सप्तरीको उत्तरी भेगमा कोशी टप्पु बन्यजन्तु आरक्षणबाट आएको हात्तीले बर्षेनी जनधनको क्षति गर्दै आएको छ ।