• २ चैत २०८२, सोमबार

दर्जीलाई सम्मान

blog

स्याङ्जा, चैत २ गते । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल स्याङ्जाले पन्चैबाजा कलाकार ७० वर्षीय हरिबहादुर दर्जीलाई सम्मान गरेको छ । प्रतिष्ठानले लोकसंस्कृति संरक्षण तथा प्रवर्धनमा योगदान पुर्‍याएको भन्दै २५ औँ राष्ट्रिय लोकदोहोरी दिवसका सन्दर्भमा पुतलीबजार नगरपालिका–१४, लामागे पन्चैबाजा समूहका संयोजक दर्जीलाई सम्मान गरेको हो । प्रतिष्ठानका केन्द्रीय सचिव घनश्याम रिजालले दर्जीलाई दोसल्ला ओढाएर सम्मान गर्नुभयो । 

यसै गरी प्रतिष्ठानले लोकसंस्कृतिको जगेर्ना, कलाकारको सम्मान तथा नवप्रतिभाको प्रोत्साहन गर्ने उद्देश्यले पाणिनि गुरुकुलम आश्रमलाई २० हजार रुपियाँ आर्थिक सहयोग प्रदान गर्नुका साथै वृक्षरोपण कार्यक्रम गरेको थियो । २०७० सालमा स्थापना भएको आश्रममा विभिन्न जिल्लाबाट आएका २० जना वटुक अध्ययनरत रहेका छन् ।