कर्णाली प्रदेशका १० जिल्लाको सांस्कृतिक तथा पर्यटकीय स्थलको झल्को दिने गरी वीरेन्द्रनगर नगरपालिकाले ‘ग्रेटर घण्टाघर’ योजना अघि सारेको छ । ‘ग्रेटर घण्टाघर’ योजना अन्तर्गत धमाधम संरचना निर्माण भइरहेका छन् । घण्टाघर पार्क र पार्कभन्दा बाहिरको क्षेत्रलाई समेत समेटेर व्यवस्थित गर्न लागिएको हो । त्यसका लागि घण्टाघर क्षेत्र आसपासदेखि नगर कार्यपालिका कार्यालय क्षेत्रसम्म विभिन्न संरचना निर्माण गर्ने जनाएको छ ।
कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधि सभा सदस्य दीपकराज बोहोराले सुशासन र समानता कायम गराउन विशेष भूमिका खेल्ने बताउनुभएको छ ।
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–५ हाँसुमा रुखले च्यापिएर एक जनाको मृत्यु भएको छ। आइतबार बेलुका चलेको हावाहुरीका कारण ओखरको रुखको हाँगा भाँचिँदा च्यापिएर हाँसु गाउँका ५५ वर्षीय धने खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।
बैतडीको पुर्चौडी नगरपालिका–३, सल्लेवनमा रहेको भूमिराज आधारभूत विद्यालयको शिशु र कक्षा १ मा अध्ययन गर्ने बालबालिका छत भत्किएको भवनभित्र जोखिम मोलेर शिक्षा लिइरहेका छन् ।
कालीगण्डकी नदी दोहन रोक्न सरोकारवाला निकायले अनुगमन गरेका छन् । विशेष गरी बागलुङ नगरपालिका वडा नं. १३ को कालाखोला आसापास र मालढुङ्गा क्षेत्रमा भएको दोहनको सरोकारवालाले संयुक्त अनुगमन गरेका हुन् ।
मुक्त कमैया परिवारका अमृत चौधरी सामान्य लगानीको व्यापारबाट मनग्गे आम्दानी गर्न सफल हुनुभएको छ । कैलालीको कैलारी गाउँपालिका–७, विपतपुर मुक्त कमैया शिविरका उहाँले सडकछेउमा सामान्य चियानास्ताको व्यापार गरी मासिक डेढ/दुई लाख रुपियाँसम्म आम्दानी गर्न सफल हुनुभएको हो । चौधरीले विपतपुर मुक्त कमैया बस्तीनजिक हुलाकी राजमार्ग किनारमा खुला आकाशमुनि चियानास्ताको व्यापार गरिरहनुभएको छ ।
सप्तरीको तिरहुत गाउँपालिका–२ बडहरास्थित कञ्चनपुर–राजविराज हुलाकी सडक खण्डबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ।
नलगाड नगरपालिकाको नगरसभा तथा १७औँ अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले विभिन्न प्रस्तावमा छलफल गर्नुका साथै चार वटा महत्त्वपूर्ण विधेयक पारित गरेको छ।
अध्यागमन कार्यालय काँकडभिट्टाका कार्यालय प्रमुख तुलसी भट्टराईका अनुसार चालू आर्थिक वर्ष २०८२/८३ को साउनदेखि फागुनसम्ममा पूर्वी नाकाबाट अमेरिका, बेलायत, भूटानलगायतका मुलुकबाट पर्यटकहरु नेपाल भित्रिएका हुन् ।
कास्कीको पोखरा महानगरपालिका–३३ भोटेपोखरीस्थित कण्ठदेवी मन्दिर धार्मिक पर्यटनको केन्द्र बनेको छ । हिम श्रृङ्खलाको मनमोहक दृश्य हेर्न सकिने भोटेपोखरी टाकुरोमा रहेको यस मन्दिरको धार्मिक रुपमा जति महत्व छ त्यति नै यसले ऐतिहासिक महत्त्व पनि बोकेको छ ।
निर्देशक तुलसी घिमिरेले युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरेर चलचित्र ‘पहाड’ निर्माण गरिएको बताउनुभएको छ ।
स्वरोजगारमार्फत स्थानीयलाई आत्मनिर्भर बनाउने उद्देश्यले यहाँस्थित शुक्लाफाँटा नगरपालिकाले १३३ जनालाई सीपमूलक तालिम प्रदान गरेको छ ।
कपिलबस्तुको बाणगंगा नगरपालिका–४ का रामलाल चालिसे प्राकृतिक उपचारका लागि म्याग्दीको सिंगा तातोपानी कुण्डमा यसपाली दोस्रो पटक आउनुभएको छ ।
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई तत्काल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन रूपन्देहीका उद्योगी–व्यवसायीले माग गरेका छन् ।
प्रसिद्ध धार्मिक स्थल रेसुङ्गाको काखमा निर्माण गरिएको सीताराम मन्दिरमा आगामी चैत १३ देखि १९ गतेसम्म ‘राम कथा, शिव पुराण पुराण पारायण, हनुमान चालिसा हवनात्मक अनुष्ठान तथा राष्ट्रकल्याण महायज्ञ’ हुने भएको छ ।