शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
राजु लामिछाने
रुकुम पश्चिम, चैत २ गते । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–५ हाँसुमा रुखले च्यापिएर एक जनाको मृत्यु भएको छ। आइतबार बेलुका चलेको हावाहुरीका कारण ओखरको रुखको हाँगा भाँचिँदा च्यापिएर हाँसु गाउँका ५५ वर्षीय धने खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार मिस्त्री काम गरेर घर फर्किने क्रममा चलेको हावाहुरीका कारण ओखरको रुखको हाँगा भाँचिँदा खत्री च्यापिनुभएको थियो।
हावाहुरीबाट जोगिन उहाँ सोही रुखको ओत लाग्नुभएको थियो। तर ओत लागेको रुखकै हाँगा भाँचिएर च्यापिँदा उहाँको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार खत्रीको घर घटनास्थलबाट करिब ३०० मिटर टाढा रहेको थियो।