जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३०औँ सम्मेलन (कोप–३०)मा ब्राजिलको बेलेममा सम्पन्न भएको छ ।
नेपाल–भारत सीमाक्षेत्र हुँदै भारतीय माछाको अवैध आयात हुने क्रम बढेपछि बर्दियाका माछापालक कृषक मारमा परेका छन् । भारतीय बजारबाट अत्यन्तै सस्तो मूल्यमा माछा नेपाल छिरेपछि नेपाली किसानले उत्पादन गरेको माछा बजारसम्म नपुगेको गुनासो बढ्दै गएको छ ।
सुदूरपश्चिम प्रदेशमा औद्योगिक क्षेत्रमा कर्जा प्रवाह बढे पनि औद्योगिक उत्पादनमा ह्रास आएको छ । नेपाल राष्ट्र बैङ्कको आर्थिक वर्ष २०८१/८२ को आर्थिक गतिविधि अध्ययन वार्षिक प्रतिवेदन अनुसार २०८२ को असार मसान्तसम्म बैङ्क तथा वित्तीय संस्थाले यस प्रदेशमा औद्योगिक क्षेत्रमा गरेको कर्जा प्रवाह २६ अर्ब ७२ करोड पुगेको छ ।
नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपियाँ ४८ पैसा र बिक्रीदर १४३ रुपियाँ ०८ पैसा निर्धारण गरिएको छ ।
कर्णाली प्रदेशको जुम्लाबाट सुदूरपश्चिम प्रदेशको दार्चुलाको जोलजीवी मेलामा ‘जुम्ली घोडा’ ल्याइएको छ । सो घोडालाई २२ दिनको पैदलयात्रा गराएर चन्दननाथ नगरपालिका–८, धरलबाडा जुम्लाका जयकृष्ण धरालाले ल्याउनुभएको हो ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले खानेपानी बोतल (प्रोसेसिङ ड्रिङकिङ वाटर) को लेबलमा उल्लेख अधिकतम खुद्रा मूल्य (एमआरपी) भन्दा बढी लिएमा कारबाही हुने जनाएको छ ।
मार्जिन कर्जामा फैलिएको अव्यवस्था, जोखिम र अनियन्त्रित सटहीपनलाई नियन्त्रण गर्ने उद्देश्यसहित नेपाल धितोपत्र बोर्डले ‘मार्जिन कारोबार सुविधा निर्देशन, २०८२’ को मसौदा सार्वजनिक गरेको छ । बोर्डले मार्जिन कारोबारसम्बन्धी व्यवस्था (प्रारम्भिक मसौदा) तयार गर्दै मार्जिन कारोबारसम्बन्धी व्यवस्था अघि बढाएको हो ।
नेपाल सरकारको मुख्य सचिवमा सुमनराज अर्याल नियुक्त हुनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार बसेको मन्त्रीपरिषद् बैठकले रक्षा मन्त्रालयका सचिव अर्याललाई २९ औँ मुख्य सचिवमा नियुक्त गरेको हो ।
अर्थ मन्त्रालयले निर्वाचन आयोगलाई आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि करिब पाँच अर्ब रुपियाँ उपलब्ध गराएको छ ।
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले वर्तमान सरकारले मुलुकको विद्युत् व्यापारलाई दिगो र सुनिश्चित बनाउने गरी काम गरिरहेको बताउनुभएको छ । सोमबार राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा उहाँले अन्तरदेशीय प्रसारणलाइन निर्माणमा भारतसँग भएको पछिल्लो सम्झौता र हिउँदको विद्युत् खरिद सम्झौता यही मान्यताभित्र रहेर गरिएको बताउनुभयो ।
गत भदौ २३–३४ गते नवयुवा (जेनजी) प्रदर्शनमा घुसपैठ गरी भिडलाई उत्तेजित बनाउने नियतले ठुलो आवाजमा बुलेट बाइक पड्काउँदै चलाउने समूहका मुख्य आरोपी तेन्जिङ दावा लामाको नेपाली नागरिकता र पासपोर्टलगायतका कागजपत्र नै नक्कली भेटिएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीको स्वकीय सचिवालयमा कर्मचारी नियुक्तिको विषयमा प्रकाशित÷प्रसारित सामग्रीबारे गम्भीर ध्यानाकर्षण भएको उहाँको सचिवालयले जनाएको छ ।
द्वन्द्वका बेलासमेत नरित्तिएका गाउँ अहिले घरमा ताल्चा लगाएर धमाधम खाली हुन थालेका छन् । बेरोजगारीका कारण गाउँका अधिकांश मानिस बालबच्चा बोकेर भारत पलायन हुँदा बैतडीका ११४ वटा आधारभूत विद्यालय बन्द हुने भएका छन् । तथ्याङ्क अनुसार जिल्लाका सामुदायिक विद्यालयमा गत वर्षको तुलनामा यो वर्ष सात हजार ८५४ जना विद्यार्थी घटेका छन् ।
बोमलाल गिरी नवलपुर, मंसिर ८ गते । नवलपुरको देवचुलीमा पुस १५ गतेदेखि छैठौ देवचुली महोत्सव हुने भएको छ । देवचुली उद्योग वाणिज्य संघको आयोजनामा माघ ९ गतेसम्म महोत्सव हुन लागेको हो । आयोजकले आइतबार पत्रकार सम्मेलन गरी देवचुली नगरपालिका –१५ को देवचुली मल्टिपलेक्सको प्राङगणमा महोत्सव हुने जानकारी दिएको हो । महोत्सव करिव एक लाख पचास हजार दर्शकले अवलोकन गर्ने र १५ करोड आर्थिक कारोबार हुने अनुमान गरिएको संघका अध्यक्ष सत्यनारायण भुसालले जानकारी दिनुभयो । जिल्लाको समग्र आर्थिक तथा सामाजिक उत्थानका लागि शिक्षा, कृषि, पर्यटन, उद्योग, व्यापार र सवास्थ्य क्षेत्रमा टेवा दिने लक्ष्यसाथ महोत्सव आयोजना गरिएको आयोजकको भनाइ छ । महोत्सवबाट बचत भएको रकमबाट ५० प्रतिशत संघको फिक्स डिपोजिटमा राख्ने, बाँकी ५० प्रतिशतलाई सय प्रतिशत मानेर शिक्षामा १५ प्रतिशत, स्वास्थ्य सहयोग बिमामा २० प्रतिशत, व्यवशायिक हितका लागि २० प्रतिशत, पूँजि निर्माणमा २० प्रतिशत र विविधमा १० प्रतिशत छुट्याइने अध्यक्ष भुसालको भनाइ छ । मगर, बोटे, माझी, थारु, दराई, गुरुङ, तामाङ, नेवार, बाहुन, क्षेत्री लगायत विभिन्न जातजातिको भेषभुषा झल्कने सामग्रीको प्रदर्शनीमा राखिने, सोही जातजातिका घरहरु निर्माण गरिने, हस्तकलाका मूर्ति प्रदर्शन गरिने तथा विभिन्न खेलकुद र सांस्कृतिक कार्यक्रम गरिने आयोजकले जनाएको छ । महोत्सवमा पत्रकारहरुका लागि पानी पिउने प्रतियोगिता पनि आयोजना गरिएको भुसालले बताउनुभयो । महोत्सवमा एकसय ५० भन्दा बढी व्यावशायिक स्टल राखिने बताइएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकारको मुख्य प्राथमिकतामा सुशासन, भ्रष्टाचार नियन्त्रण र चुनाव रहेको बताउनुभएको छ । नेपाल पत्रकार महासङ्घ दोलखाद्वारा आज यहाँ आयोजित भेटघाट कार्यक्रममा उहाँले राज्य संयन्त्रलाई सरकारले हस्तक्षेप नगर्ने तर प्रभावकारी बनाउन मद्दत गर्ने बताउनुभयो ।