सुनसरीमा खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थापनलाई सहज र प्रभावकारी बनाउन जिल्ला प्रशासन कार्यालयले सरोकारवालाहरू र उद्योग व्यवसायीलाई आग्रह गरेको छ।
जिल्लाको पहिचान भएको ‘प्युठानी रातो मुला’ को बिउ उत्पादन सुरु भएको छ। केही वर्षअघि सम्म प्युठानलाई चिनाउने यस विशेष रातो मुलालाई संरक्षण गर्दै विस्तार गर्नका लागि वीऊ उत्पादन थालिएको हो।
घोराही बनाऔं अभियानले घोराही–४ भकारे (गोग्ली) स्थित नगर अस्पतालको भवन निर्माण कार्य छिटो सम्पन्न गरी अस्पतालको सेवा सूचारु गर्न माग गरेको छ ।
मुस्ताङमा यस वर्ष चौथो पटक हिमपात भएको छ। अत्याधिक हिमपातका कारण प्रभावित जनजीवनमा सुधार आएको उपल्लो मुस्ताङमा तापक्रम वृद्धिसँगै किसानहरू हिमपातबाट उत्साहित भएका छन्।
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा पर्वत जिल्लाबाट एक हजार ६८४ जना विद्यार्थी सहभागी हुने भएका छन्। परीक्षा चैत्र १९ गतेदेखि सुरु हुनेछ र जिल्लाभरका सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरू सहभागी हुने तयारी भएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाई कार्यालय पर्वतले जनाएको छ।
पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले सहरी पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै सुनवल चोकदेखि उत्तरतर्फ जाने सडक खण्डको स्तरोन्नति कार्य सुरु गरेको छ।
प्रतिनिधिसभाको समानुपातिक तर्फ बागलुङबाट तीन जना महिला सांसद बन्ने निश्चित भएको छ। बागलुङका दुई निर्वाचन क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशिल खड्का र शोम शर्माले जित हासिल गनुर्भएकाे थियाे ।
बाजुराका उच्च स्थानमा वर्षासँगै हिमपात भएको छ। गत आईतबार बेलुकी पानीसँगै उच्च स्थानमा हिमपात परेको हो।
केही समयअघिसम्म जागिरका लागि लोक सेवाको तयारी गरिरहनुभएकी निशा डाँगीलाई एकाएक राजनीतिले तान्यो । पत्रकारितामा रुचि राख्ने डाँगी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्नुभयो । अघिल्लो पटकको निर्वाचनमा २५ वर्षको उमेरमा रास्वपाबाट प्रतिनिधि स
बाँकेको नेपालगन्जस्थित चर्चित पर्यटकीयस्थल वाटरपार्कमा १०० किलोभन्दा बढी प्लास्टिक फोहोर भेटिएको छ। बास नेपालले आयोजना गरेको सरसफाई कार्यक्रमअन्तर्गत त्यहाँबाट उक्त फोहोर संकलन गरिएको हो।
मधेश प्रदेशभरमा नेपाली कांग्रेसबाट निर्वाचित एक मात्र प्रतिनिधि सभा सदस्य मो. फिरदोस आलमको चर्चा चुलिएको छ । उहाँको विजयले आलम परिवारको विरासत जोगिएको मात्र नभई मधेशका ३२ निर्वाचन क्षेत्रमध्ये ३१ वटा निर्वाचन क्षेत्र गुमाएको नेपाली कांग्रेसको रौतहट क्षेत्र २ जोगाउन पनि सफल हुुनुभएको छ । मधेश प्रदेशबाट आलम एक मात्र नेपाली कांग्रेसको प्रतिनिधित्व गर्न सफल हुनुभएको छ । रौ
जिल्लामा गत आर्थिक वर्षभर ३३०.२८ हेक्टरमा डढेलोेबाट वन क्षति भएको छ । डिभिजन वन कार्यालयका प्रमुख भरत बुढ्थापाका अनुसार उक्त वर्षमा २९ स्थानमा वन डढेलो लागेको र अनुमानित वन क्षेत्र करिब ३३० दशमलव २८ हेक्टर वन जङ्गल डढेलोबाट क्षति भएको बताउनुभयो ।
मोरङको रतुवामाई नगरपालिका–३ स्थित मिर्चाडाँगी गाउँलाई पिढाली बजारसँग जोड्ने रतुवाखोलामा निर्माणाधीन झोलुङ्गे पुलको काम अन्तिम चरणमा पुगेपछि स्थानीयवासी खुसी भएका छन् । मिर्चाडाँगी र पिढालीका
शिक्षक बन्ने सपना बोकेर शिक्षाशास्त्र सङ्कायमा अङ्ग्रेजी विषयमा स्नातक गर्नुभएका धनेन्द्रबहादुर कार्कीमा राजनीतिक चेतना युवावस्थामै थियो । गाउँकै विद्यालयबाट प्लस टु अध्ययन पूरा गरेर उच्च शिक्षाका लागि काठमाडौँ पुग्नुभएका कार्कीले त्यसपछि जी
प्रतिकूल मौसमका कारण बन्द भएको पोखरा–जोमसोम हवाई सेवा पुनः सुरु भएको छ । मङ्सिर १५ गतेदेखि हुस्सु, हिमपातसहित जाडोयाममा यात्रुको चापसमेत न्यून हुने भएकाले तीन महिनाका लागि स्थगित गरिएकोमा अनुकूल मौसमसँगै पर्यटकको चहलपहल बढ्न थालेपछि उडान भर्न सुरु गरिएको हो ।