निर्देशक तुलसी घिमिरेले युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरेर चलचित्र ‘पहाड’ निर्माण गरिएको बताउनुभएको छ ।
स्वरोजगारमार्फत स्थानीयलाई आत्मनिर्भर बनाउने उद्देश्यले यहाँस्थित शुक्लाफाँटा नगरपालिकाले १३३ जनालाई सीपमूलक तालिम प्रदान गरेको छ ।
कपिलबस्तुको बाणगंगा नगरपालिका–४ का रामलाल चालिसे प्राकृतिक उपचारका लागि म्याग्दीको सिंगा तातोपानी कुण्डमा यसपाली दोस्रो पटक आउनुभएको छ ।
गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थललाई तत्काल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन रूपन्देहीका उद्योगी–व्यवसायीले माग गरेका छन् ।
प्रसिद्ध धार्मिक स्थल रेसुङ्गाको काखमा निर्माण गरिएको सीताराम मन्दिरमा आगामी चैत १३ देखि १९ गतेसम्म ‘राम कथा, शिव पुराण पुराण पारायण, हनुमान चालिसा हवनात्मक अनुष्ठान तथा राष्ट्रकल्याण महायज्ञ’ हुने भएको छ ।
यहाँस्थित उच्च लेकाली भेगमा गएरातिदेखि वर्षासँगै हिमपात भएको हो । गत माघ दोस्रो सातापछि पनि जिल्लाको उच्च भेगमा वर्षासँगै हिमपात भएको थियो ।
डिभिजन वन कार्यालयले यहाँस्थित वन डढेलो नियन्त्रण तथा डढेलोबाट हुनसक्ने क्षति न्यूनीकरणका गर्न विभिन्न कार्यक्रम सञ्चालन गरेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
रोजगारी, अध्ययन, व्यापारलगायत विविध कार्यका लागि नेपाली विश्वभर छरिएर बसेका छन् । जहाँ बसे पनि नेपालीका लागि मातृभूमि नेपाल प्राणभन्दा प्यारो छ । कहिल्यै पराधीन नभएर स्वतन्त्र रूपले पहिचान बनाएको यो मुलुक सुन्दर छ । हिमाल, पहाड र तराइले बनेको नेपाल विभिन्न जातजाति, धर्म, संस्कृति, परम्पराले धनी छ । प्राकृतिक स्रोतको पनि कमी छैन । अहि
गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका कारण केही दिन चहलपहल बढेका डोटीका गाउँघर पुनः सुनसान हुन थालेका छन्।
निर्वाचन लोकतन्त्रको विशेष पर्व र नागरिकले एकसाथ मनाउने उत्सव हो ।
फागुन २१ को निर्वाचनमा नेपाली कांग्रेस जस्तो पुरानो लोकतान्त्रिक अनि एमाले र माओवादी जस्ता कम्युनिस्ट पार्टीहरूको कमजोर अवस्थाका बिच राष्ट्रिय स्वतन्त्र पार्टीले सोचेभन्दा बढी सफलता हात पारेको छ ।
तनहुँको भिमाद नगरपालिका–९ मा भएको ट्याक्टर दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । बुचाखानीबाट निर्माण सामग्री लिएर ठकुरीथर जाँदै गरेको लु ३ त ३०२६ नम्बरको ट्याक्टर नियन्त्रण गुमाएर सडकको नालीमा पल्टिँदा घाइते भएका कामदारको उपचारका क्रममा मृत्यु भएको हो ।
मुलुकको विषम परिस्थितिमा जिम्मेवारी समालेर प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको समयमा प्रतिनिधि सभाको निर्वाचन गराउने कार्यभार पूरा गर्नुभएको छ । निर्वाचन हुने/नहुने संशयबिच गत फागुन २१ गते स्वच्छ, स्वतन्त्र र शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न भएर मतपरिणाम सार्वजनिक भई नयाँ सरकार गठनको तयारी पनि भइरहेको छ । निर्वाचन गराउने दा
बागलुङको जैमिनी नगरपालिका–३ दमेकका ६८ वर्षीय शेरबहादुर गुरुङ फुर्सद मिल्यो कि डोको बुन्न बस्नुहुन्छ। डोको बुन्ने सिप उहाँका लागि अहिले पनि राम्रो आम्दानीको स्रोत बनेको छ।