सहमतिबिनै अखिल नेपािल फुटबल सङ्घ (एन्फा) ले चैत ३० गते देखि शहिद स्मारक ‘ए’ डिभिजन लिग आयोजना गर्ने तयारी गरेपछि क्लबहरु आन्दोलनमा उत्रिएका छन् ।
बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका सुर्खेतका पाँच जना बेपत्ता भएका छन् ।
काठमाडौँ महानगरपालिकाले बञ्चरेडाँडामा लैजाने फोहरको मात्रा घटाउने उद्देश्यका साथ छुट्टै सुक्खा फोहर व्यवस्थापन कार्य सुरु गरेको छ ।
कैलालीको वन निर्देशनलायमा कार्यरत वरिष्ठ डिभिजन वन अधिकृत कृष्णदत्त भट्टलाई प्रहरीले आज पक्राउ गरेको छ ।
बालिका इनिशा विक हत्यासम्बन्धी घटनाको शीघ्र छानबिन गरी संलग्न दोषीलाई कानुनबमोजिम कारबाही गर्न पीडित परिवारले माग गरेको छ ।
गुल्मीमा लक्षित समूहका २३ सयभन्दा बढी बालबालिका र किशोरीले पाठेघरको मुखको क्यान्सरविरुद्धको एचपिभी खोप लगाएका छन्।
इस्मा गाउँपालिका ५ को लाल कुमारी मन्दिरमा चैते दसैँमा सरायँ नाच हुने भएको छ ।
सप्तरीको छिन्नमस्ता गाउँपालिका–६ स्थित जनता माध्यमिक विद्यालय खुदीबखारी कुपहीमा परीक्षा फारम भर्ने विषयलाई लिएर विद्यार्थी र विद्यालय प्रशासनबीच विवाद उत्पन्न भएको छ ।
बाँकेको जानकी गाउँपालिका –६ गनापुरमा सञ्चालनमा रहेको शिव कत्था उद्योगबाट निस्किएको फोहोर पानी र लेदो नहरमा मिसिंदा आसपासका स्थानीयको स्वास्थ्यमा समस्या उत्पन्न भएको जनगुनासो आएपछि गाउँपालिकाका प्रतिनिधिहरुले स्थलगत अनुगमन गरेका छन् ।
कोशी प्रदेश सरकारले ‘प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान ऐन, २०७९’ लाई संशोधन गर्ने भएको छ ।
लमजुङमा खाना पकाउने एलपी ग्यास लगायत अत्यावश्यक वस्तुमा कृत्रिम अभाव सिर्जना हुन नदिन सरोकारवालाबिच बैठक बसेर ग्यास बिक्री–वितरणलाई व्यवस्थित बनाउने निर्णय गरिएको छ ।
निर्माण कार्य सम्पन्न भएर उद्घाटन भएको १० महिना बित्न लाग्दा पनि राजविराज बस पार्क अझै सञ्चालनमा आउन सकेको छैन् ।
सदरमुकाम बागलुङ बजारमा खाने तेलको अभाव देखिएपछि जिल्ला प्रशासन कार्यालयले बजार अनुगमन थालेको छ । बजारमा तेल प्रशस्त भएर उपभोक्तामा नपुगेको हो वा नभएर अभाव भएको पत्ता लगाउन पसलमा अनुगमन गरिएको हो ।
रौतहट जिल्लामा हुलाक सेवालाई छिटोछरितो, भरपर्दो र व्यवस्थित बनाइ प्रभावकारी सेवा प्रवाह गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जिल्ला हुलाक कार्यालयको अनुमगन गरेको छ ।
बैतडीमा चट्याङ लागेर चार पशु चौपाया मरेका छन् । जिल्लाको पाटन नगरपालिका–१०, बन्तडमा हावाहुरी र वर्षासँगै परेको चट्याङ लाग्दा चार पशुचौपाया मरेका हुन् ।