म्याग्दीको मंगला गाउँपालिका –५ स्थित चाङ्गाखर्क प्राकृतिक रुपमा मनोरम छ । चाङ्गाखर्कबाट लहरै हिमश्रृङ्खलाको दृश्यावलोकन गर्न सकिने सुन्दर पर्यटकीयस्थल भए पनि प्रचारप्रसार र पर्यटकीय पूर्वाधारको अभावमा ओझेलमा परेको छ ।
समूह ‘सी’ मा नेपालसहित दुई पटकको विजेता वेस्ट इन्डिज, एक पटकको विजेता इङ्ल्यान्ड, बङ्गलादेश र इटाली रहेको छ । नेपालले इङ्ल्यान्ड र इटालीसँग पहिलो पटक खेल्ने छ ।
नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको प्रक्रिया ‘ब्याक गियर’ नलाग्ने स्पष्ट गर्नुभएको छ।
प्रधानमन्त्री सुशीला कार्कीले उमेर हदका कारण बुधबारबाट अवकाश पाउन लाग्नुभएका नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याललाई बिदाइ गर्नुभएको छ ।
आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार मङ्गलबारसम्म ८० वटा राजनीतिक दलले दल दर्ताको निवेदन पेस गरेका छन् । आयोगमा सोमबारसम्म ६४ वटा राजनीतिक दल दर्ता भएका थिए ।
म्याग्दीको मंगला गाउँपालिका –४ स्थित अर्भल्याङमा मौलिक शैलीको परम्परागत घरले गाउँको शोभा बढाएको छ । बरंजा गाउँमा अहिले पनि मौलिक सीप र कलाबाट निर्माण गरिएका परम्परागत घर रहेका छन् । यहाँका स्थानीयहरुले मौलिकता झल्किने परम्परागत घरहरुको जगेर्ना गरेका छन् ।
जनकपुरधाममा सात दिवसिय सिता राम विवाहपञ्चमी महोत्सव उल्लासका साथ मनाइदै छ।
धरान उपमहानगरमा रहेको नेपाल प्रहरी विद्यालयले सातौं कोशी प्रदेश अन्तरविद्यालय डीआईजीपी रनिङ फुटबल प्रतियोगिता –२०८२ आगामी पुस ९ गतेदेखि गर्ने भएको छ ।
नेपालले युएईमा जारी एसिसी यु–१९ प्रिमियर कपमा विजयी सुरुवात छ । अजमानस्थित करवान ग्रुप मैदानमा मङ्गलबार भएको खेलमा नेपालले साउदी अरबियालाई आठ विकेटले हरायो ।
पश्चिम मकवानपुरको मनहरी गाउँपालिका –४ स्थित पशुपतिनाथ माध्यमिक विद्यालयमा अध्ययनरत २३ जना विद्यार्थीलाई पोशाक बितरण गरिएको छ ।
ताप्लेजुङमा हराएको मोटरसाइकल फेलापारि सम्बन्धित धनीलाई बुझाइएको छ । कात्तिक २८ गते फुङलिङ नगरपालिका –५ भानु बसपार्कनजिक रहेको खोल्सीबाट हराएको बाइक फेलापारि सम्बन्धित धनीलाई बुझाइएको हो ।
गृहमन्त्री ओमप्रकाश अर्यालले रुपन्देही जेनज़ी नेपाल समूहका केही युवालाई मङ्गलबार भेटेर उनीहरुले बुझाएका ज्ञापन पत्र बुझ्नु भएको छ।
नवलपुरको विनयी त्रिवेणी गाउँपालिका –३ सर्दीमा बम भेटिएको छ । मंगलबार सर्दी हिरौटेबाट पहेँलटाँडी जाने कच्ची बाटोको छेउमा ग्रिनेट बम भेटिएको नवलपुर प्रहरीले जनाएको छ ।
सङ्घीय सरकारले बाँसबाट निर्माण हुने संरचनाको डिजाइनसम्बन्धी मार्गदर्शन स्वीकृत गरेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात एवं सहरी विकासमन्त्री कुलमान घिसिङले हालै सो मार्गदर्शन स्वीकृत गर्नुभएको हो ।
जेनजी आन्दोलनको क्रममा कैलाली कारागारबाट भागेको १९ भारतीयसहित २३७ कैदीबन्दी अझै पक्राउ पर्न सकेका छैनन् ।