नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । मङ्गलबार नेप्से परिसूचक १५ दशमलव ०८ अङ्कले घटेर दुई हजार ६३१ दशमलव ९८ को विन्दुमा कायम भएको हो । यो शून्य दशमलव ५७ प्रतिशतको गिरावट हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले लोकतन्त्र र लेखक एक अर्काका पर्यायवाची भएको धारणा व्यक्त गर्नुभएको छ ।
कुनै समय गुमनाम जस्तै रहेको ढोरपाटन सिकार आरक्ष सडक सञ्जालले जोडिएपछि पर्यटकको रोजाइमा पर्न थालेको छ।प्राकृतिक सुन्दरता भरिपूर्णले ढोरपाटनमा पुग्ने पर्यटकको संख्या हरेक वर्ष बढ्दै गएको छ।ढोरपाटन उपत्यकामा रमाउने पर्यटकको नयाँ गन्तव्य बनेको छ– बुकी पाटन।
कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालको तेस्रो तल्लाबाट आज हाम फालेर एक बिरामी घाइते हुनुभएको छ। अस्पतालमा उपचाररत मिर्गौला पीडित गोदावरी नगरपालिका–१ का ६३ वर्षीय चक्रबहादुर सिंह हाम फालेर घाइते हुनु भएको हो।
सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१ मा अवस्थित भोटेचौर बजार र आसपासका दृश्य ।
प्रतिनिधिसभाको आजको बैठकले ‘केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०८१’लाई पारित गरेको छ। कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले प्रस्तुत गर्नुभएको सो विधेयकलाई सर्वसम्मतिले पारित गरिएको हो।
भारतको कर्नाटकमा सम्पन्न त्रिकोणीय डजबल प्रतियोगितामा नेपाल तेस्रो भएको छ ।
पश्चिम मकवानपुरको मनहरी गाउँपालिका ७ र ८ जोड्ने पक्की पुल बनाउँदा खारेज गरिएको पूर्व पश्चिम राजमार्गको जग्गा मिचेर बनाइएका १३ वटा घरटहरा भत्काइएको छ ।
तरकारी खेतीका लागि चर्चित रहेको बाँकेको डुडुवा गाउँपालिका–६ हिरमिनियाका किसान मकै खेतीतर्फ आकर्षित भएका छन्। तरकारी खेती गर्दै आएका सो क्षेत्रका किसान पछिल्लो समयमा मकै खेतीतर्फ आकर्षित भएका हुन्।
सप्तरीको सुरुङ्गा नगरपालिकाले क्षयरोग मुक्त पालिका घोषणा गर्ने तयारी स्वरूप रोगीको पहिचान र उपचार अभियानको सुरुवात गरेको छ ।
सांसद पशुपतिशमशेर जबराले विद्युत् उत्पादन बढाएर मुलुकको अर्थतन्त्र सुधार गर्न आग्रह गर्नुभएको छ ।
रााष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रमाथि प्रहरीले दुर्व्यवहार गरेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले शिक्षकहरूलाई दिनैपिच्छे बानेश्वरको किनारमा प्रदर्शन गर्दै गीत गाउने रूपमा व्यवस्थापन नगरी विद्यालय फर्किने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।
हावाहुरीले मकै बालीमा क्षति पुर्याएको छ । पाक्न लागेको मकैको बोट हावाहुरीले ढाल्दा किसानलाई ठुलो क्षति पुगेको हो । हावाहुरीसहितको असिना पानीले मकै लगायत तरकारी बालीमा क्षति पुर्याएको कृषि ज्ञानकेन्द्र सुनसरीले जनाएको छ ।
सुनसरीको गढी गाउँपालिका ५ सतैरझोराका अगुवा कृषकहरूका लागि कृषि तालिम सम्पन्न भएको छ ।