काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले उपभोक्ता हित संरक्षणका लागि सरकारले स्थानीय तहलाई दिएको अधिकार पर्याप्त नभएको बताउनुभएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आइतबार करिब सात देशलाई हर्मुज स्ट्रेटमा आफ्नो जलमार्गको सुरक्षा गर्न युद्धपोत पठाउन आग्रह गर्नुभएको छ ।
हुम्लाका उच्च स्थानमा वर्षासँगै हिमपात भएको छ । आइतबार बेलुकी पानीसँगै उच्च स्थानमा हिमपात परेको हो ।
जिल्ला प्रहरी कार्यालय सल्यानले फागुन महिनामा जिल्लाका विभिन्न स्थानबाट बेवारिसे अवस्थामा रहेका १६ नाल भरुवा बन्दुक बरामद गरेको छ ।
प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौँ जिल्ला प्रशासन कार्यालयको सेवा प्रवाहको अवस्थाको निरीक्षण अवलोकन गर्नुभएको छ ।
स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागबीच समझदारी भएको छ ।
मतान्तर अत्यन्तै सानो भए पनि चुनावी खर्चमा भने उल्लेख्य अन्तर देखिएको छ । निर्वाचनमा विजयी हुनुभएका पोखरेलले १० लाख ३४ हजार ७०० रुपियाँ खर्च भएको विवरण बुझाउनुभएको छ । यता नेपाली कांग्रेसका उम्मेदवार लुईंटेलले ३० लाख ९९ हजार १५० रुपियाँ खर्च भएको विवरण सार्वजनिक गर्नुभएको छ ।
जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान पछिल्लो समयमा चिकित्सा शिक्षा अध्ययनको विद्यार्थीको आकर्षण केन्द्र बन्दै गएको छ ।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालसँग नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत चाङ माओमिङले शिष्टाचार भेट गर्नुभएको छ ।
देशभरका यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएको भन्दै सवारीसाधनमा भाडा समायोजन गर्न माग गरेको हो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ ।
छ वर्ष कैद र २२ करोडभन्दा बढी जरिवाना तोकिएका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउत (सीके राउत)ले संसदीय राजनीतिबाट सन्यास लिने घोषणा गर्नुभएको छ ।
दार्चुलामा महाकाली नदीमा डुबेर एक बालक वेपत्ता भएका छन् ।
लुम्बिनी प्रदेश सरकारमार्फत निर्माण थालिएको नवलपरासीका अलपत्र आयोजनाको काम तत्काल अगाडि बढाउने प्रतिबद्धता अनुरूप पुल निर्माणको काम धमाधम भइरहेको छ ।