जापानको टोकियो उच्च अदालतले समलिङ्गी विवाहमा देशले लगाएको प्रतिबन्धलाई संवैधानिक ठहर गर्दै त्यसलाई विद्यमान रूपमै कायम राख्ने निर्णय गरेको छ ।
युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीका चिफ अफ स्टाफ एन्ड्री यर्माकका घर तथा कार्यालयमा भ्रष्टाचारविरोधी एकाइले छापा मारेको छ ।
नेपाली कांग्रेस निकट युवा विद्यार्थीहरुले शुक्रबार काठमाडौँमा आयोजना गरेको नियमित महाधिवेशनका लागि युवा विद्यार्थी भेलाका सहभागीहरू ।
नेपालगन्जस्थित आदर्श उच्च माविले ‘एमबिबिएस’ प्रवेश परीक्षामा पूर्णछात्रवृत्ति पाउन सफल विद्यार्थीलाई सम्मान गरेको छ।
पूर्वी अफगानिस्तानको लघमान प्रान्तमा सडक दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । मृत्यु हुनेमा एक महिला र एक बालक रहेका प्रान्तीय प्रहरी कार्यालयले बिहीबार राति जनाएको छ ।
अमेरिकी आयात-शुल्क बढेपछि जर्मन उद्योगमा थप दबाब परेको एक नयाँ व्यावसायिक सर्वेक्षणले देखाएको छ । सर्वेक्षणका अनुसार, जर्मनीका करिब तीनमध्ये दुई उत्पादन उद्योगले आफ्नो उत्पादन विदेश सारिसकेका छन् ।
नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत शुक्रबारको दोस्रो खेलमा कर्णाली याक्सले विराटनगर किंग्सविरुद्ध पहिले ब्याटिङ गर्दैछ ।
यही मङ्सिरको अन्तिम साता काठमाडौंमा हुने नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनका लागि म्याग्दीबाट युवा नेता प्रकाश पौडेल सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधिमा चयन हुनुभएको छ।
सन् २०२५ को पहिलो नौ महिनासम्म विश्वभरि पर्यटक आवागमन लगातार बढ्दै गएको संयुक्त राष्ट्र पर्यटनले बिहीबार सार्वजनिक गरेको नयाँ तथ्याङ्कले देखाएको छ ।
काठमाडौँ महानगरपालिकाले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने व्यक्तिलाई निःशुल्क स्वास्थ्योपचार प्रदान गर्ने भएको छ ।
सल्यानमा विद्यार्थी सवार शैक्षिक भ्रमणको जिप दुर्घटना हुँदा १० जना घाइते भएका छन् ।
यातायात व्यवस्था कार्यालय विराटनगरले अवरुद्ध सवारीचालक अनुमतिपत्र प्रदान सेवा सञ्चालनमा ल्याएको छ ।
धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक लगातार पाँचै दिन बढेर उकालो लागेको छ ।
दोलखाको तामाकोशी गाउँपालिकाले आगामी माध्यमिक शिक्षा परीक्षा (एसइई) लक्षित गर्दै आवासीय शिक्षण–सिकाइ कार्यक्रम सञ्चालन गरेको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालसँग मधेस प्रदेशका गृह, कानुन तथा सञ्चार मन्त्री विमला अन्सारीले भेटवार्ता गर्नुभएको छ।