गुल्मी क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित इन्जिनियर सागर ढकालले राज्यको नीति निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य पदका निर्वाचनमा डोटीबाट नेपाली कांग्रेसका उम्मेदवार भरतबहादुर खड्का निर्वाचित हुनुभएको छ । विसं. २०३२ मा नेपाल विद्यार्थी सङ्घबाट राजनीतिक यात्रा सुरु गर्नुभएका खड्का नेपाल विद्यार्थी सङ्घ डोटी क्याम्पस एकाइ समितिको उपसभापति हुनुभयो । पहिलो पटक २०३९ सालमा २३ वर्षको उमेरमा तत्कालीन खिरसैन गाउँपञ्चायतको प्रधानपञ्चबाट जनप्रतिनिधिको रूपमा आफूलाई उभ्याउनुभयो ।
शिवालय गाउँपालिका–९, नहाडामा जन्मिएका खड्गबहादुर बुढा पहिलो पटक संसदीय यात्रा सुरु गर्दै हुनुहुन्छ । गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य पदमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार भई निर्वाचित भएपछि उहाँ पहिलो पटक संसदीय यात्रामा प्रवेश गर्नुभएको हो । नेपाल विद्यार्थी सङ्घबाट राजनीतिमा प्रवेश गरेका बुढाले १३ औँ महाधिवेशनमा नेपाली कां
गत फागुन २३ गते सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ को जनजागरण सामुदायिक वनका मृत भेटिएकी १६ वर्षीय इनिशा विकको शव अझै उठेको छैन । स्वतन्त्र र निष्पक्ष छानबिन, घटनामा संलग्नलाई कडा कारबाहीसहित न्यायको माग राख्दै घटना भएको १० दिन बितिसक्दा पनि उहाँको परिवारले शव उठाउन मानेको छैन । इनिशाको शव सुर्खेतस्थित प्रदेश अस्पतालमै छ ।
गुल्मीमा हुरीबतास, असिना पानीसहितको बर्षाले धनबालीमा क्षति पुगेको छ । चट्याङले रुरु गाउँपालिका-१ भटकुवाकी मन्जु ज्ञवाली घाइते हुनु भएको छ । उहाँ रिडी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गरेर घर फर्किनु भएको छ ।
सोमबार रातिको हावाहुरीको कारण धनकुटा सदरमुकामसहित विभिन्न स्थानमा क्षती पुगेको छ । सोमबार राती ८ बजे देखि ९ बजे सम्म करिब एक घण्टा आएको हावाहुरीका कारण सदरमुकामका केही घरमा क्षती पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
समाजमा कहिलेकाहीँ अनौठो भाष्य बन्छ । नयाँ सबै ठिक र पुराना सबै गलत । इतिहासका कालखण्डमा कतिपय भौतिक पूर्वाधार धेरैपहिले नै प्रभावकारी रूपमा रचना गरिएको देखिन्छ । नेपालको पूर्वाधार इतिहासमा ती अति उपयोगी मात्र होइन, गौरवका विषय पनि थिए । त्यसमा काठमाडौँ र हेटौँडा रज्जु अर्थात् रोपवे पनि मान्न सकिन्छ । तारका माध्यमबाट समान ढुवानी गर्न सकिने यो मार्ग छ दशकअघि निर्माण भई सञ्चालनमा आएको थियो । यो मालसमान ढुवानी गर्न २०२० सालमै तयार भएको थियो । अमेरिकी सरकारको २९ करोड रुपियाँ
हालै सम्पन्न चुनावमा २०७९ सालमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक विश्लेषकको अनुमानभन्दा फरक नतिजा ल्याएको छ । १८२ सिट अर्थात् झन्डै दुई तिहाइ सिटको जितपश्चात् रास्वपाले हासिल गरेको सफलतालाई चुनावी लहर विशेष गरेर बालेन्द्र (बालेन) शाहको पक्षमा आएको लहर भनेर विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय सञ्चार जगत् र
जेनजी विद्रोहले परम्परागत राजनीतिक संरचना र नेतृत्वमा गरेको बलशाली हस्तक्षेपपछि आमनिर्वाचनमार्फत देशले नयाँ गन्तव्य तय गरेको छ । राजनीतिक स्थायित्वको सन्देशसँगै नयाँ सरकारबाट आमनागरिकले सेवा प्रवाहमा तत्कालै उल्लेख्य सुधार, पारदर्शिता, सुशासन खोजेका छन् । संरचनागत सुधार र लोकतन्त्रको सुदृढीकरणबाट मात्रै यी जनअपेक्षा पूरा हुन सक्छन् । भ्रष्टाचार नियन्त्रण, सार्वजनि
प्रविधि–सुगमता र सूचना–बाढीसँगै युवामा आलोचनात्मक चेत घट्दै गएको विरोधाभास प्रस्ट देखिन्छ । मनोरञ्जनप्रधान डिजिटल संस्कृतिले विचार निर्माणको गहिराइ सतहमा झारेका बेला समाधान मिडिया–सूचना साक्षरता, तथ्य जाँचको अभ्यास र नीतिस्तरको दीर्घकालीन लगानीमा निहित छ ।
दादुरा प्रभावित क्षेत्र ढोरपाटनमा खोप लगाइएको छ । खोप अभियान सम्पन्न गरेपनि दादुरा अझै नियन्त्रणमा आइनसकेको हो । फागुनको पहिलो सातादेखि फैलिएको दादुराका अझै २० बिरामी आइसोलेसनमा उपचाररत रहेका छन् ।
बहुविवाह गरी अदालतबाट दोषी ठहर भएका व्यक्ति पक्राउ परेका छन् । जिल्लाको रिव्दीकोट–८, का ३९ वर्षीय ढालबहादुर विकलाई जिल्ला प्रहरी कार्यालय पाल्पाले पक्राउ गरेको हो ।
अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि इरानले हर्मुज (डमरु) को जलमार्ग बन्द गरेको छ । यो जलमार्गले साउदी अरेबिया, इरान, इराक र संयुक्त अरब इमिरेट्स जस्ता प्रमुख तेल उत्पादक देशलाई ओमानको खाडी र अरब सागरसँग जोड्छ । यही मार्गबाट विश्वको करिब २० प्रतिशत कच्चा तेल आपूर्ति हुने गथ्र्यो । उक्त जलमार्ग बन्द भएपछि विश्वव्यापी तेल बजार प्रभावित भइरहेको छ ।
सुक्खायामसँगै म्याग्दीमा डढेलोको जोखिम बढेको छ । आगोको जथाभावी प्रयोगले वनजङ्गलमा डढेलोको जोखिम बढेको हो । आगलागीका घटनाले वनजङ्गलसँगै, वन्यजन्तु, जडीबुटी र पर्यावरणमा विनाश निम्त्याउने गरेको छ ।
१०० वर्ष अघिको गोर्खापत्र