लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सङ्घीय सरकारले संविधानले दिएको अधिकार प्रदेशमा सहज रूपमा प्रत्यायोजन गर्नुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा शुक्रबार दाङ जिल्लाको देउखुरीमा आयोजित अन्तरसरकारी समन्वय संयन्त्र, कूटनीतिक मामिला तथा समन्वय परिषद्को निर्णय कार्यान्वयनको अवस्थाबारेमा उहाँले संवैधानिक अधिकार हस्तान्तरण नहुँदा प्रदेश सरकारले खुलेर काम गर्न नपाएको बताउनुभयोे ।
काठमाडौँमा मङ्सिरको अन्तिम साता हुने नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनका लागि स्याङ्जाबाट सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधिहरु चयन गरिएको छ ।
पछिल्लो समय तानसेन नगरपालिकाले गौरवको आयोजनाका रूपमा अगाडि सारेको बसपार्क निर्माणका काममा पनि ढिलाइ भएको छ । निर्माण व्यवसायी र नगरपालिकाका कारण बसपार्क निर्माणले गति लिन सकेको छैन ।
मिथिलाकी छोरी सीता । राजर्षि जनककी राजकुमारी भएर जनकपुरधामको दरबारमा हुर्केकी सीता वास्तवमा समग्र मिथिलाकै छोरी हुन् । उनी पृथ्वी स्वरूपा हुन् । राजा स्वयम् किसान भएर हलो जोत्ने क्रियाको प्रसङ्गले सीताको जन्मको महात्म्यलाई झनै महान् बनायो ।
बेनी नगरपालिका ७ मा रहेको बेनी सामुदायिक मावि र मालिका गाउँपालिका ६ दरवाङको केबि एकेडेमी म्याग्दी सदरमुकाम बेनीमा जारी २३ औँ अन्तर मावि. जेसीजकप फुटवल प्रतियोगिताको फाइनलमा पुगेका छन् ।
हाल हाम्रो पृथ्वीको जलवायुमा निरन्तर अकल्पनीय परिवर्तन आइरहेका छन् । यस्ता परिवर्तनले मानव मात्र होइन धराबासी सारा सजीवलाई अस्तित्वको रक्षाका लागि चुनौती दिइरहेका छन् । यस्ता चुनौतीलाई सामना गर्न र मानवलगायत सम्पूर्ण जीवको जीवन सुरक्षाका लागि वातावरण पत्रकारिताको महत्व तथा दायित्व दिनप्रतिदिन बढिरहेको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाले एक जना फरार प्रतिवादीलाई ३८ वर्षपछि पक्राउ गरेको छ ।
नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४२ रुपियाँ ८४ पैसा र बिक्रीदर १४३ रुपियाँ ४४ पैसा निर्धारण गरिएको छ ।
‘खाने मुखलाई जुँगाले छेक्दैन’ भन्ने नेपाली उखानलाई चन्द्रागिरी नगरपालिका–३, स्थित समृद्धि टोलमा अवस्थित ‘सिर्जनशील महिला संस्था’ ले चरितार्थ गरिदिएको छ । टोलमा बसोबास गर्ने केही महिला मिलेर २०७७ सालमा कानुनी प्रक्रिया पूरा गरी ‘सिर्जनशील महिला संस्था’ नामक संस्था दर्ता गरियो । नेपालमा परम्परादेखि चल्दै आएको बहुचर्चित मौलिक नौमती बाजाको संरक्षण र संवर्धन गर्ने मुख्य उद्देश्य
राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)मा शनिबार पनि दुई खेल हुँदैछ ।
राष्ट्रको समान विकासका लागि समान पहुँच र सहभागितालाई ग्यारेन्टी गर्न संवैधानिक व्यवस्था मात्रै यथेष्ट हुँदैन । समान विकास हुँदा मात्रै दिगो शान्ति स्थापना हुने हुँदा समावेशिता र शान्ति एकअर्काका पर्याय बन्न पुग्छन् ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सरकारको मुख्य प्राथमिकता सुशासन, भ्रष्टाचार नियन्त्रण र निर्वाचन रहेको बताउनुभएको छ ।
विपिन कार्की अभिनीत नेपाली चलचित्र ‘काजी’ को प्रदर्शन मिति निश्चित भएको छ । आगामी नयाँ वर्षलाई लक्ष्य गरी निर्माण टिमले शुक्रबार चलचित्रको फस्र्ट लुक पोस्टर सार्वजनिक गर्दै आउँदो चैत २७ लाई रिलिज मिति तोकेको हो ।
नेपालका हलमा कलिउड चलचित्र ‘हर्ष’ र बलिउड चलचित्र ‘तेरे इस्क मे’ प्रदर्शनमा आएका छन् । एकता पौडेल निर्देशित ‘हर्ष’ पारिवारिक कथावस्तुमा आधारित छ ।
लिपि तथा इतिहासविद् डा. श्यामसुन्दर राजवंशीको इतिहास र संस्कृतिसम्बन्धी पुस्तक ‘विक्रम संवत्देखि लुम्बिनीसम्म’ लोकार्पण गरिएको छ । चिबहाल, ठमेल, गौचरमा इखबरनेट मिडियाको आयोजनामा भएको कार्यक्रममा संस्कृतिशिरोमणि हरिराम जोशी, पुरातत्व विभागकी महानिर्देशक सौभाग्य प्रधानाङ्ग, वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’, दिलबहादुर महर्जन र इखबर नेटका प्रधान सम्पादक प्रदीप सापकोटाले संयुक्त रूपमा कृति लोकार्पण गर्नुभएको हो ।