धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण सल्यानमा रहेका धेरै सम्भावनायुक्त पर्यटकीय स्थलहरू अझैसम्म अपेक्षित रूपमा विकास र प्रचारप्रसार हुन सकेका छैनन् ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार फागुन महिनामा १० वटा मुद्दा दर्ता भएका छन् ।
चैत १ गतेदेखि जिल्लामा ‘वन डढेलो नियन्त्रणमा प्रभावकारिताः तीनै तहका सरकार र समुदायको सहभागिता’ भन्ने नाराका साथ वन डढेलो व्यवस्थापनसम्बन्धी सप्ताहव्यापी कार्यक्रम सुरु गरिएको हो ।
बर्दियामा एक शिक्षकमाथि बाल यौन दुराचारको आरोप लागेको छ। मधुवन नगरपालिका–५, रातामाटेस्थित आधारभूत विद्यालयमा कार्यरत शिक्षक यामप्रसाद शर्मामाथि आफ्नै विद्यार्थीमाथि यौन दुराचार गरेको आरोप लागेको हो।
नेपालगन्ज उपमहानगरपालिकाले सडक अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम दिएको छ। उपमहानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै सुर्खेत रोडअन्तर्गत धम्बोझी चोकदेखि कारकाँदो चोकसम्म तथा आयल निगम चोकदेखि सरोजनी अस्पताल हुँदै राँझा चोकसम्मको सडक खण्डमा अतिक्रमण हटाउन समयसीमा तोकेको हो।
नेपालमा नसर्ने रोगको जोखिम बढ्दै गएको चुनौतीपूर्ण अवस्थालाई मध्यनजर गर्दै लुम्बिनी प्रदेश सरकारले प्रदेशभरि १५ वटा खुला व्यायामशाला निर्माण गर्ने भएको छ।
हावाहुरीका कारण खोटाङमा ३० भन्दा बढी घरको छाना उडेको छ। चैत २ गते दिउँसोदेखि रातिसम्म चलेको हावाहुरीले जिल्लाका घरहरूमा व्यापक क्षति पुर्याएको हो।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
लमही नगरपालिका–५, लमहीका आशारानी चौधरीको मुख्य पेसा अचार व्यवसाय हो । उहाँ अहिले अचार बिक्रीका लागि घोराहीमा जारी लुम्बिनी प्रदेशस्तरीय महोत्सवमा आउनुभएको छ ।
मध्यपूर्वमा जारी युद्धका कारण सिर्जित असहज परिस्थितिमा दैनिक उपभोग्य वस्तुको अभाव हुन नदिन पूर्वसतर्कता अपनाउने निर्णय बागलुङका सरोकारवालाले गरेका छन्।
कुनै समय झापाको मेचीनगर–२ भृकुटीका ३२ वर्षीय भीमबहादुर भट्टराईको ओत लाग्ने छानो चुहिन्थ्यो । बिहान के खाउँ, बेलुका के खाउँ भन्ने गर्जो टार्नै उहाँलाई धौधौ थियो ।
नेपाल पर्यटन बोर्डले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल, नागरिक उड्डयन कार्यालय र पर्यटक प्रहरीसँगको सहकार्यमा पर्यटक सूचना केन्द्र सञ्चालन गर्ने भएको छ ।
महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण गराउन र प्रारम्भिक उपचारका लागि काठमाडौँ महानगरपालिका र वीर अस्पतालबीच सम्झौता भएको छ ।
भाँचिएको रुखको हाँगा लागेर उदयपुरको कटारी नगरपालिका–८, थलियाटारकी ४९ वर्षीया मिनामाया तामाङको सोमबार राति मृत्यु भएको छ।
मकवानपुरको पूर्वी क्षेत्रस्थित बकैया गाउँपालिका–३, हात्तीसुडे बजारमा मोटरसाइकलले ठक्कर दिँदा तीन जना बालिका घाइते भएका छन् ।