मध्यपूर्वमा युद्ध तीव्र बन्दै गर्दा संयुक्त अरब इमिरेट्सले अस्थायी रूपमा विमान उडान रोकेको घोषणा गरेको छ। दुबईमा मङ्गलबार बिहान विस्फोट सुन्न सकिएका थिए, जब देशका सैनिकहरूले इरानबाट आउने मिसाइल र ड्रोनलाई निशाना बनाउने प्रयास गरे।
हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबिएल) मा केभिसी हाउन्ड्सले पहिलो जित निकालेको छ ।
श्रीलङ्काले देशमा देखिएको इन्धन अभाव व्यवस्थापन गर्न सरकारी क्षेत्रका कर्मचारीहरूको काम गर्ने समय तालिकामा परिवर्तन गर्ने निर्णय गरेको छ ।
जिल्लाको सदरमुकाम गमगढी बजारमा सोमबार बजार अनुगमन गरी म्यान नाघेका सामानहरू नष्ट गरिदिएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले पितृशोकमा रहनुभएका नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर समवेदना प्रकट गर्नुभएको छ ।
पाल्पाबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा चार हजार ७९२ जना विद्यार्थी सहभागी हुने भएका छन् ।
धार्मिक, सांस्कृतिक तथा प्राकृतिक सम्पदाले भरिपूर्ण सल्यानमा रहेका धेरै सम्भावनायुक्त पर्यटकीय स्थलहरू अझैसम्म अपेक्षित रूपमा विकास र प्रचारप्रसार हुन सकेका छैनन् ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार फागुन महिनामा १० वटा मुद्दा दर्ता भएका छन् ।
चैत १ गतेदेखि जिल्लामा ‘वन डढेलो नियन्त्रणमा प्रभावकारिताः तीनै तहका सरकार र समुदायको सहभागिता’ भन्ने नाराका साथ वन डढेलो व्यवस्थापनसम्बन्धी सप्ताहव्यापी कार्यक्रम सुरु गरिएको हो ।
बर्दियामा एक शिक्षकमाथि बाल यौन दुराचारको आरोप लागेको छ। मधुवन नगरपालिका–५, रातामाटेस्थित आधारभूत विद्यालयमा कार्यरत शिक्षक यामप्रसाद शर्मामाथि आफ्नै विद्यार्थीमाथि यौन दुराचार गरेको आरोप लागेको हो।
नेपालगन्ज उपमहानगरपालिकाले सडक अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम दिएको छ। उपमहानगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै सुर्खेत रोडअन्तर्गत धम्बोझी चोकदेखि कारकाँदो चोकसम्म तथा आयल निगम चोकदेखि सरोजनी अस्पताल हुँदै राँझा चोकसम्मको सडक खण्डमा अतिक्रमण हटाउन समयसीमा तोकेको हो।
नेपालमा नसर्ने रोगको जोखिम बढ्दै गएको चुनौतीपूर्ण अवस्थालाई मध्यनजर गर्दै लुम्बिनी प्रदेश सरकारले प्रदेशभरि १५ वटा खुला व्यायामशाला निर्माण गर्ने भएको छ।
हावाहुरीका कारण खोटाङमा ३० भन्दा बढी घरको छाना उडेको छ। चैत २ गते दिउँसोदेखि रातिसम्म चलेको हावाहुरीले जिल्लाका घरहरूमा व्यापक क्षति पुर्याएको हो।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
लमही नगरपालिका–५, लमहीका आशारानी चौधरीको मुख्य पेसा अचार व्यवसाय हो । उहाँ अहिले अचार बिक्रीका लागि घोराहीमा जारी लुम्बिनी प्रदेशस्तरीय महोत्सवमा आउनुभएको छ ।