हरिकृष्ण ऐडी
मुगु,चैत ३ गते । जिल्लाको सदरमुकाम गमगढी बजारमा सोमबार बजार अनुगमन गरी म्यान नाघेका सामानहरू नष्ट गरिदिएको छ।
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय मुगुको आयोजनामा जिल्ला प्रशासन कार्यालय मुगुका प्रशासन अधिकृत रविन्द्र मिश्रको नेतृत्वमा सदरमुकामको वडा नं १ र २ मा बजार अनुगमन गरी म्याद नाघेका सामानहरू नष्ट गरिएको हो।
अनुगमनमा वेस्ट भेराइटीमा मूल्य सुची राख्नुपर्ने, तराजु नापतौल विभागमा नवीकरण गर्ने, प्याकेजिङ सामानमा खाद्य विभागबाट अनुमतिपत्र लिई लेबल राखी मात्र बिक्री वितरण गर्न निर्देशन दिइयो।
यस्तै म्याद नाघेका सामानहरू स्प्राइट, कोकाकोला, बिस्कुट, चकलेट, जुस जस्ता सामनाहरु जफत गरी नष्ट गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय मुगुका कार्यालय प्रमुख कमल भट्टले जानकारी दिनुभयो।
साथै तीन दिनभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिइँयो। एच.के. खाद्य स्टोरमा तराजु नापतौल विभागमा नवीकरण गर्न, चामलको बोराहरूमा उत्पादन मिति नभएकोले उत्पादन मिति नभएको बिक्री वितरण नगर्न निर्देशन दियो।
त्यस्तै कामना स्टोरमा मूल्य सूची राख्नुपर्ने, तराजु नापतौल विभागमा नवीकरण गर्न, याद नाघेको सामानहरू छुट्टै राख्न निर्देशन दिएको छ ।
यशोधा अर्डर एन्ड सप्लायर्स पसलमा मूल्य सुची राख्नुपर्ने, तराजु नापतौल विभागमा नवीकरण गर्न, प्याकेजिङ सामानमा खाद्य विभागबाट अनुमतिपत्र लिई लेबल राखी मात्र बिक्री वितरण गर्न निर्देशन दियो।
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयका अनुसार बजार अनुगमन गर्दा म्याद नाघेका सामानहरू जफत गरी नष्ट गरिएको हो।