सल्यानको प्रमुख व्यापारिक केन्द्र श्रीनगर क्षेत्रमा अब जथाभाबी र अव्यवस्थित पार्किङ गर्ने सवारी साधनलाई दुई हजार ५०० रुपियाँसम्म जरिवाना गरिने भएको छ ।
पर्वत जिल्लामा शिक्षा ऐन कार्यान्वयन नहुँदा सामुदायिक विद्यालयका प्रधानाध्यापकको नियुक्ति प्रक्रिया प्रभावित बनेको छ ।
तराई मधेशमा गर्मी बढेपछि राजविराज नगरपालिकाले सामुदायिक विद्यालयका विद्यार्थीलाई गर्मी छल्न पङ्खा वितरण कार्यक्रम शुरु गरेको छ ।
ताप्लेजुङमा हावाहुरीले डेढ दर्जन बढी निजी घर तथा सार्वजनिक संरचनामा क्षति गर्दा लाखौं मूल्य बराबरको नोक्सानी भएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित प्रसिद्ध पर्यटकीय गन्तव्य खोप्रालेकमा चैत लागेपछि भएको हिमपातले यस क्षेत्रलाई सेताम्मे बनाएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको सुधार देखिएको छ ।
गोरेटो एजुकेसन कन्सल्टेन्सीको आयोजनामा यही चैत ७ गते बहुगन्तव्य शैक्षिक मेला हुने भएको छ।
गृह मन्त्रालयले नेपाल-चीन सम्बन्धमा नकारात्मक असर पुर्याउने किसिमका गतिविधिमा संलग्न दोषीमाथि छानबिन गरी कारबाही गर्न नेपाल प्रहरीलाई निर्देशन दिएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डोलप्रसाद अर्यालले जनताको आशा र विश्वासलाई कायम राख्दै आफ्नो जिम्मेवारी पुरा गर्न आग्रह गर्नुभएको छ।
हिमाली जिल्ला हुम्लामा दशदेखि चौध वर्ष उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सर (एचपिभी) विरुद्धको खोप चैत १५ गतेभित्र लगाइने भएको छ।
सुनसरीमा सोमबार राति आएको हावाहुरीसहितको असिनापानीले मकै, गहुँ तथा तरकारी बालीमा ठुलो क्षति पुर्याएको छ।
दादुराबाट प्रभावित ढोरपाटनका बिरामीमध्ये ६७ जना घर फर्केका छन् भने २० जनाको ‘आइसोलेसन’मा उपचार भइरहेको छ ।
पश्चिम बागलुङको भुजीखोलामा भीषण बाढी आएको पाँच वर्ष बितिसक्दा पनि पीडितले आवास निर्माण गर्न सकेका छैनन् ।
महिलाको स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण गराउन र प्रारम्भिक उपचारका लागि काठमाडौँ महानगरपालिका र वीर अस्पतालबीच सम्झौता भएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित कार्यालयमा विभिन्न प्रकारका १९ हजार क्विन्टल चामल र १० हजार क्विन्टल धान स्टक रहेको छ ।