नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपियाँ ५० पैसा र बिक्रीदर १४८ रुपियाँ १० पैसा तोकिएको छ ।
नेपाल बैङ्क लिमिटेडले ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्ने नयाँ योजना ल्याएको छ । सो योजना अनुसार उक्त बैङ्कबाट कर्जा लिई २०७९ चैत मसान्तअगाडि खराब वर्गमा वर्गीकरण भएका बक्यौता साँवा एक करोड रुपियाँसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकले २०८३ असार मसान्तभित्र सर्तसहितको ब्याज छुट सुविधा पाउने छन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित चाम्लिङ राई भाषा
नेपाल राष्ट्र बैङ्कले प्राथमिकताप्राप्त क्षेत्रमा कर्जा प्रवाहसम्बन्धी व्यवस्था संशोधन गर्दै तीन नयाँ क्षेत्र थपेको छ । नयाँ व्यवस्था अनुसार अब पर्यटन, सूचना प्रविधि र स्वदेशी कच्चा पदार्थमा आधारित निर्यातमूलक उद्योगलाई प्राथमिकता क्षेत्रमा समेटिएको छ ।
हाल देशमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
सङ्घीय संसद् सचिवालयले चैत १३ गतेभित्र नवनिर्वाचित सदस्यको शपथग्रहण गराउने आन्तरिक तयारी गरेको छ । निर्वाचन आयोगले चैत ५ गते निर्वाचन परिणामसम्बन्धी प्रतिवेदन राष्ट्रपतिलाई बुझाउने जनाएको छ । आयोगले परिणाम बुझाएको केही दिनभित्रै शपथग्रहण गराउने सचिवालयको तयारी छ ।
ओखलढुङ्गामा सोमबार दिउँसोदेखि रातिसम्म चलेको हावाहुरीका कारण ६ घर र २ विद्यालयमा क्षति पुगेको छ । प्रारम्भिक विवरण अनुसार घर तथा विद्यालयका छाना उड्दा करिब ९ लाख ३० हजार रुपियाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
काठमाडौँको तारकेश्वर नगरपालिकामा पहिलोपटक ऐतिहासिक घोडेजात्रा महोत्सव हुने भएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको सफलताप्रति चिनियाँ कम्युनिष्ट पार्टी (सिपीसी)ले बधाई तथा शुभकामना व्यक्त गरेको छ ।
चलचित्र पत्रकार संघ नेपाल रुपन्देहीमा नयाँ नेतृत्व चयन भएको छ ।
दाङमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गढवा गाउँपालिका –५ बाँकी निवासी ३६ बर्षीय भानु रिजाल रहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रेशम बोहराले जानकारी दिनुभयो ।
जिल्ला प्रशासन कार्यालय कास्कीले दोहोरो नागरिकता लिने एक जनालाई नियन्त्रणमा लिएको छ ।
हालै भएको बेमौसमी वर्षा र हावाहुरीले पश्चिम नवलपरासीमा लगाइएको गहुँबाली नष्ट भएको छ । यही सोमबारको वर्षाले पनि नवलपरासीका गहुँबाली नष्ट भएको पाल्हीनन्दन गाउँपालिका–४ निवासी प्रमोद पटेलले बताउनुभयो ।
प्रि-मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा भइरहेको छ । नेपालमा आज केही सुधार भएको मौसम बुधबार पनि साधारणतया सफा नै रहने तर बिहीबारदेखि भने पुनःबदली बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख दिनेश डङ्गोललाई पक्राउ गरेको छ ।