म्याग्दीको मङ्गला गाउँपालिका–२,सिममा करिब तीन सय वर्ष पुरानो मौलिक घरहरुको संरक्षण गरिएको छ । स्थानीयवासी ध्रुवकुमार खत्रीले आफ्नो पुर्खाले मल्लकालीन वास्तुकला अनुसार निर्माण गरेका घरहरु संरक्षण गरेर राख्नुभएको हो ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित माझी भाषा
जाजरकोट केन्द्रबिन्दु भएको विनाशकारी भूकम्प गएको दुई वर्ष बितिसक्दा पनि सल्यानका अधिकांश भूकम्पपीडितले अझै पहिलो किस्ताको राहत रकम पाएका छैनन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित लिम्बू भाषा
लोकतान्त्रिक राज्य प्रणाली लोककल्याणमा आधारित हुन्छ/हुनु पर्छ । नागरिकको सुविधा र सुरक्षाको प्रत्याभूतिले मात्र राज्य लोककल्याणकारी हुन सक्छ । विश्वका लोकतान्त्रिक प्रणालीमा नागरिकको स्वास्थ्य, शिक्षा, रोजगारी, अवकाशपछिको आर्थिक तथा सामाजिक जीवनमा विशेष ध्यान दिइएको हुन्छ । नेपालमा तीन दशकअघि वृद्धवृद्धालाई सामान्य मासिक भत्ताको सु
एउटा अन्योलपूर्ण समयलाई यति बेला चुनावी लयले छोप्न थालेको छ । गत भदौ २३ र २४ गते भएको जेनजी विद्रोहले ल्याएको उथलपुथलसँगै देशमा देखा परेको अन्योल र अनिश्चितता अब चुनावी मार्ग हुँदै निकासको चरणमा छ ।
म्याग्दीको बेनी नगरपालिका –९,स्थित विश्वकै अलौकिक तिर्थस्थल गलेश्वरधाम मन्दिरमा हाई मास्ट लाइट जडान गरिएको छ । रातिको समयमा मन्दिर परिसर उज्यालोसहितको सुरक्षित र आकर्षक बनाउन जडान गरिएको लाइटको हो ।
सप्तरीको सुरुङगा नगरपालिकामा दहमा डुबेर एक वृद्धको मृत्यु भएको छ ।नगरपालिकाको वडा नम्बर ११ मा रहेको सार्वजनिक दहमा डुबेर खजनपुर टोलका ७० वर्षीय रामदेव मण्डलको मृत्यु भएको हो ।
मुलुक फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा केन्द्रित छ । गत भदौ २३ र २४ मा जेनजीद्वारा गरिएको आन्दोलनले देशको राजनीतिक उथलपुथल भएको थियो । तत्कालीन प्रधानमन्त्रीको राजीनामादेखि संसद् विघटन भएसँगै देशले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार पाएको छ । जसको मुख्य कार्यभार छ महिनाभित्र प्रतिनिधि सभा निर्वाचन गराउनु हो ।
सल्यानमा ठुलो सङ्ख्यामा अवैध यात्रु ओसारपसार र अवैध उत्खननमा संलग्न सवारीसाधनहरु नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानले अवैध गतिविधिविरुद्ध कडाइ गर्दै ३१ वटा सवारीसाधन तथा मेसिनहरु नियन्त्रणमा लिएको हो ।
चालु आर्थिक वर्षको तीन महिनामा पाँच खर्ब ५३ अर्ब ३१ करोड रुपियाँ रेमिट्यान्स भित्रिएको छ । यो अघिल्लो वर्षको असोज महिनाको तुलनामा ३५.४ प्रतिशत बढी हो । गत आवको असोज मसान्तसम्म चार खर्ब सात अर्ब ३१ करोड रुपि
बागलुङ नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा आगामी मंसिर १४ देखि १८ गतेसम्म बाङेचौर खेल मैदानमा हुने तेस्रो संस्करणको ‘मेयर कप’ फुटबल प्रतियोगिताको ट्रफी अनावरण गरिएको छ ।
विश्वको भूराजनीति यतिबेला तरल अवस्थामा छ । एकपछि अर्को गर्दै हरेक राष्ट्रमा क्रान्ति र विद्रोहका लहर उठिरहेका छन् । एक दशकअघिको अरब विद्रोहले ट्युनिसिया, इजिप्ट र लिबियाका शासकलाई पतन गरायो । दक्षिण एसियाका तीन देशमा एकपछि अर्को सत्ता ढलेका घटना ताजै छन् । सन् २०२२ मा श्रीलङ्का, सन् २०२४ मा बङ्गलादेश र सन् २०२५ मा नेपालमा सत्ता परिवर्तन भए । जन
कालीकोटको पचालझना–६ घाटाचौर क्षेत्रमा सुख्खा पहिरो खस्दा एक जना मजदुर पुरिएका छन् । कर्णाली करिडोरअन्तर्गत सुर्खेत–हुम्ला सडक खण्डमा काम गरिरहेका पचालझरना गाउँपालिका –७ का पृथ्थि बोहोरा पहिरोमा पुरिनुभएको हो ।
नेपाल कम्युष्ट पार्टी (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि गुल्मीबाट महाधिवेशन प्रतिनिधि छनोट हुन ६१ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।