संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पशुपति विकास कोषको ऐनलाई परिमार्जन गरेर समय सापेक्ष बनाउने उद्घोष गर्नुभएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरदसिंह भण्डारीले नेपालमा बालश्रम उन्मूलन गरेर अन्तरराष्ट्रिय मञ्चमा सफल रूपमा स्थापित गराउनुपर्छ भन्नुभएको छ ।
तीन चिनियाँ अन्तरिक्षयात्री बुधबार देशको अन्तरिक्ष स्टेसनमा छ महिना बिताएपछि पृथ्वीमा फर्किएको सरकारी मिडिया फुटेजले देखाएको छ । चीन आफूलाई एक प्रमुख अन्तरिक्ष शक्तिका रूपमा स्थापित गर्ने लक्ष्यतर्फ अघि बढिरहेको छ ।
शिक्षक आन्दोलनले सामुदायिक विद्यालयहरू देशभरी ठप्प छन् । त्यहीबेला बाजुराको एक विद्यालयले पठनपाठन बन्द नहोस् भनेर चालेको कदमको राम्रो सन्देश गएको छ ।
कोशी प्रदेशको राजधानी विराटनगरमा आयोजना हुन लागेको कोशी लगानी सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुने भएको छ ।
भारतको कोलकाता सहरको एक होटलमा भीषण आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको प्रहरीले बुधबार बताएको छ । आगलागी भएको होटलमा केही मानिस बच्नका लागि झ्यालबाट बाहिर र छतमा चढेर निस्किएका थिए ।
मोरङको धनपालथान गाउँपालिका–३ ललिया टोलका बुधबार बिहान एक जना मृत अवस्थामा फेला परेका छन् ।
म्याग्दीको मङ्गला गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष यामबहादुर रोका विगत तीन महिनादेखि फरार हुनुभएको छ ।
कञ्चनजङ्घा आधार शिविर (बेस क्याम्प) क्षेत्रमा पहिलो पटक साइक्लिङ गरिएको छ । विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमशिखर कञ्चनजङ्घाको दक्षिणी आधार शिविर छेउको ओक्ताङ क्षेत्रमा पहिलो पटक साइक्लिङ गरिएको हो ।
नेपालको राष्ट्रिय गौरवको आयोजनामध्ये मध्यपहाडी लोकमार्ग अन्तर्गत निबेल-नयाँसाँघु-पालुङटार-ठाँटीपोखरी सडक कालोपत्रे सुरु भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आँखा स्वास्थ्यलाई प्रमुख मुद्दा बनाएर सरकार अघि बढिरहेको बताउनुभएको छ ।
नेपालमा विश्वका आँखा सेवा प्रदायक संस्थाहरूको अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वानमा सत्तापक्षीय राजनीतिक दलको बैठक जारी रहेको छ । यही वैशाख १९ गते सङ्घीय संसदको दुवै सदनमा राष्ट्रपति रामचन्द्र पौडेलबाट प्रस्तुत हुने नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको तयारीलगायत विषयमा छलफल केन्द्रित रहेको छ ।
त्यसका लागि तानसेन नगरपालिका, डिजास्टर एजुकेसन प्रोमोसन अफिस र सिटिनेट प्लस आर्टस् सेन्टर फर क्रियटिभ पार्टनरसिप्स डिजाइन एन्ड क्रियटिभ सेन्टर कोवे, जापानबीच त्रिपक्षीय सम्झौता भएको हो ।
कैलालीको सेती प्रादेशिक अस्पतालको तेस्रो तलाबाट हाम फाल्दा एक बिरामीको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका एक ६३ वर्षीय चक्रबहादुर सिंहले मङ्गलबार दिउँसो अस्पतालको तेस्रो तलाबाट हाम फाल्नुभएको थियो ।