कठ्याङ्ग्रिँदो चिसोका कारण घरमा ताल्चा लगाएर बेंसी झरेका उपल्लो मुस्ताङका बासिन्दा फर्किन थालेपछि गाउँमा पुनः चहलपहल बढ्न थालेको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।
गत शुक्रवार वाट बन्द रहेको भेडेटार राजारानी रविराके सडक बुधवारबाट एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।
डिभिजन वन कार्यालयले डढेलो नियन्त्रण गर्न स्वयंसेवक नियुक्त गरेको छ । चितवन डिभिजन वन कार्यालयले हालै छ जनालाई स्वयंसेवक नियुक्त गरी काममा खटाएको हो ।
लुम्बिनी प्राविधिक विश्वविद्यालयको प्रशासनिक कार्यालय सञ्चालनका लागि बाँकेको खजुरा गाउँपालिकाले पुरानो पालिका भवन र जग्गा हस्तान्तरण गरेको छ।
कञ्चनपुरमा एक युवकले धारिलो हतियार प्रहार गरी आमाको हत्या गरेका छन् भने दिदीलाई गम्भीर घाइते बनाएका छन्।
रुकुमपश्चिमस्थित कारागार कार्यालयमा अचेत बनेका एक कैदीबन्दीको मृत्यु भएको छ ।
भीरबाट लडेर जिल्लामा एक युवकको मृत्यु भएको छ ।
मकवानपुरमा सवारी दुर्घटनामा चार जना घाइते भएका छन् ।दक्षिणकाली सडकखण्ड अन्तर्गत ईन्द्रसरोवर गाउँपालिका–३ धाराखोल्सामा मङ्गलवार काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको बा.४ख ६०३५ नम्बरको हाईस गाडी दुर्घटनामा परेको हो ।
नगरपालिकाका इन्जिनियर प्रवीण गौतमका अनुसार फलेवास–५ झकलकमा स्थानीयले निःशुल्क उपलब्ध गराएको ६० रोपनी आठ आना जग्गामा चारतले भवन निर्माण भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु तीन लाख सात हजार ७०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार १५० कायम भएको छ ।
सदरमुकाम बागलुङ बजारमा खानेतेलको अभाव देखिएपछि जिल्ला प्रशासन कार्यालयले बजार अनुगमन गर्न थालेको छ । जिल्ला प्रशासन, बागलुङ नगरपालिका, उपभोक्ता मञ्च, पत्रकार र अन्य सरोकारवाला निकायले बजार अनुगमन थालेका हुन् । बजारका केही ठुला गोदाममा गरिएको अनुगमनमा खानेतेल नियमित आएको र अभाव नभएको पत्ता लागेको छ । यद्यपि हरेक पटक तेल आउने क्रममा धेरैथोरै मूल्यमा भने तलमाथि हुने गरेको पाइएको छ ।
पश्चिम बागलुङ हुँदै बग्ने भुजीखोलाको बाढीले क्षति पु¥याएको पाँच वर्ष बितिसकेको छ । २०७७ भदौ १७ गते भुजीखोलाको बाढीमा परी ३७ जनाले ज्यान गुमाएका थिए । पन्ध्र जना अझै बेपत्ताको सूचीमा छन् । ढोरपाटन नगरपालिका–९ को बुर्तिबाङमा पहिरो खसेर भुजीखोला थुनिएपछि ठुलो बाढी आएको थियो ।
बर्दिया क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद ठाकुरसिंह थारूले नागरिकमुखी कानुन निर्माणका लागि प्रभावकारी भूमिका खेल्ने बताउनुभएको छ । वकालत र पत्रकारिता क्षेत्र हुँदै राजनीतिमा सक्रिय थारू राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो । उहाँले नेपालमा विद्यमान कानुनमा नीतिगत सुधार गर्दै नागरिकमुखी कानुन निर्माण गर्ने र भ्रष्टाचार नियन्त्रणलाई आफ्नो प्रमुख प्राथमिकता बनाउने बताउनुभएको छ ।
पर्वत जिल्लाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य सागर भुसालले जनताको समस्या र आवाज संसद्मा बुलन्द रूपमा उठाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । निर्वाचित भएपछि मतदातालाई धन्यवाद दिन जिल्लाका विभिन्न वडा वडामा पुग्नुभएका सांसद भुसालले जनताको समस्या नजिकबाट बुझ्दै जिल्लाका मुद्दालाई संसद्मा प्राथमिकताका साथ उठाउने बताउनुभएको छ ।