अर्थमन्त्री रामेश्वरप्रसाद खनालले उपलब्ध तरलतालाई उत्पादनशील क्षेत्रमा परिचालन गरी राष्ट्रिय पुँजी निर्माणमा केन्द्रित हुनुपर्ने बताउनुभएको छ ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंहले परिवर्तित परिस्थितिमा छिटोछरितो न्याय सम्पादनका लागि मातहतका न्यायाधीशहरूलाई निर्देशन दिनुभएको छ।
लुम्बिनी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयको चालु आर्थिक वर्ष २०८२–०८३ को स्वीकृत कार्यक्रम अन्तर्गत पश्चिम नवलपरासीको बर्दघाट–१४ स्थित गङ्गा माध्यमिक विद्यालयमा चार कोठे पक्की भवन निर्माण कार्य अघि बढेको छ।
भ्रष्टाचार विरुद्व नागरिक निगरानी संस्था बागलुङले धौलागिरि प्रादेशिक अस्पतालबाट दिने औषधी गुणस्तरको हुनुपर्ने बताएको छ ।
केरा खेतीको बिमा नहुँदा रौतहटका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बिमा नहुँदा यहाँका किसान प्रकृति प्रकोपबाट मारमा परेका हुन् ।
युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मध्यपूर्वका विभिन्न देशहरूमा २०१ जना ‘एन्टि–ड्रोन’ सैन्य विज्ञ तैनाथ गरिएको जानकारी दिनुभएको छ ।
खाद्यान्न तथा दैनिक उपभोग्य वस्तुको कारोबारमा कानुन विपरितका गतिविधि गरेको अभियोगमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन कम्पनीलाई जरिवाना गरेको छ ।
फलेवास नगरपालिकाको प्रमुख प्रशासकीय भवन निर्माण कार्य सम्पन्न भएको छ। नगरपालिका वडा नं. ५ खानीगाउँ झकलकमा निर्माण गरिएको उक्त भवन छिट्टै औपचारिक रूपमा सञ्चालनमा ल्याउने तयारी गरिएको छ।
भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत बनेको छ । विशेष गरी दिङ्ला क्षेत्रमा अधिकांशले रुद्राक्षलाई मुख्य आम्दानीको माध्यमका रूपमा अपनाएका छन् । यहाँका किसानले रुद्राक्ष बिक्रीबाट लाखौँ आम्दानी गर्दै आएका छन् ।
चितवनका प्रविन प्रजाको हातमा अहिले कफीको कप मात्र छैन, एउटा सुनौलो भविष्यको खाका पनि छ । कफीको हरेक ‘शट’ मिलाउँदै गर्दा उहाँले आफ्नै कफी सप सञ्चालन गर्ने योजना बुनिरहनुभएको छ ।
मकवानपुर जिल्लास्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि थाहा नगरपालिका–२ स्थित मंगलेश्वर युवा क्लबले जितेको छ ।
पोखराको पर्यटकीय गाउँ अर्मलाबाट नेपाली फिल्म ‘जिरो डिग्री’ को छायांकन सुरु गरिएको छ । मेघौली फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको यस फिल्मको सम्पूर्ण छायांकन कास्की जिल्लाको अर्मलाकोट र धिताल गाउँका रमणीय तथा मौलिक बस्तीहरूमा हुने फिल्मका कार्यकारी निर्माता मोती कार्कीले जानकारी दिनुभयो ।
कैलाली भन्सार कार्यालय धनगढीले आठ महिनाको अवधिमा रु पाँच अर्ब ४० करोड ६७ लाख राजस्व सङ्कलन गरेको छ । कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि फागुन मसान्तसम्ममा उक्त परिमाणको राजस्व सङ्कलन गरेको हो ।
मध्यपूर्वमा जारी युद्धले अब क्षेत्रीय सीमाभन्दा बाहिर प्रभाव पार्ने स्पष्ट सङ्केत देखिएको छ । इजरायल र इरानबिचको प्रत्यक्ष–अप्रत्यक्ष सैन्य टकरावसँगै खाडी क्षेत्र, अन्तर्राष्ट्रिय शक्ति सन्तुलन र ऊर्जा सुरक्षासमेत प्रभावित हुने अवस्था देखिँदै गएको छ ।
नवलपरासी (बर्दघाट सुस्तापूर्व) मा जापानिज इन्सेफलाइटिस विरुद्ध सञ्चालन भइरहेको विशेष खोप अभियानअन्तर्गत हालसम्म ४६ हजार ७७८ जनाले खोप लगाएका छन् । खोप लगाउनेमा १९ हजार १०९ पुरुष र २७ हजार ६६९ महिला रहेका छन् ।