हिमाली जिल्ला हुम्ला जिल्ला को सदरमुकाम सिमकोट बजारमा खानेपानीको चरम अभाव देखिएको छ ।
लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ ।
पहिरोले घरवासबिहीन बनेको परिवारले सुरक्षित घर पाएका छन् । पाल्पाको तिनाउ गाउँपालिका–४, बौरीडाँडाका ६ विपन्न परिवारले सुरक्षित घर पाएका हुन् ।
लगातार छ दिनदेखि सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित श्रीजनता माध्यमिक विद्यालय, खुदीवखारी कुपहीमा तालाबन्दी कायमै छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाबाट तेल निर्यात रोकिए पछि बढ्दो विद्युत सङ्कटको सामना गरिरहेको अवस्थामा क्युबाको सरकार विरुद्ध तत्काल कारबाही गर्ने चेतावनी दिनु भएको छ ।
पर्यटकीय राजधानी पोखरा गुफाहरूको सहर पनि हो । यहाँस्थित महेन्द्र, चमेरे, गुप्तेश्वर महादेवलगायत गुफाहरूले पर्यटकीय आकर्षण बढाएका छन् ।
गुल्मीको रिडीमा व्यवस्थित घाट निर्माण गरिने भएको छ । रुरुक्षेत्र गाउँपालिका गुल्मीका अध्यक्ष यदु ज्ञवालीका अनुसार यस क्षेत्रमा धेरै गुल्मी लगायत अन्य जिल्लाबाट पनि अन्त्यष्टि गर्न आउने भएकाले वर्षा र हिँउदमा पनि १२ महिना सञ्चालनका लागि मलामीलाई विश्राम स्थलसहितको घाट निर्माण गर्न लागिएको हो ।
काठमाडौँबाट शव बोकेर आएको हेलिकप्टर खोटाङमा दुर्घटना भएको छ ।
झापाको बाह्रदशी गाउँपालिका–३ स्थित ‘राधानगर’ गाउँ तरकारी खेतीबाट परिचित छ । बिहान झिसमिसै उज्यालो हुनुअघि नै यहाँका किसानहरू खेतबारीतर्फ निस्किसकेका हुन्छन् ।
अत्यधिक चिसोसँगै कोरला नाकाको ब्यवसाय छाडेर पोखरा जानुभएका उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका –२, छोसेरका पेमा छिरिङ गुरूङ दुई महिनापछि ब्यवसायमा फर्किनुभएको छ ।
नारायणगढ-मुग्लिन सडकखण्डका ४३ ठाउँ पहिरोको जोखिममा छन् । सडक डिभिजन कार्यालय भरतपुरले गरेको अध्ययन अनुसार आठ ठाउँ उच्च जोखिममा, २२ ठाउँ जोखिममा र १३ ठाउँ सामान्य जोखिमको अवस्थामा रहेका छन् । कार्यालयले गरेको अध्ययनअनुसार उच्च जोखिम भनिएको तुइन खोला अति उच्च जोखिम रहेको छ ।
चैत्र कृष्ण औँसीका दिन आज काठमाडौँ उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ । जनविश्वास अनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई खाने गरेकाले पीडित स्थानीयले विभिन्न उपायले त्यसलाई संहार गरे पनि उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय थियो ।
बागलुङमा पिकअप जिप दुर्घटना हुँदा चालकसहित सात जना घाइते भएका छन् । बुधबार गलकोटबाट बागलुङ बजारतर्फ आउँदै गरेको लु ३ च ५१५० नम्बरको जिप मध्यपहाडी लोकमार्गको बागलुङ नगरपालिका –४ रात्माटामा दुर्घटनामा परेको हो ।
म्याग्दीको बेनी नगरपालिका –४ का दुई जना वडा अध्यक्षहरुको अग्रसरतामा अहिले दैनिक १२ सय लिटर दुध संकलन हुने गरेको छ ।
वन डढेलोको रोकथाम तथा नियन्त्रणका लागि सल्यानमा वन डढेलो सचेतना सप्ताह सुरु गरिएको छ।