नेपाल विद्युत् प्राधिकरणले जर्मनी सरकारको सहकार्यमा लेखनाथ-दमौली २२० केभी प्रसारण लाइन परियोजनाको शिलान्यास गरेको छ ।
केपिलासगढी गाउँपालिका-२ खार्तम्छास्थित बालाबेंसीमा आज एयर डाइनेष्टी कम्पनीको हेलिकप्टर दुर्घटना हुँदा छ जना घाइते भएका छन् । काठमाडौँबाट पाँच यात्रु लिएर आज दिउँसो १२ बजेर २ मिनेट जाँदा खार्तम्छास्थित बालाबेँसी आइपुगेको हेलिकप्टर अवतरणको क्रममा भित्तामा ठोक्किएको थियो ।
मधेश प्रदेश सरकारका गृह सञ्चार तथा कानूनमन्त्री फकिरा महतोले मधेश प्रदेशको राजधानी जनकपुरधामको सडक फुटपाथ खाली गराउन बुधबारदेखि अभियान सञ्चालन गर्नुभएको छ ।
चैत महिना सुरु भएदेखि क्रमशः चलेको हावाहुरी सहितको वर्षाले भोजपुरमा दुई जनाको मृत्यु भएको छ भने करोडौँको भौतीक संरचनामा क्षति पुर्याइएकाे छ ।
बर्दियामा भारतबाट ब्राउनसुगर लिएर नेपालतर्फ आउँदै गर्दा दुई युवा पक्राउ परेका छन् भारतीय सिमावर्ती बजार बलै बजारबाट नेपालतर्फ पैदल आउँदैगरेका युवाहरू बढैयाताल गाउँपालिका –७ कण्ठपुर चेकपोष्टमा पक्राउ परेका हुन् ।
पर्वतको विहादी गाउँपालिकाको एक आधारभूत विद्यालयको भवन अलपत्र हुँदा विद्यार्थीको पठनपाठन प्रभावित बनेको छ । श्री रम्बा देवी माता आधारभूत विद्यालयको पुरानो भौतिक संरचना जिर्ण भएपछि तीन वर्ष पहिले पक्की भवन बनाउन थालिएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेल प्रथम महिला सबिता पौडेलसहित नेपाली सेनाद्वारा घोडेजात्रा–२०८२ का अवसरमा बुधबार सैनिक मञ्च टुँडिखेलमा आयोजित विशेष समारोहमा सरिक हुनुभएको छ ।
जिल्लामा जंगली जनावरको आतंक बढ्दै जाँदा किसानहरू चिन्तित बनेका छन् । वर्षायाममा मुख्य अन्नबाली मकै खेतीमा ठुलो क्षति पुर्याउँदैआएको बँदेलले अहिले हिउँदयाममा समेत उत्तिकै क्षति गर्न थालेपछि किसानहरु थप मारमा परेका हुन् ।
बाजुराका विभिन्न गाउँ समाजमा रहँदै आएको सामाजिक कुप्रथा हटाउन यहाँका किशोरकिशोरीहरु निकै सक्रिय बन्दै गएका छन् ।
उत्तरी नाँम्खा गाउँपालिका-६ को हिमालपारीको गाउँ लिमीको ताक्चीमा रहेको लिमी कर्णाली नदीमा ह्यूम पाइपबाट यातायातका साधन आवतजावत गर्ने पुल निर्माण गरिएको छ ।
बर्दिबास नगरपालिका –३ गौरीडाँडास्थित बीपी राजमार्गमा प्रहरीले ठूलो परिमाणको नियन्त्रित लागुऔषध ब्राउन सुगरसहित चार जनालाई नियन्त्रणमा लिएको छ ।
मोरङको बुढीगंगा गाउँपालिका –४ स्थित मुसहर बस्तीमा बुधबार दिउँसो आगलागी हुँदा ११ वटा घर पूर्ण रूपमा जलेर नष्ट भएको छ । बाँस र काठबाट बनेका घरहरुमा अचानक सुरु भएको आगोले बस्तीका ११ वटा घर केही बेरमै जलेर नष्ट भएको थियो ।
नेपालगन्ज उपमहानगरपालिकाभित्रका विभिन्न सामुदायिक तथा संस्थागत विद्यालयहरूमा सञ्चालन गरिएको “शून्य फोहोर कार्यक्रम” प्रभावकारी देखिएको निष्कर्ष निकाल्दै यसको दिगोपनामा विशेष जोड दिइएको छ ।
म्याग्दीका किसानले व्यावसायिक खेतीबाट वार्षिक रु ३० लाखसम्म आम्दानी गर्दै आएका छन् । यहाँका किसानले बेमौसमी तरकारी, फलफूललगायत खेती गरेर वार्षिक रु ३० लाखभन्दा बढी आम्दानी गर्दै आएका हुन् ।
रुकुमपश्चिमस्थित सुरक्षा निकायका प्रमुखहरूलाई सम्मान गरिएको छ । प्रमुख जिल्ला अधिकारी एवं जिल्ला सुरक्षा समितिका प्रमुख दिनेशप्रसाद थानीले विभिन्न चार सुरक्षा निकायका प्रमुखहरुलाई प्रशंसापत्रसहित सम्मान गर्नुभएको हो ।