ताप्लेजुङको धार्मिक पर्यटकीय क्षेत्रको रूपमा रहेको सिदिङ्मा धाममा पर्यटक बढ्न थालेका छन् ।
जर्मनीको केन्द्र–वाम सोसल डेमोक्रेट्सले नयाँ गठबन्धन सरकारमा सामेल हुने सम्झौता स्वीकृत गरेको छ । यसले संसदलाई कन्जरभेटिभ नेता फ्रेड्रिच मेर्जलाई देशको नयाँ चान्सलरका रूपमा निर्वाचित गर्ने बाटो प्रशस्त गरेको छ ।
मनोहरदास मुलको संयोयकत्वमा २३ सदस्यीय नेपाल टेनिस सङ्घ, तदर्थ समिति गठन गरिएको छ । मुल अघिल्लो कार्यसमितिमा महासचिव हुनुहुन्थ्यो ।
वासिङ्टनसँगको व्यापार युद्ध जारी रहँदा बेइजिङले युरोपेली ब्लकसँग नजिकको सम्बन्ध खोज्दै गर्दा चीनले बुधबार विश्व अर्थतन्त्रमा ‘बहुमूल्य स्थिरता’ थप्ने युरोपेली सङ्घ (इयु) सँगको सम्बन्धको प्रशंसा गरेको छ ।
नागरिक उन्मुक्ति र जनमत पार्टीबिच एकता घोषणा कार्यक्रम स्थगित भएको छ । नागकिर उन्मुक्ति पार्टीका प्रवक्ता शरदसिंह यादवले पार्टी पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गरिएपछि पार्टी एकता घोषणा कार्यक्रम स्थगित भएको बताउनुभएको हो ।
खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने नवौँ संस्करणको स्पोर्ट्स अवार्डको लागि मनोनयन सार्वजनिक गरिएको छ ।
उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले पूर्वाधार विकास सरकारको प्राथमिकतामा रहेको बताउनुभएको छ । सिद्धार्थ राजमार्गको स्त्तरोन्नतिको प्रसङ्ग प्रति लक्षित गर्दै उपप्रधानमन्त्री सिंहले पूर्वाधार विकास योजनावद्ध रुपमा गरिँदै आएको बताउनुभयो ।
पवित्र कालीगण्डकी नदीको किनारमा अवस्थित छ गाईथुने । बागलुङको जैमिनी नगरपालिका–८ छिस्ती बेलबगरमा अवस्थित गाईथुनेप्रति मानिसका विभिन्न मान्यता र बुझाइ रहँदैआएको छ।
सत्ता गठबन्धनले सरकार र शिक्षकहरूसँग आजै सहमति हुने विश्वास लिएको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकपछि नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले सरकार र शिक्षकहरूबिच आजै सहमति हुने विश्वास व्यक्त गर्नुभएको हो ।
सुनसरीको रामधुनी नगरपालिकामा पहिलो पटक विभिन्न पाँच देशको खेलाडीहरुको सहभागितामा टि.एस.राई कप इन्टरनेश्नल कराते च्याम्पियनसिप हुने भएको छ ।
चलचित्र ‘ऊनको स्वीटर’ मा पूर्वी नेपालको सुन्दरता, संस्कृतिलाई देख्न पाइने अभिनेता विपिन कार्कीले बताउनुभएको छ । चलचित्रको श्रव्यदृश्य (ट्रेलर) सार्वजनिक गर्दै अभिनेता कार्कीले चलचित्रमा ‘गुरुङसेनी’ युवती र ‘काफ्ले ब्राह्मण’ युवकबिचको प्रेम सम्बन्धमा आउने जातीय अन्तर्विरोधको कथा समेटिएको बताउनुभयो ।
सप्तरी प्रहरीले छुट्टाछुट्टै ठाउँबाट लागुऔषध एक सय ३८ केजी गाजासहित एक जनालाई पक्राउ गरेको छ ।
पार्टी एकता घोषणा सभामा पक्राउ परेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई प्रहरीले डिल्लीबजार कारागार बुझाएको छ ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले मङ्गलबार यदि रूस र युक्रेनले ‘ठोस प्रस्तावहरू’ अघि नसारे अमेरिकाले मध्यस्थता छाड्ने चेनावनी दिनुभएको छ । उहाँका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रारम्भिक प्राथमिकतामा अमेरिकी धैर्य कम हुँदै गएको छ ।
बर्दिया जिल्लामा स्थायी बसोवास भएका र देशका विभिन्न स्थानमा सेवारत रहदा शहादत प्राप्त गरेका अमर सहिद सशस्त्र प्रहरीका परिवारलाई बुधबार सम्मान गरिएको छ ।