काठमाडौँ महानगरपालिकाले धरहरा क्षेत्रमा निःशुल्क पार्किङ सञ्चालनमा ल्याएको छ । दुईपाङ्ग्रे र चारपाङ्ग्रे सवारीसाधनका लागि निःशुल्क पार्किङ सञ्चालनमा ल्याएको हो ।
चैत्र कृष्ण औँसीका अवसरमा मनाइने घोडेजात्रा पर्व बुधबार काठमाडौँको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष कार्यक्रम गरी भव्य रूपमा सम्पन्न भयो । नेपाली सेनाद्वारा आयोजित घोडेजात्रा विशेष समारोहमा नेपाली सेनाका परमाधिपतिसमेत रहनुभएका राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतलगायत विशिष्ट व्यक्तिको उपस्थिति रहेको थियो । उक्त समारोहमा नेपालस्थित विभिन्न कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधिलगायत स्वदेशी र विदेशी पाहुनाको उल्लेख्य सहभागिता रहेको थियो ।
अमेरिकाले छिमेकी क्युबाको कम्युनिस्ट सत्ता ढाल्ने तयारी गरेको छ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले अब क्युबाको सत्ता ढाल्न सैन्य कारबाही गर्ने चेतावनी दिनुभएको अमेरिकी टेलिभिजन संस्था सिएनएनले जनाएको छ । उहाँले महिनौँको इन्धन प्रतिबन्धले क्युबाको सत्ता चरम सङ्कटमा परेको बताउँदै क्युबाको सरकारविरुद्ध तत्काल कारबाही गर्ने चेतावनी दिनुभएको हो ।
निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचन परिणाम आज बुझाउने भएको छ । प्रत्यक्षतर्फ १६५ र समानुपातिकतर्फको ११० जनाको निर्वाचन परिणाम राष्ट्रपतिलाई बुझाउन लागिएको हो ।
राज्यको आँखा नपुग्दा यहाँको एक वडाका सात वटा गाउँमा अहिलेसम्म बाटोघाटो, बिजुली, खानेपानी, स्वास्थ्य, शिक्षा र सञ्चार जस्ता आधारभूत सेवा नपुग्दा गाँवै बिरानो बनेको छ ।
प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग छलफल गर्नुभएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा काठमाडौँ क्षेत्र नं ९ का निर्वाचित प्रतिनिधिसभा सदस्य डोलप्रसाद (डिपी) अर्यालले पितृ शोकमा रहनुभएका नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई समवेदना व्यक्त गर्नुभएको छ ।
लुम्बिनी प्रदेश क्रिकेट संघले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि १५ सदस्यीय पुरुष टोली घोषणा गरेको छ ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) को नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। संघको अध्यक्षमा डा. हेमराज शर्मा (यूके) सर्वसम्मत रूपमा निर्वाचित हुनुभएको छ ।
सङ्खुवासभामा अत्यधिक रक्तश्रावबाट पीडित एक सुत्केरीको हेलिकप्टरबाट उद्धार गरिएको छ ।
वन डढेलो नियन्त्रणको डिभिजन वन कार्यालय रौतहटले सचेतना अभियान सञ्चलान गरेको छ । अभियान अन्तर्गत बुधबार कार्यालयले चन्द्रनिगाहपुरमा सचेतना र्याली निकालेको हो ।
उदयपुरको बेलका नगरपालिका वडा ४ हरीपुर शिसवारीस्थित भित्रि सडक खण्डमा गुडिरहेकाे बसबाट खसेर एक विद्यार्थीकाेको मृत्यु भएको छ ।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले आज यहाँस्थित जिल्ला अदालतको निरीक्षण गर्नुभएको छ ।
आगामी चैत १९ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि ताप्लेजुङमा ६ वटा परीक्षा केन्द्र कटौती गरिएको छ।
काठमाडौं कोटेश्वर सरस्वती माध्यमिक विद्यालयका भित्ताहरू अहिले मिथिलाकलाले रङ्गीन बनेका छन् । यहाँका कक्षा ४ र ५ का विद्यार्थीहरूको सिर्जनात्मक प्रयासले विद्यालय परिसरमा नयाँ आकर्षण थपिएको हो ।